
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत। पर्वत जिल्लाका सरकारी कार्यालयहरूको गत आर्थिक वर्षको वार्षिक समिक्षा तथा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका १४ वटा सरकारी कार्यालयहरूले आफ्नो बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए।
विकास निर्माण, सेवा प्रवाह, पूर्वाधार निर्माण लगायत विभिन्न क्षेत्रका कार्यक्रमहरूको समीक्षा गरिँदा अधिकांस कार्यालयहरूको प्रगति सन्तोषजनक रहेको देखिएको थियो। बजेट विनियोजन भएका धेरैजसो कार्यक्रमहरू निर्धारित समयमै सम्पन्न भएको जनाइएको छ। तर, केही कार्यक्रमहरू बजेट अभाव, दोहोरो बजेट व्यवस्थापन, जग्गा विवाद र अपुग बजेटका कारण सम्पन्न हुन नसकेको सम्बन्धित कार्यालयहरूले जनाएका छन्।
कार्यक्रममा विशेष गरी सडक, भवन, बाढीपहिरो नियन्त्रण, सिँचाइ तथा पर्यटन पूर्वाधार निर्माण, स्वास्थ्य सेवा प्रवाह लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरिप्रसाद घिमीरेले सरकारी कार्यालयहरूको सेवा सुविधा तथा कार्यक्रमका बारेमा नागरिकलाई समयसमयमा जानकारी दिनु आवश्यक रहेको बताउनुभयो। उहाँले राज्यबाट प्रवाह हुने सेवाबाट कुनै पनि नागरिक बञ्चित हुन नहुने स्पष्ट गर्दै सञ्चार माध्यमहरूको भरपुर प्रयोग गर्न निर्देशन दिनुभयो।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले कार्यालयहरूको प्रगति प्रतिवेदन सन्तोषजनक देखिए पनि व्यवहारमा अझै पनि सरकारी सेवा पद र पहुँचको भरमा वितरण हुने गरेको टिप्पणी गर्नुभयो। साथै, चौमासिक प्रतिवेदनहरू सार्वजनिक नगर्ने, सार्वजनिक सुनुवाइ नगर्ने, तथा कार्यालयहरूले मनोमानी ढंगबाट कार्यक्रम सञ्चालन गर्ने प्रवृत्ति अझै कायम रहेको उहाँको भनाइ थियो।
अध्यक्ष सापकोटाले जिल्लाका समस्याहरू समाधान गर्न सरकारी निकायहरू तथा स्थानीय तहबीच समन्वयको खाँचो औँल्याउँदै सबै तह र निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, समिक्षा कार्यक्रमलाई एकमुष्ट रूपमा होइन, प्रत्येक कार्यालयले छुट्टाछुट्टै कार्यक्रम गरी सञ्चालन गर्दा अझ प्रभावकारी हुने सुझाव दिनुभयो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत स्यामकृष्ण पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन भरत सापकोटाले गर्नुभएको थियो।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया