
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन भण्डारण गृह निर्माण गरेको छ ।निगमले पहिलोपटक शत्प्रतिशत् स्वदेशी सीप र पुँजीमा पोखरामा डिपो निर्माण गरेको हो । ७९ करोड रुपैयाँ लागतमा निर्मित डिपो उद्घाटन भने साउनमा गरिने तयारी रहेको बिहीबार पत्रकार सम्मेलनमा निर्माण परियोजना प्रमुख इन्जिनियर सुदीपकुमार यादवले बताए । निगमको ५५ वर्षको इतिहासमा आफ्नै देशको जनशक्ति, आफ्नै देशको प्राविधिक जनशक्तिले पहिलो परियोजना निर्माण गर्न सकिएको उनले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको चाप मध्यनजर गर्दै यहाँ १२ सय किलोलिटर क्षमताका ३ ठूला भण्डारणगृह निर्माण गरिएको प्रबन्धक ई. अशोक आर्यालले बताए। भर्टिकल स्टोरेज ट्यांकको उचाइ र व्यास १२/१२ मिटरको छ। हाल पोखरामा आन्तरिक उडानका लागि हाल दैनिक ३० देखि ३५ किलोलिटर इन्धन खपत हुने गरेको छ। दुई अन्तर्राष्ट्रिय उडान थपिए दैनिक करिब १ सय किलोलिटर खपत हुने अनुमान छ। यसर्थ, नवनिर्मित डिपो क्षमताले १ महिनाभन्दा बढी समयको मागलाई धान्न सक्छ। हाल पोखरा मुस्ताङचोकस्थित पुरानो विमानस्थलमा ६४ किलोलिटर क्षमताको डिपो सञ्चालित छ। यहाँबाटै नयाँ विमानस्थलमा इन्धन आपूर्ति गरिँदैआएको थियो।
नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी करिब १० हजार वर्ग मिटर जग्गामा नियमले डिपो बनाएको कन्सल्टेन्ट प्रमुख नारायण गौतमले बताए। पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले डिपोको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र परामर्शको काम गरेको हो। संस्थानका सहायक डिन सुरोज लामिछानेले नेपालकै लगानी र नेपालकै विज्ञले निर्माण गरेको डिपोले तोकिएको समयभन्दा छिटो बनेको दाबी गरे।
२०८० साउनमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले डिपो शिलान्यास गरेका थिए। इन्धनजस्तै प्रज्वलनशील पदार्थको कारोबार हुँदा सम्भावित जोखिम न्यूनीकरण गर्न ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्यांकसमेत निर्माण गरिएको छ। यसलाई फायर फाइटिङको संरचनासँग आबद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै सम्भावित आगलागीजन्य घटना निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ।
डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताको २ फायर फाइटिङ डिजल पम्प, १५ हर्सपावर क्षमताको १ जक्कीपम्प, ८ इन्चको पाइपजडित छ। विमानस्थल सञ्चालनको साढे २ वर्षपछि बल्ल डिपो निर्माण भए पनि पोखराबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा आवश्यक हवाई इन्धन उपलब्ध हुने अपेक्षा छ। २०७९ पुस १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गरेका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया