SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/४/१२ गते
    ४५७ &#२३४६;&#२३३५;&#२३२५;

    कुश्मा, पर्वत । सामाजिक सेवामा निरन्तर अग्रसर पर्वत कुश्मा नारी समूहले साउनको दोस्रो सोमबारको अवसरमा सर्वेश्वर शिव मन्दिर, कुश्मा–६ मा भक्तजनहरूलाई फलफुल तथा प्रसाद वितरण गरेको छ।

    धार्मिक स्थलमा पुग्ने भक्तजनको सेवा गर्नुका साथै समूहले भजन–कीर्तन प्रस्तुत गर्दै धार्मिक वातावरणमा थप भक्ति र उल्लास थपेको थियो। कार्यक्रममा सहभागी दिदीबहिनीहरू एउटै ड्रेस– रातो सारी र नीलो ब्लाउज–मा सजिएका थिए, जसले समूहको एकता र सहकार्यको सुन्दर झल्को दिएको थियो।

    समूहकी अध्यक्ष अनिता सापकोटाले सामाजिक कार्यप्रतिको आत्मीयता व्यक्त गर्दै भन्नुभयो । “सामाजिक कार्य गर्ने भनेपछि मन फुरुङ्ग हुन्छ। जहाँ सेवा गर्न सकिन्छ, त्यहाँ पुग्ने हाम्रो उद्देश्य हो।”

    यो समूहले यसअघि पनि स्वच्छता अभियान, महिला स्वास्थ्य सामग्री वितरण, जनचेतनामूलक कार्यक्रम, र्‍यालीहरू लगायत विविध सामाजिक कार्य गर्दै आएको छ। छोटो समयमै यसले समाजमा सकारात्मक छवि बनाउँदै स्थानीय समुदायमा नारी नेतृत्वको शक्तिशाली प्रभाव प्रस्तुत गर्दै आएको छ।

    पर्वत कुश्मा नारी समूहले देखाएको यो सक्रियता र समर्पणले अन्य संस्थाहरूलाई पनि समाजसेवामा प्रेरणा दिने विश्वास गर्न सकिन्छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं