
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ ।बर्दिया घर ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहारेका हुन् ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको हो ।‘थप ३ जना घाइते भएको समेत पुष्टि भएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘यसबारे मन्त्रालयमा जानकारी गराइसकिएको छ । दूतावासमार्फत समन्वय भइरहेको छ भन्ने बुझेको छु ।’
उता, जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जनाएका हुन् ।
‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हराएकाहरुको खोजी तथा उद्दार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले भारतीय पक्षसँग खोज तथा उद्दारबारे समन्वय भइरहेको बताएका छन् ।
बुधबार दिउँसो आएको बाढीमा परेर एक सय बढी बेपत्ता छन्, ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ । धराली समुद्री सतहबाट झन्डै ३ हजार १०० मिटरको उचाइमा छ । यो चारधाम यात्रा मार्ग पनि हो । यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा छ । त्यसक्षेत्रमा सुदूपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन् ।
नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लका अनुसार, उत्तराखण्डमा स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको छ ।‘उनीहरूले अहिलेसम्म बेपत्ताको यकिन विवरण दिइसकेका छैनन्, परिवारतर्फबाट केही सूचना आएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘भोलिसम्ममा मात्रै आधिकारिक विवरण आउँछ भनेका छन् ।’
खोजीका लागि प्रहरीसँग आफन्तको अपिल
उत्तराखण्डमा २० साउनमा आरीघोप्टे वर्षापछिको बाढीपहिरोमा परी ४ जना नेपाली बेपत्ता भएको भन्दै आफन्तले खोजीका लागि प्रहरीसँग अपिल गरेका छन् ।
इलाका प्रहरी कार्यालय ढोडरी मधुवनमा बेपत्ता भएका परिवारका आफन्तले खोजीका लागि सहयोग गरिदिन भन्दै निवेदन दिएको मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले अनलाइनखबरलाई जानकारी दिए ।
उनले भने, ‘मधुवन नगरपालिकाका ४ जना पहिरोमा परी बेपत्ता भन्ने खबर थाहा पाउन साथ पीडितको घरमा पुगेका थियौं । बेपत्ता परिवारका आफन्तले खोजीका लागि सहयोग गरिदिन भन्दै प्रहरीमा निवेदन समेत दिइसक्नु भएको छ ।’
प्रहरीका अनुसार मधुवन नगरपलिका-६ का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती भण्डारी खड्का र उनको २ वर्षीय छोरा रोमन खड्का बाढीपहिरोमा परी बेपत्ता भएका छन् ।यसैगरी वडा नम्बर ५ की अमृता परियार पनि बेपत्ता भएकी छन् ।
मधुवन नगरपालिका-५ का चित्रबहादुर पौडेलमार्फत उनीहरू वैशाखमा मजदुरी गर्न त्यसतर्फ गएको भाटले जानकारी दिए । पौडेलमार्फत सम्पर्क गरी बुझ्दा उत्तराखण्ड राज्य पौडी जिल्ला बाँकुडा गाउँमा ज्याला मजदुरीका लागि गएको र बाढीपहिरोमा उनीहरू बेपत्ता भएको जानकारी आफूहरूले पाएको भाटले बताए ।
भाटका अनुसार बाढीपहिरोमा परी केही नेपाली समेत घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको जानकारी आफूहरूले पाएको उनले बताए ।
उद्धार अझै जारी
बाढी प्रभावित स्थानमा अझै उद्दार कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट करिब १९० जनालाई उद्धार गरिएको छ।राज्यका अधिकारीहरूले यो एकै स्थानमा अत्यधिक वर्षा हुँदा क्लाउडबर्स्ट भएर बाढी आएको बताएका छन् । लेदो माटो र पानीसहित बाढी आउँदा धेरै क्षति भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
मुख्यमन्त्री धामीले हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेर केही पीडित परिवारसँग भेट गरेका थिए । पश्चिमी हिमालय क्षेत्रमा रहेको उत्तराखण्ड आकस्मिक बाढी र पहिरोको दृष्टिले अति संवेदनशील मानिने बीबीसी हिन्दीले उल्लेख गरेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया