SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/१८ गते
    १९९ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर उजाड,पोखरा । स्याङ्गजाको आँधिखोला- ६ फापरथुमस्थित आनन्द आश्रम ज्ञान केन्द्रले साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न गरेको छ।गोष्ठीको उद्घाटन गर्दै फेदीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष हिमाल जंग बानियाँले साहित्य लेखन र कलाले मानव जीवनलाई सुसंस्कृत र सभ्य बनाउने बताउनुभयो। उहाँले आनन्द आश्रमले थालेको साहित्यिक अभियानले ग्रामीण समाजलाई समेत सभ्य र उन्नत बनाएको बताउनुभयो। साहित्यकार दिवाकर सुवेदीले नियमित रूपमा हुने यस्ता कार्यक्रमले साहित्यिक ज्ञानलाई थप विशाल बनाएको अनुभव सुनाउनुभयो।

    आनन्द आश्रम ज्ञान केन्द्रका वरिष्ठ सल्लाहकार टिकाराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक संरक्षक त्रिलोचन ढकाल, डा. ऋषिराम ढकाल, टिकाराम ढकाल ‘वनपाले’,सविन जिटी, रिदम ढकाल, सुर्य जिटी, विनिता जिटी, प्रद्युम्न पनेरु माविका छात्रा शिखा सुनार लगायतकाले रचना वाचन सहित आनन्द आश्रमले संचालन गर्ने गतिविधि र भावी योजनाका बारेमा जानकारी गराएका थिए।सो अवसरमा पण्डित आनन्द मणिले त्यस क्षेत्रकाे शैक्षिक विकासमा पुर्याउनु भएको योगदानको चर्चा गरिएको थियो।

    संस्थाका सदस्य सह प्राध्यापक शारदा शर्माले स्वागत सहित कार्यक्रम संचालन गर्नुभएको थियो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं