
१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पोखरा । नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन भण्डारण गृह निर्माण गरेको छ ।निगमले पहिलोपटक शत्प्रतिशत् स्वदेशी सीप र पुँजीमा पोखरामा डिपो निर्माण गरेको हो । ७९ करोड रुपैयाँ लागतमा निर्मित डिपो उद्घाटन भने साउनमा गरिने तयारी रहेको बिहीबार पत्रकार सम्मेलनमा निर्माण परियोजना प्रमुख इन्जिनियर सुदीपकुमार यादवले बताए । निगमको ५५ वर्षको इतिहासमा आफ्नै देशको जनशक्ति, आफ्नै देशको प्राविधिक जनशक्तिले पहिलो परियोजना निर्माण गर्न सकिएको उनले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको चाप मध्यनजर गर्दै यहाँ १२ सय किलोलिटर क्षमताका ३ ठूला भण्डारणगृह निर्माण गरिएको प्रबन्धक ई. अशोक आर्यालले बताए। भर्टिकल स्टोरेज ट्यांकको उचाइ र व्यास १२/१२ मिटरको छ। हाल पोखरामा आन्तरिक उडानका लागि हाल दैनिक ३० देखि ३५ किलोलिटर इन्धन खपत हुने गरेको छ। दुई अन्तर्राष्ट्रिय उडान थपिए दैनिक करिब १ सय किलोलिटर खपत हुने अनुमान छ। यसर्थ, नवनिर्मित डिपो क्षमताले १ महिनाभन्दा बढी समयको मागलाई धान्न सक्छ। हाल पोखरा मुस्ताङचोकस्थित पुरानो विमानस्थलमा ६४ किलोलिटर क्षमताको डिपो सञ्चालित छ। यहाँबाटै नयाँ विमानस्थलमा इन्धन आपूर्ति गरिँदैआएको थियो।
नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी करिब १० हजार वर्ग मिटर जग्गामा नियमले डिपो बनाएको कन्सल्टेन्ट प्रमुख नारायण गौतमले बताए। पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले डिपोको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र परामर्शको काम गरेको हो। संस्थानका सहायक डिन सुरोज लामिछानेले नेपालकै लगानी र नेपालकै विज्ञले निर्माण गरेको डिपोले तोकिएको समयभन्दा छिटो बनेको दाबी गरे।
२०८० साउनमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले डिपो शिलान्यास गरेका थिए। इन्धनजस्तै प्रज्वलनशील पदार्थको कारोबार हुँदा सम्भावित जोखिम न्यूनीकरण गर्न ४ हजार लिटर क्षमताको ‘फोम स्टोरेज’ ट्यांकसमेत निर्माण गरिएको छ। यसलाई फायर फाइटिङको संरचनासँग आबद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै सम्भावित आगलागीजन्य घटना निस्तेज पार्न सहयोग मिल्ने गरेको विश्वव्यापी अभ्यास छ।
डिपोमा फायर फाइटिङ प्रयोजनका लागि २३० हर्सपावर क्षमताको २ फायर फाइटिङ डिजल पम्प, १५ हर्सपावर क्षमताको १ जक्कीपम्प, ८ इन्चको पाइपजडित छ। विमानस्थल सञ्चालनको साढे २ वर्षपछि बल्ल डिपो निर्माण भए पनि पोखराबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा आवश्यक हवाई इन्धन उपलब्ध हुने अपेक्षा छ। २०७९ पुस १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गरेका थिए।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया