
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत। नेपाली सांगीतिक बजारमा तीज गीतहरू लोकप्रिय हुने क्रममा, यस वर्ष पनि समाजका वास्तविक कथालाई समेट्दै ‘चेली को बेदना (दिदी भाइ ४)’ सार्वजनिक गरिएको छ। गीतले छोरीको पिडा, माइतीको सम्झना र तीजको मौलिक भावना समेट्दै गहिरो सामाजिक सन्देश दिन खोजेको छ।अर्जुन पन्तको प्रस्तुति तथा निर्देशनमा तयार भएको यस गीतले तीजको सांस्कृतिक पक्षलाई मात्र होइन, नारीका संवेदनशील भावनात्मक पक्षलाई पनि समेट्न प्रयास गरेको छ। गीतमा कृष्ण कँडेल र शोभा परियारको मार्मिक स्वर रहेको छ, जसले चेलिको पीडा र मायालु भावनालाई हृदयस्पर्शी बनाएको छ।
गीतको गीतकार कृष्ण कँडेल हुन् भने संगीत अर्जुन पन्तले भरेका छन्। यसमा तेजेन्द्र दुबाले संगीत संयोजन, कृष्ण लमिछानेले मिक्सिङ तथा मास्टरिङ, र दिवस थापा मगरले रेकर्डिङ गरेका छन्। रेकर्डिङ पोखराको बाँसुरी डिजिटल र काठमाडौंको सुर साधना स्टुडियोमा गरिएको हो। गीतको अडियो/भिडियो व्यवस्थापन अञ्जना डिजिटलले सम्हालेको छ।
भिडियोतर्फ, निर्देशन स्वयं अर्जुन पन्तले गरेका छन्। मुख्य भूमिकामा अर्जुन पन्त, लक्ष्मी घिमिरे, कृष्ण कँडेल, थानेश्वरी उपाध्याय, अर्पण परियार, अमृत परियार, सभ्यता र समृद्धिले अभिनय गरेका छन्। भिडियोको छायांकन बिजय गौडेल र सुरेश रेग्मी, सम्पादन तथा रङ संयोजन सुसिल डाँगीले गरेका छन्।
गीतले नारीले माइतीमा अनुभूति गर्ने प्रेम, पिडा र सम्झनालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। विशेष गरी तीज जस्तो पर्वमा घरबाट टाढा रहेकी छोरीहरूको मनको भाकालाई यस गीतले सजीव चित्रण गरेको छ। पारिवारिक सन्देश, लोक-सांगीतिक भाव र सामाजिक यथार्थको समन्वय यस गीतको विशेषता बनेको छ।
यस गीतमार्फत निर्देशक अर्जुन पन्तले नेपाली समाजमा अझै रहेको छोरी–माइतीबीचको सम्बन्ध र भावनात्मक दूरीलाई उजागर गर्ने प्रयास गरेका छन्। गीत सार्वजनिक भएसँगै दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया