
१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पर्वत । हालै प्रकाशन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा उत्कृष्ट नतिजा हासिल गरेका जलजला गाउँपालिकाको शिव माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।
जलजला गाउँपालिका–८ मा रहेको विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्राहरूको सम्मानका लागि विद्यालयमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । तीन दशमलव ७५ जिपिए सहित विद्यालयको तर्फबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्न सफल छात्रा आयुषा सुवेदी सहित प्रकृति घर्ती, कुसुम परियार, सुस्मिता परियार, सफल क्षत्री, पुजना क्षत्री र नम्रता परियारलाई सम्मान गरिएको हो ।
विद्यालयमा आयोजित सम्मान कार्यक्रममा विद्यार्थीहरूलाई सम्मान गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले विद्यार्थीहरूको उपलब्धिले जलजला गाउँपालिकाको शिर उच्च भएको बताउँदै आगामी दिनमा विद्यालयको शैक्षिक उन्नयनका लागि पालिकाको तर्फबाट निरन्तर सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यार्थीहरूको सिकाई उपलब्धि दरमा वृद्धि गरी गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिका सधैँ प्रतिबद्ध रहेको भन्दै उहाँले शैक्षिक गुणस्तर कायम नभएसम्म अन्य कुनै पनि क्षेत्रमा गुणस्तर आउन नसक्ने उल्लेख गर्नुभयो ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विप्लवजंग हमालले बिद्यार्थीहरुको निरन्तर मिहिनेत र शिक्षकहरूको लगावकै कारण विद्यालयले राम्रो नतिजा ल्याउन सकेको भन्दै खुसी व्यक्त गर्नुभयो । विद्यालय तहदेखि नै राम्रो नतिजा प्राप्त गर्दै आएको विद्यालयले एसइईमा समेत उत्कृष्ट नतिजा ल्याएर आगामी दिनका लागि थप ऊर्जा थपेको उहाँको भनाई छ । विशेष गरी शिक्षालाई प्राथमिकता दिँदै विद्यालयप्रति अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष हमालले गाउँपालिकाका अध्यक्ष आचार्यलाई विशेष धन्यवाद प्रकट गर्नुभयो ।
कार्यक्रममा शिक्षक–अभिभावक सङ्घका अध्यक्ष बम्बे दमाई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामप्रसाद सुवेदी, विद्यालयका शिक्षकहरू, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हमालका अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक अमृतप्रसाद सापकोटाले गर्नुभएको थियो ।
शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार पर्वतका सात वटा स्थानीय तहहरूमध्ये जलजला गाउँपालिकाका सबैभन्दा बढी ८५ प्रतिशत विद्यार्थीहरू परीक्षामा उत्तीर्ण भएका छन् । जलजलाका १२ वटा विद्यालयबाट एक सय ९६ जनाले परीक्षा दिएकोमा एक सय ६७ जना उत्तीर्ण भएका छन् भने २७ जनाले ग्रेड वृद्धि परीक्षा दिनुपर्ने भएको छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया