
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर उजाड, पोखरा ।नव आदर्श सामुदायिक विकास समाज लामाचौरले विगत २८ वर्ष देखि गर्दै आएको लामाचौर तीज महोत्सवको तयारी शुरु गरेको छ ।
समाजको २९ औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने २९ औं संस्करणको लामाचौर तीज महोत्सवलाई सफल बनाउनको लागि पोखरा वडा नं. १६ र १९ का आमा समूह लगायत विभिन्न संघ संस्थाहरु र सरोकारवालासँग आवश्यक तयारीका विषयमा छलफल गरेका छन्। तीज महोत्सवमा तीज गीत सहित खुला भलिबल प्रतियोगिता, अन्तर मा.वि. छात्रा भलिबल प्रतियोगिता, विद्यालय नृत्य प्रतियोगिता, औद्योगिक मेला तथा विभिन्न स्टलहरु र राष्ट्रिय कलाकारद्वारा विविध सांस्कृतिक प्रस्तुतिलाई यस वर्ष पनि निरन्तरता दिईने समाजले जनाएको छ। महोत्सव सफल बनाउनको लागि गठित महिला समन्वय समितिले शुक्रबार विभिन्न आमा समुह र महिला जनप्रतिनिधिसँग छलफल गर्यो।
छलफलमा पोखरा १६ का वडा सदस्य मञ्जु बस्यालले संस्कृति संरक्षणका लागि आयोजना हुने जुनसुकै कार्यक्रमलाई सफल बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताईन्। वडा नं. १९ का वडा सदस्य दुर्गादेवी बस्नेतले योजनाबद्ध रुपमा गरिने कार्यक्रमले निरन्तरता पाउने र सफल हुने बताईन्। समाजका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष एवं अर्थ संयोजक कमल थापा, पूर्व अध्यक्ष एवं सत्कार संयोजक समितिका अध्यक्ष संजय अधिकारी, पूर्व अध्यक्ष रेश्मा शेरचन अधिकारी ,प्रथम उपाध्यक्ष शोभा केसी लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै आफूले सकेको सहयोग रकमहरू बोल्दै थप सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका थिए।
सिर्जना आमा समुहका अध्यक्ष शारदा पौडेलले स्वागत गरेको कार्यक्रमलाई महिला समन्वय समितिका सदस्य गीता भण्डारीले सञ्चालन गरेकी थिइन्। समाजले यहि भाद्र ८ गते देखि १० गतेसम्म ३ दिन महोत्सवको तयारी गरेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया