
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा ।साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ ।
कार्यक्रमको मुख्य आकर्षण अभिनेता पल शाह र गायक थानेश्वर गौतमको विशेष प्रस्तुति रह्यो। साथमा अन्य कलाकारहरूको समेत प्रभावशाली प्रस्तुति रहेको कार्यक्रममा दर्शकको उल्लेखनीय उपस्थिति देखियो। पृथ्वीचोकको माहोल निकै रमाइलो र सांगीतिक बनेको थियो ।
सिनेमा प्रचारका लागि पोखरा आएका पल शाहलाई दर्शकले उत्साहपूर्वक स्वागत गरे । स्टेजमा नै केक काटेर उनको स्वागत गरिएको थियो । जसले कलाकार र फिल्म दुवैप्रति पोखरेली दर्शकको माया झल्किएको छ ।सिनेमा मोहर को कथावस्तु, प्रस्तुति र कलाकारहरूको समर्पणले नेपाली सिनेमामा नयाँ स्वाद दिने विश्वास गरिएको छ । प्रचारप्रसारको यो शैलीले दर्शक र कलाकारबीचको सम्बन्धलाई अझ बलियो बनाएको देखिन्छ ।
चलचित्र मोहरको कथा पश्चिम नेपालका ग्रामिण परिवेश, सामाजिक द्वन्द्व, प्रेम, र सांस्कृतिक अस्मितालाई केन्द्रमा राखेर निर्माण गरिएको छ । फिल्ममा सांगीतिक भावनालाई जीवनकथा सँग जोड्ने प्रयास गरेको अभिनेता पल शाहले जानकारी गराए । सिनेमामा पल शाह प्रमुख भूमिकामा छन् भने पारिवारिक सम्बन्ध, प्रेममा विश्वासघात, अनि आत्मसम्मान जस्ता गम्भीर विषयहरूलाई सशक्त रुपमा प्रस्तुत गरिएको छ । यसले विशेष गरी युवापुस्ता र ग्रामिण परिवेशका दर्शकहरूलाई प्रत्यक्ष रुपमा जोड्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ ।
पोखरामा आयोजित मोहर साँझमा पल शाहले दर्शकहरूलाई धन्यवाद दिँदै ‘मोहर’ आफ्नो करियरको विशेष सिनेमामध्ये एक भएको उल्लेख गरे । चलचित्रको विषयवस्तसँग आफू निक्कै नजिक भएको र सिनेमाको कथाले दर्शकको मन छुने विश्वास उनको छ ।
गायक थानेश्वर गौतमले ‘मोहर’ को गीत दर्शकलाई सुनाए । सिनेमा लोक शैली र जीवन्तताका विषयमा प्रकाश पार्दै मोहरमा समावेश अन्य गीतहरूसमेत समकालीन लोकभावनामा आधारित रहेको जानकारी उनले गराएका छन् । सांगीतिक, कथात्मक र दृश्यात्मक दृष्टिले मोहर एक अलग शैलीको सिनेमाका रूपमा चिनिने आँकलन गरिएको छ। लोकसंस्कृतिमा आधारित समसामयिक कथावस्तु, लोकप्रिय कलाकारहरूको सहभागिता र संगीतको गहिरो प्रभावले गर्दा चलचित्रले राम्रो स्थान बनाउने विश्वास समेत गरिएको छ । ओम प्रतिकको कथा र निर्देशन रहेको मोहरमा पल शाह सँगै अर्जुनजंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी लगायतका कलाकारको अभिनय छ । फिल्ममेकर प्रालीको प्रस्तुतिमा निर्माण उक्त सिनेमाका निर्माता चुम्बनजंग शाही हुन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया