
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
उजाड शिशिर, पोखरा ।नेपाली कथानक चलचित्र ‘शिवांश: च्याप्टर–१’को छायांकन सकिएको छ। सुटिङ थालेको ३६ औं दिनमा सम्पुर्ण छायांकन सकिएको निर्माता अञ्जान केसीले जानकारी दिए। जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा फिल्मको शुभ मुहुर्त गरी सुरु भएको सुटिङ ३६ औं दिनमा सकिएको हो।पोखराका लामाचौर, घार्मी, महेन्द्र गुफा, अमला बिसौनी लगायतका आसपासमा फिल्मको दृश्य खिचिए पछि पुर्ण रुपमा छायांकन सम्पन्न भएको निर्माता केसीले बताए।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन्। उनको यो डेब्यु निर्देशकीय सिनेमा हो।भगवान शिवको एक अंश अहिलेको शताब्दीमा पनि उत्तिकै सान्दर्भिक रहेकेा विषय वस्तुलाई चलचित्रमा कलात्मक रूपले प्रस्तुत गरिएको निर्देशक आत्रेयले बताए । फिल्ममा समाज वरिपरि कै कथा र त्यस बिचमा हुने शक्ति संघर्षमा आधारित रहेको भएपनि थप कथावस्तु बारे निर्माणपक्षले खुलाएको छैन्।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रूषा न्यौपानेले मुख्य भूमिका निर्वाह गरेका छन् भने विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायत अन्य कलाकारले पनि अभिनय गरेका छन्। रूषाले अभिनय गरेको जन्तेबाख्राेले बक्स अफिसमा कुनै रेकर्ड नराखे पनि उनको अभिनयको तारिफ भने भएको छ।
चलचित्रमा थियटर कलाकारको वर्चस्व रहेको छ । निर्माता अञ्जान केसीले चलचित्रको कथा तयार गरेका हुन् । करिव ७ वर्षको मेहनतलाई पर्दामा उतारेको उनले बताए ।पटकथा भने बारत लिम्बुको छ ।
निर्देशक आत्रेयले यस अघि नेपाली चलचित्र धौली र हुक्काकाे स्टोरी लगायतका चलचित्रमा स्क्रिन प्ले राइटरको रूपमा काम गरि सकेका छन् । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहेको फिल्ममा राजनराज शिवाकोटी र विप्लव प्रतीकले गित लेखेका छन्। स्वरमा भने राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहेको निर्माता केसीले जानकारी दिए। फिल्ममा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चौहानको नृत्य निर्देशन, सरद महतोको सिनेम्याट्रोग्राफी रहेको छ भने चलचित्रको कार्यकारी निर्माता सम्भु थापा हुन् ।यसको सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् । चलचित्रमा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन्।
चाडपर्वको छेको पारेर आगामी असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउने ‘शिवांश: च्याप्टर १’ लाई डि सि एनले वितरणको जिम्मा लिएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया