
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ

पर्वत । पर्वत जेसिजको आयोजनामा देशभरका जेसिज तथा गैर जेसिजहरुको लागि खुल्ला ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको आयोजना हुने भएको छ ।
सामाजिक सेवामा सक्रिय रहँदै आएको जेसिजले खेलका माध्यमबाट पनि जेसिज तथा गैर जेसिज व्यक्तिहरूलाई आपसी सम्बन्धमा जोड्नका लागि इच्छुक समूहहरू सहभागी हुन पाउने गरी प्रतियोगिताको आयोजना गरिएको हो । पर्वत जेसिज वर्ष–२०२५ का अध्यक्ष अच्युत पौडेलले पर्वत जेसिजका कामहरूलाई जिल्लाभित्रमा मात्रै सीमित नगरेर अन्य जिल्लाका जेसिज तथा जेसिज बाहिरका सङ्घ संस्था क्लबहरूसँग जोडिनका लागि यो प्रतियोगिता आयोजना गरिएको बताए ।
जेसिजमा आबद्ध रहेका सदस्यहरू तथा देशभित्र र बाहिर रहेका विभिन्न सामाजिक व्यक्तिहरूका सहयोगमार्फत आउँदो भदौको ५, ६ र ७ गतेका लागि प्रतियोगिताको आयोजना गरिएको हो । पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना हुने प्रतियोगितामा विजेता बन्ने समूहले पुरस्कार स्वरूप एक लाख एक हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता बन्ने समूहले ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने छ ।
प्रतियोगितामा प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ घोषणा गरिने, सबैभन्दा बढी गोल गर्ने खेलाडी, ‘प्लेयर आफ द टुर्नामेन्ट’, ‘वेस्ट किपर’, ‘वेस्ट डिफेन्डर’ र ‘वेस्ट मिडफिल्डर’ लाई कुश्मामा रहेको साहसिक खेल ‘जीपलाइन’ मा साहसिक खेलको अवसर प्रदान गरिने पर्वत जेसिजले बताएको छ ।
‘सेभेन ए साइड फुटबल’ को प्रत्येक टिममा ७ जना मात्रै खेलाडी खेल्छन् । यो परम्परागत ११ जना खेलाडीहरू रहेर खेलिने फुटबलको सानो संस्करण हो । यसको मैदान सानो हुन्छ भने खेललाई दुई ‘हाफ’ मा विभाजन गरिएको हुन्छ । मनोरञ्जन, सामुदायिक एकता र प्रतिभा पहिचान गर्ने उद्देश्यले विभिन्न विद्यालय, क्लब, समाज वा सङ्घसंस्थाको आयोजनामा ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताहरू आयोजना हुने गरेका छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया