SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/१३ गते
    २९३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।पर्वत जिल्लाको पैयूँ गाउँपालिकाले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको स्वामित्वमा रहेको पैयूँ आधारभूत अस्पतालमा साउन ११ गतेदेखि औपचारिक रूपमा फार्मेसी सेवा सुरु गरिएको हो।

    फार्मेसी सञ्चालनमा आएसँगै अब स्थानीयवासीले जटिल खालका औषधि किन्न अन्य बाह्य बजार धाउनु नपर्ने भएको छ। अस्पतालमै चिकित्सकको सिफारिस अनुसार आवश्यक औषधिहरू सहजै खरिद गर्न सकिने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो।

    उपाध्यक्ष याम कुमारी रानाले फार्मेसी सेवाको शुभारम्भले आम नागरिकको स्वास्थ्य पहुँचमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै भन्नुभयो, “गाउँमै गुणस्तरीय औषधि सहज रूपमा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। फार्मेसीको सुरुवातले विशेषगरी टाढा–टाढाबाट आउने सेवाग्राहीलाई धेरै राहत मिल्नेछ।”

    पैयूँ गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत जीवन गैरेले यो कदम गाउँपालिकाको स्वास्थ्य सेवामा सुधार र प्रभावकारिता ल्याउने दिशातर्फको महत्वपूर्ण पहल भएको बताउनुभयो। उहाँले भन्नुभयो, “फार्मेसी स्थापनाले सहज, सुलभ र प्रभावकारी सेवा विस्तारमा ठूलो टेवा पुग्नेछ।”

    पैयूँ आधारभूत अस्पतालमा हाल २ जना चिकित्सक सहित अन्य २० जना कर्मचारीको नियमित सेवा उपलब्ध रहेको छ भने अस्पतालमा डिजिटल मोबाइल एक्स-रेजस्ता उपकरण समेत जडान गरिएको छ। साथै, १० शैयाको अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ। स्थानीय तहले स्वास्थ्य सेवाको पहुँचलाई जनमैत्री बनाउन थालेसँगै यसले ग्रामीण क्षेत्रका नागरिकलाई ठूलो राहत दिन थालेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं