
१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पर्वत। पर्वत जिल्लाका सरकारी कार्यालयहरूको गत आर्थिक वर्षको वार्षिक समिक्षा तथा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका १४ वटा सरकारी कार्यालयहरूले आफ्नो बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए।
विकास निर्माण, सेवा प्रवाह, पूर्वाधार निर्माण लगायत विभिन्न क्षेत्रका कार्यक्रमहरूको समीक्षा गरिँदा अधिकांस कार्यालयहरूको प्रगति सन्तोषजनक रहेको देखिएको थियो। बजेट विनियोजन भएका धेरैजसो कार्यक्रमहरू निर्धारित समयमै सम्पन्न भएको जनाइएको छ। तर, केही कार्यक्रमहरू बजेट अभाव, दोहोरो बजेट व्यवस्थापन, जग्गा विवाद र अपुग बजेटका कारण सम्पन्न हुन नसकेको सम्बन्धित कार्यालयहरूले जनाएका छन्।
कार्यक्रममा विशेष गरी सडक, भवन, बाढीपहिरो नियन्त्रण, सिँचाइ तथा पर्यटन पूर्वाधार निर्माण, स्वास्थ्य सेवा प्रवाह लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरिप्रसाद घिमीरेले सरकारी कार्यालयहरूको सेवा सुविधा तथा कार्यक्रमका बारेमा नागरिकलाई समयसमयमा जानकारी दिनु आवश्यक रहेको बताउनुभयो। उहाँले राज्यबाट प्रवाह हुने सेवाबाट कुनै पनि नागरिक बञ्चित हुन नहुने स्पष्ट गर्दै सञ्चार माध्यमहरूको भरपुर प्रयोग गर्न निर्देशन दिनुभयो।
नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले कार्यालयहरूको प्रगति प्रतिवेदन सन्तोषजनक देखिए पनि व्यवहारमा अझै पनि सरकारी सेवा पद र पहुँचको भरमा वितरण हुने गरेको टिप्पणी गर्नुभयो। साथै, चौमासिक प्रतिवेदनहरू सार्वजनिक नगर्ने, सार्वजनिक सुनुवाइ नगर्ने, तथा कार्यालयहरूले मनोमानी ढंगबाट कार्यक्रम सञ्चालन गर्ने प्रवृत्ति अझै कायम रहेको उहाँको भनाइ थियो।
अध्यक्ष सापकोटाले जिल्लाका समस्याहरू समाधान गर्न सरकारी निकायहरू तथा स्थानीय तहबीच समन्वयको खाँचो औँल्याउँदै सबै तह र निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, समिक्षा कार्यक्रमलाई एकमुष्ट रूपमा होइन, प्रत्येक कार्यालयले छुट्टाछुट्टै कार्यक्रम गरी सञ्चालन गर्दा अझ प्रभावकारी हुने सुझाव दिनुभयो।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत स्यामकृष्ण पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन भरत सापकोटाले गर्नुभएको थियो।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया