
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
सम्पादक, रन्जना खत्री,चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिका–१० अन्तर्गत पर्ने कुमरोज गाउँमा शनिबार सम्पन्न चरा अवलोकन कार्यक्रममा उल्लेखनीय सफलता प्राप्त भएको छ। बर्ड एजुकेशन सोसाइटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा ११ जना चराप्रेमी सहभागीले कुल ६१ प्रजातिका चराहरू अवलोकन गरेका हुन्।
अवलोकन गरिएका पंक्षिहरूमा वाटरकक, फिजेन्ट-टेल्ड ज्याकाना, ग्रेटर पेन्टेड स्नाईप र ऊली-नेक्ड स्टर्क जस्ता दुर्लभ र आकर्षक प्रजातिहरू पनि समावेश रहेका छन्। कार्यक्रमले कुमरोज क्षेत्रको धान खेत, सिमसार र जलस्रोतहरू चराहरूको वासस्थानका रूपमा कति महत्त्वपूर्ण छन् भन्ने तथ्य उजागर गरेको छ।
बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष विजय गिरीका अनुसार, “चरा अवलोकन केवल मनोरञ्जनको विषय होइन, यो जैविक विविधताको दस्तावेजीकरण र संरक्षणका लागि आवश्यक अभ्यास हो। हाम्रा खेतबारी र सिमसार क्षेत्रमा यति धेरै प्रजातिका चराहरू भेटिनु गर्वको कुरा हो, जसले भविष्यमा चराको पर्यटन र अनुसन्धानका लागि सम्भावना देखाएको छ।”
संस्थाले स्थानीय बासिन्दा र विद्यार्थीहरूलाई लक्षित गर्दै नियमित अवलोकन तथा जनचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यसले स्थानीयस्तरमा चरासँग सम्बन्धित ज्ञान र संरक्षण चेतना बढाउन सहयोग पुर्याउँदै आएको बताइएको छ।
नेचर गाईड एसाेसिएसनका अध्यक्ष अनिल गरुङ्गले चराहरुकाे प्रजाति र बिशेषताकाे बारेमा सहभागिलाई जानकारी गराउनुभएकाे थियाे ।
बर्ड एजुकेशन सोसाइटीले अर्को शनिबारका लागि नयाँ चराअवलोकन कार्यक्रम तय गरेको छ। स्थानको बारेमा चाँडै जानकारी दिइने र नयाँ क्षेत्रको चरा अन्वेषणमा सहभागी हुन इच्छुकहरूलाई आमन्त्रण गरिने बर्ड एजुकेशन साेसाईटीका सचिव प्रकाश चापागाईले जानकारी दिनु भयाे ।
कार्यक्रममा बिजय गिरी अध्यक्ष ,प्रकाश चापागाई सचिव,शिरलाल परियार सदस्य,अनिल गुरुङ्ग अध्यक्ष (नेचर गाईड एसाेसिएसन) ,जनक परियार,राेजन सुवेदी,अनिल महत्वाे,ईश्वर कडेल,निरज चाैधरी,सिद्धार्थ तामाङ्ग,सन्तकुमार तामाङ्ग लगाएत ११ जनाकाे सहभागिता रहेकाे थियाे । उक्त कार्यक्रमकाे सम्पुर्ण ब्यवस्थापन बर्ड एजुकेशन साेसाईटीका सदस्य शिरलाल परियारले गर्नुभएकाे थियाे ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया