
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर उजाड,पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमिति गठन भएको छ ।नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष गर्दै आइरहेको तीज महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए। नेपाली नारीको महान् पर्व हरितालिका तीजलाई थप साँस्कृतिक पर्व बनाउन समाजले आफ्नो बार्षिकोत्सवका अवसरमा महोत्सवमा संचालन गर्दै आएको छ। समाजले महोत्सवका लागि विभिन्न २२ वटा उपसमिति गठन गरि तयारी शुरु गरेको जनाएको छ।
गठित उपसमितिमा अर्थ व्यवस्थापन उपसमितिमा कमल बहादुर थापा, समन्वय विशेषमा मिलन केसी, खेल मैदान विकासमा दिल बहादुर थापा, तीज महोत्सव संरक्षण कोषमा नविन भण्डारी, जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रविमान सिंह भण्डारी, शिक्षा तथा श्रष्ट्रा सम्मानमा थिर बहादुर थापा, स्वास्थ्य तथा आकस्मिक सेवामा खुशीमान गुरुङ, कार्यालय व्यवस्थापनमा राजु बहादुर भण्डारी,खेलकुद व्यवस्थापनमा शंकर केसी, मञ्च, प्याराफिट तथा स्टल व्यवस्थापनमा प्रेम गुरुङ, टिकट व्यवस्थापनमा अमिर गुरुङ, बजार व्यवस्थापनमा वल बहादुर श्रेष्ठ , युवा परिचालनमा कुशल राना, महिला समन्वयमा शारदा पौडेल, यातायात तथा पार्किङमा अमृत गुरूङ, सुरक्षा व्यवस्थापनमा हरि बहादुर वरूवाल, स्वागत सत्कारमा सञ्जय कुमार अधिकारी, सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा दिल बहादुर थापा, सुचना तथा प्रचार प्रसारमा विष्णु प्रसाद गौतम, डिजिटल बोर्ड तथा व्यानरमा प्रकाश थापा, सरसफाईमा रामजि सिके र कौशल्या ज्ञान विज्ञान पुस्तकालय तथा अनुसन्धान केन्द्र व्यवस्थापनमा सुशील केसीलाई संयोजक तोकिएको समाजले जनाएको छ।
गठित विभिन्न उपसमितिले महोत्सवको आन्तरिक तयारी शुरु गरेको बताईएको छ। आईतबार संचार तथा प्रचार प्रसार उपसमितिले छलफल गर्यो। उपसमितिले महोत्सवलाई भव्य र सभ्य बनाउन प्रचार प्रसारमा कुनै कमि नगर्ने र संचार माध्यमसँग समन्वय गरी अगाडि बढ्ने निर्णय गरेको संयोजक विष्णु प्रसाद गौतमले जानकारी दिए।
तीज महोत्सवमा तीज गीत सहित खुला भलिबल प्रतियोगिता, अन्तर मा.वि. छात्रा भलिबल प्रतियोगिता, विद्यालय नृत्य प्रतियोगिता, श्रष्ट्रा सम्मान, औद्योगिक मेला तथा विभिन्न स्टलहरु र राष्ट्रिय कलाकारद्वारा विविध सांस्कृतिक प्रस्तुतिलाई यस वर्ष पनि निरन्तरता दिईने समाजले जनाएको छ। समाजले नेपाली नारीको महान् पर्व तीजको अवसरमा यहि भाद्र ८ गते देखि १० गतेसम्म ३ दिन महोत्सवको तयारी गरेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया