SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/३/२३ गते
    २८० &#२३४६;&#२३३५;&#२३२५;

    रुकुमपूर्व । रुकुमपूर्वको उच्च पहाडी भेगमा अवस्थित चौंरी खर्क अचेल प्राकृतिक स्वर्ग जस्तै देखिन्छ । समुद्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको चौंरी खर्कमा रंगीन बुकीफूलहरू फुलेका छन् ।

    घाम लागेको दिन उत्तरतिर पुथा, धौलासिरी, चुरेन, सिस्ने लगायतका हिमालहरू आँखै अगाडि देख्न पाइन्छ । बेसीमा नागबेली चालमा बग्ने उत्तरगंगा नदी, निसेलधोर र नेपथ्यमा ढोरपाटन भ्यालीले मोहनी लगाउँछ।

    हरियालीमाथि छरिएका रंगीन बुकीफूलहरू र ती फूलहरूबीच चरिरहेका गाईगोरु, भेडाबाख्रा, घोडाहरूको दृश्य औधी मनमोहक छ । हप्ता दिनको यात्रा गरेर गाउँबाट उकालो चढेका गाईहरू अहिले चौंरी खर्कको चिसो हावामा रमाइरहेका छन् । कहिले गोरेटो पछ्याउँदै, कहिले कुहिरोमा हराउँदै-हराउँदै ।

    हिउँदमा हिउँले ढाकिने यी डाँडाहरू अहिले खुला छन् । हरियो बुट्यान, चरनयोग्य खुला मैदान र किसानका पाइला मिलेर बनेको चौरीखर्कले जीवन भरेको छ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं