SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/३/२६ गते
    २३३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । व्यवसायी विरोधमा उत्रिएसँगै एक सातादेखि सुनको मूल्य निर्धारण हुन छाडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हरेक दिन सुनको भाउ निर्धारण गर्दै आएकोमा १९ असारयता निर्धारण गर्न छाडेको हो ।

    महासंघका वरिष्ठ उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले व्यवसायी विरोधमा उत्रिएर कारोबार ठप्प रहेकाले मूल्य सार्वजनिक नगरिएको बताए । ‘देशभरका सुनचाँदी पसल बन्द छन्, हामी आन्दोलनमा छौं, कारोबार नै नहुने भएपछि मूल्य सार्वजनिक गर्नुको अर्थ रहँदैन ।’ असार १९ गते प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेको छ ।

    सरकारले आर्थिक विधेयकमार्फत सुनका गरगहना खरिदमा २ प्रतिशत बिलासी शुल्क लगाएको छ भने बहुमूल्य हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाएको छ ।यसकै विरोधमा व्यवसायी आन्दोलनमा उत्रिएका छन् । सुनका गरगहना खरिदमा लगाइएको २ प्रतिशत करले मूल्य ६ प्रतिशत बढ्न जाने र यसले अवैध कारोबार मौलाउने व्यवसायीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं