
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर उजाड,पोखरा। नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा पोखराको बाटुलेचौरमा ऐतिहासिक तीज मेला हुने भएको छ।
वडा कार्यालय, पोखरा १६ को समन्वयमा आगामी भदौ ९ र १० गते स्थानीय बाटुलेचौर खेल मैदानमा ऐतिहासिक बाटुलेचौर तीज मेला गर्न लागिएको वडा सदस्य राजकुमारी बानियाँले जानकारी दिनुभयो परापूर्वकालदेखि बाटुलेचौरमा हुदै आएको मेलालाई निरन्तरता दिन र पर्वको धार्मिक तथा सांस्कृतिक पक्षलाई जोगाउन पनि २ दिनसम्म मेला संचालन गर्न लागिएको बानियाँले बताउनुभयो।मेला संचालनका लागि भएको भेलाले वडा सदस्य बानियाँ संयोजक र मञ्जु नेपाली सहसंयोजक रहेको मुल समिति र विभिन्न ८ वटा उपसमिति गठन गरेको छ।
आर्थिक व्यवस्थापनमा अनिल बस्नेत, प्रचार प्रसार उपसमितिमा मोहन थापा, स्वास्थ्यमा दुर्गा केसी थापा, लोक नृत्य व्यवस्थापनमा रामबहादुर बानियाँ, मञ्च व्यवस्थापनमा गुरूदत्त भट्टराई, महिला दौडमा नन्दा गुरुङ, खाजा व्यवस्थापनमा कमला तिमिल्सिना र तीज गीत तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन सचिवालयले गर्ने गरी संयोजक तोकिएको बताईएको छ।मेलाको पहिलो दिन भदौ ९ गते बिहान मैदान देखि महेन्द्र गुफासम्म प्रभातफेरी र महिला दौड, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, १० गते मेलाको मुख्य आकर्षणको रुपमा समुहगत तीज गीत प्रस्तुती एवं सांस्कृतिक कार्यक्रम गरिने प्रचार प्रसार संयोजक मोहन थापाले जानकारी दिनुभयो।
भेलामा बोल्दै वडा सदस्य राजकुमारी बानियाँले तीज मेलालाई मौलिक र ऐतिहासिक बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै, मेला बाटुलेचौरको परम्परासँग जोडिएको बताउनुभयो। संस्कृतिकर्मी रामबहादुर बानियाँले तीज पर्व दु:ख, सुख बिसाउने चौतारी भएको स्पष्ट पार्दै, यसको मौलिक र सांस्कृतिक पक्षलाई जोगाउनु पर्नेमा जोड दिनुभयो।विभिन्न उपसमिति गठनसँगै मुल समितिले मेलाको तयारी शुरु गरेको जनाएको छ। वडा कार्यालय संरक्षक रहेको सो मेला अघिल्लो वर्ष पनि नागरिक स्तरबाटै भएको थियो।
शाह वंशको राजा कुलमण्डन शाहको पालादेखि नै बाटुलेचौरमा लामाचौर, अर्मला, घार्मी, कुरेचौर, हरिपाउँ, जुम्लेटी, भलाम लगायतका क्षेत्रका महिला जम्मा भएर तीज गीत गाउने प्रचलन रहेको जानकारहरु बताउँछन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया