
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताए ।
परिवार नियोजन संघको आयोजनामा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रदेशस्तरीय कार्यशालाको आइतबार पोखरामा उद्घाटन गर्दै मन्त्री पाठकले सो कुरा बताएका हुन् । उनले प्रदेशमै जनशक्ति उत्पादनका लागि बागलुङ र गोरखामा एचए पढाउने व्यवस्था गर्ने लागेको जानकारी दिए । उनले परिवार नियोजन संघसँग मिलेर सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत प्रजनन स्वास्थका कार्यक्रम गर्दै जाने बताए । मन्त्री पाठकले आगामी नीति तथा कार्यक्रममा प्रजनन स्वास्थबारे कार्यक्रम ल्याउने पनि आश्वासन दिए ।
कार्यक्रमा उपस्थित गण्डकी प्रदेशसभाका सदस्यहरुले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । उनीहरुले सामान्य तथा कुनै पनि विपद्का बेलामा पनि गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा र सूचनाको पहुँच पु¥याई विद्यमान शिशु, बाल तथा मातृ मृत्युदरलाई न्यूनीकरण गर्न र परिवार नियोजनको आधुनिक साधनको मागलाई पूरा गर्न प्रतिबद्धता जनाए । यस्तै, परिवार नियोजन संघ र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा यस प्रदेशलाई आवश्यक बजेट पर्ने बजेट विनियोजन गर्न आवश्यक पहल गर्ने, प्रदेशका यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी नीतिहरुको तर्जुमा र परिमार्जन गरी अझ व्यावहारिक रुपमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता गराउने सन्दर्भमा प्रतिबद्धता जाहेर गरे ।
गण्डकी प्रदेश सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचाल, पूर्व मन्त्री एवं राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ, प्रदेश सांसदहरु प्रकाश बराल, सरस्वती गुरुङ, देवका पहारी, गणेशमान गुरुङ, नन्दकला नेपाली, प्रदेश नीति तथा योजना सदस्य दुर्गा अधिकारी, स्वास्थ्यकर्मी विद्या कोइरालासमेतले मन्तव्य व्यक्त गरे ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले ‘गण्डकी प्रदेशमा स्वास्थ्य तथा परिवार योजना कार्यक्रमको अवस्था’ बारे अर्को कार्यपत्र प्रस्तुत गरे । उनको कार्यपत्र अनुसार गण्डकीमा ५ वर्षमुनिका बालबच्चामध्ये ४५ हजार छोरा जन्मिएकामा ३९ हजारमात्र छोरी जन्मिएका छन् । जन्मदरमा लैंगिक असमानताको कहालीलाग्दो अवस्थाप्रति ध्यान दिनुपर्ने कार्यक्रममा बहस भएको थियो ।
यसैगरी, परिवार नियोजन संघका चेतराज जोशीले ‘परिवार नियोजन र प्रजनन स्वास्थ्य’ बारे अर्को कार्यपत्र प्रस्तुत गरे ।
कार्यक्रममा जिसस कास्की प्रमुख लीलाधर पौडेल, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, रुपाका अध्यक्ष नवराज ओझा, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, उपसचिव भरतराज पौडेल, हेमप्रसाद आचार्य लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वरिष्ठ स्वास्थ्य प्रबन्धक नवराज तिवारीले गरेका थिए । सभापति सिग्देलले परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्यबारे गाउँगाउँमा सचेतनाका कार्यक्रम लैजाने बताए । उनले कास्कीमा प्लस टु तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई ध्यानमा राखेर २४ वटा कार्यक्रम गर्ने लक्ष्य रहेको सुनाए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया