
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव र वर्षा गराउने मौसमी प्रणालीका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा वर्षा भइरहेको छ ।
देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेकाले बाढी पहिरो तथा डुबानको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचो भूभागमा दिउँसोसम्म विशेष सतकर्ता अपनाउन विभागको आग्रह छ ।
कास्कीको लुम्ले, धनकुटाका मुलघाट, त्रिवेणी र मझुवाघाट, सुनसरीको तरहरा र धरानबजार अनि इलामको माईपोखरीमा भारी वर्ष मापन भएको छ । कन्काई, मैनाचुली जलमापन केन्द्रमा जलसतह सर्तकता तह आसपास रहेको छ । पर्वतको मोदी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । तर, बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेलाई सतर्कता अपनाउन भनिएको छ ।
त्यस्तै, कास्कीको लुम्लेमा ठूलो वर्षा भएको छ । लमजुङको भुजुङ क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ भने खोलाहरूमा बहाव बढ्न सक्ने जोखिम छ । सिन्धुपाल्चोकको गुम्थाङ र बाह्रबिसेमा मध्यम वर्षा मापन भएको छ । सक्रिय मनसुनी प्रणालीका कारण आज पूर्वी नेपालदेखि लुम्बिनीसम्म र भोलि पश्चिमी नेपालमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज र भोलि ती क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
आइतबार र सोमबार विशेष गरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडकखण्डमा यात्रा नगर्न विज्ञले सुझाव दिएका छन् । वर्षासँग बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । नदी तथा खोलामा पानीको बहाव बढेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, सुकेबगर र रुप्सेस्थित बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–३, बसेरीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७, हेवाखोलामा मेची राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दशरथचन्द नगरपालिका–८ मा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया