
काठमाडौँ। नेपालकी सबैभन्दा कान्छी अंग्रेजी भाषाकी टेलिभिजन कार्यक्रम सञ्चालिका अनुरिका गिरी ‘युवा प्रतिभा पत्रकारिता सम्मान–२०८२’ बाट सम्मानित भएकी छन् । राष्ट्रिय नागरिक विकास समाजले राजधानीमा आयोजना गरेको एक समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।
‘योहो एचडी’ टेलिभिजनमा कार्यरत गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा केन्द्रित रहेर विशिष्ट व्यक्तित्व एवं विदेशी कूटनीतिज्ञहरूसँग अन्तक्र्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । सानै उमेरमा टेलिभिजन प्रस्तुतिमा देखाएको उत्कृष्टता र योगदानको कदर गर्दै समाजले उनलाई सम्मान गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममासमाजका विभिन्न क्षेत्रमा योगदान पु¥याएका १२ जना प्रतिभालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा पर्यटनविद्, शिक्षासेवी, युवा उद्यमी, पत्रकार तथा कलाकर्मीहरू थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरता आजको आवश्यकता भएको बताउँदै कृषिप्रधान देशको पहिचानलाई सार्थक बनाउन मन्त्रालय सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
















