
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा यस वर्षदेखि प्रवेश परीक्षा नहुने भएको छ ।
परिषद्ले एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी मानेर जीपीएकै आधारमा विद्यार्थी छनोट गर्ने निर्णय गरेको हो । यससँगै अब देशभरिका इच्छुक विद्यार्थीलाई प्रवेश परीक्षाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।
सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीका अनुसार विगतमा हरेक वर्ष प्रवेश परीक्षा मार्फत मात्रै भर्ना लिइने गरिन्थ्यो । पछिल्लो समय केही प्राविधिक कार्यक्रममा विद्यार्थीको आकर्षण घट्दै गएको सीटीईभीटीले जनाएको छ ।
नर्सिङ, स्वास्थ्य सहायक (एचए), र फार्मेसी बाहेकका कोटामा सिट खाली हुने गरेकाले पनि सीटीईभीटीले प्रवेश परीक्षाको नीति परिवर्तन गरेको हो । ‘कतिपय कार्यक्रममा तोकिएको कोटाभन्दा पनि कम विद्यार्थी सहभागी हुन थालेपछि प्रवेश परीक्षाको औचित्यमै प्रश्न उठ्न थाल्यो,’ अधिकारीले भने, ‘४८ कोटा भएको कार्यक्रममा ४० मात्र विद्यार्थी आएपछि नयाँ नीति अपनाइएको हो ।’
उनका अनुसार प्रवेश परीक्षामा सोधिने प्रश्नसमेत गणित, विज्ञान र अग्रंजीमै केन्द्रित हुने भएकाले भर्खर एसईई दिएका विद्यार्थीका स्थायी मूल्यांकनलाई नै आधार बनाउने निर्णय गरिएको हो ।‘तीन घण्टाको हाम्रो प्रवेश परीक्षा र एसईईको तीन–तीन घण्टाको मूल मूल्यांकनमा फरक छैन,’ अधिकारीले थपे ।
उक्त निर्णय नेपाल सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमसँग टेकेर गरिएको हो । नीति तथा कार्यक्रमको ६४औं बुँदामा भनिएको छ, ‘विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीको ग्रेडिङको आधारमा प्राविधिक तथा व्यवसायिक वा विश्वविद्यालय शिक्षामा प्रवेश गराइने छ ।’
परिषद्ले जीपीए प्रणालीलाई प्रयोगमा ल्याउँदै अब विद्यार्थीले जीपीएका आधारमा अनलाइन आवेदन दिई भर्ना प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था मिलाएको हो ।
सरकारी स्कुलका विद्यार्थीलाई अतिरिक्त अंक
परिषद्का सूचना अधिकारी एकराजका अनुसार न्यूनतम जीपीए २.० वा पुरानो एसएलसी प्रणाली अनुसार द्वितीय श्रेणी प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।
यसअघि अंग्रेजी, गणित र विज्ञान विषयमा ७० नम्बरको प्रवेश परीक्षा र ३० नम्बर विद्यार्थीले एसईईमा ल्याएकोलाई आधार मानेर मेरिटको आधारमा विद्यार्थी छनोट गर्ने गरिएको थियो ।
साथै, सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई प्राथमिकता दिने विशेष व्यवस्था मिलाइएको छ ।
सीटीईभीटीले विगतका वर्षमा भर्नाका लागि आएको विद्यार्थीको आवेदन तथ्यांक र प्रवेश परीक्षाको नतिजा अध्ययन गरेर नयाँ प्रणाली तयार पारेको हो ।
सुचना अधिकारी एकराजका अनुसार सरकारी र निजी बोर्डिङ विद्यालयका विद्यार्थीबीचको अनुपात विश्लेषण गरिएको थियो । त्यसपछि सरकारी विद्यालयमा पढेकाहरूको जीपीएमा १ अंक, निजी बोर्डिङ विद्यालयबाट आएका विद्यार्थीको जीपीएमा ०.८५ अंक मात्र थपिने व्यवस्था गरिएको छ । यसरी, सरकारी विद्यालयका विद्यार्थीलाई ०.१५ अंकको स्पष्ट अग्रता दिइएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया