News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    कोपिला नेपालकाे मनोविमर्श तालिम सम्पन्न

    शिशिर,पोखरा। महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील कोपिला नेपालले आयोजना गरेको १४ ओैं मनोसामाजिक, मनोविमर्श तालिम सम्पन्न भएको छ।

    तालिममा सहभागी १३ जनालाई प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका प्रमुख विनोद विन्दु शर्मा, स्वास्थ्य मन्त्रालयका डा रमेश केसी, प्रदेश स्वास्थ्य निर्देशनालयका रमेश अधिकारी, कोपिला नेपालका अध्यक्ष लक्ष्मी शाही लगायतले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभयो। कार्यक्रममा बोल्दै प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका प्रमुख विनोद विन्दु शर्माले महिला र बालबालिकाको क्षेत्रमा कोपिला नेपालले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।

    कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयमका डा रमेश के शि, प्रदेश स्वास्थ्य निर्देशनालयका रमेश अधिकारी , जिल्ला स्वास्थ्य कार्यालयका राम नेपाली, पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडल, प्रहरी निरीक्षक सरला ढकाल, ओ सि एन सिका शुशिला गुरुङ लगायतकाले बोल्नुभएको थियो। पवित्रा बाँस्तोलाले सहजीकरण गर्नुभएको तालिममा १२ जना प्रशिक्षकले प्रशिक्षण दिनु भएको थियो । अध्यक्ष लक्ष्मी शाहीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पुर्व अध्यक्ष विना सिलवाल र कोपिला नेपालका बारेमा पुर्व अध्यक्ष प्रकाश वाग्लेले जानकारी गराउनु भएको थियो।

    तालिममा सहभागीको सुपर भिजन लक्ष्मी गुरुङ, रमा घिमिरे, सावित्री भट्टराई लगायतले गर्नु भएको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया