
१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
शिशिर,पाेखरा ।पाेखरा १९ घार्मीमा रहेकाे महेन्द्र माध्यमिक विद्यालयले २०८१ सालकाे एस.ई.ई. परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेकाे छ।
उत्कृष्ट नतिजा हासिल गर्ने अयुब सुनार ३ः७१ जी.पी ए.,त्रिशांक पौडेल ३ः७१ जी. पी. ए. र प्रमिशा पौडेल ३ः६८ जिपिए प्राप्त गरेका छन् भने १० जनाले ३.२ देखि ३.६ जी.पी.ए, ३ जनाले २.६६ देखि २. ८८ जी.पी.ए प्राप्त गरेकाछन् । उनीहरूलाई पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पुर्व वडाध्यक्ष शोभा मोहन पौडेल , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल लगायतले सम्मान् गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पाैडेलकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पाेखरा १९ का वडाध्यक्ष पाण्डेले महेन्द्र मा वि.ले शैक्षिक विकासमा गरेकाे उदाहरणीय प्रगतिकाे प्रशंसा गर्दै विद्यालयकाे शैक्षिक विकासमा वडाले सम्भव भएसम्म हरेक क्षेत्रमा सघाउने बताउनुभयाे । उहाँले सफल विद्यार्थीलाई वधाई दिदै निरन्तर शैक्षिक प्रगतिकाे लागि शुभकामना व्यक्त गर्नुभयाे । कार्यक्रममा बाेल्दै पुर्व वडाध्यक्ष शाेभामाेहन पाैडेलले विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी भाइबैनी विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरुकाे लगातारको मेहनतले परीक्षाकाे नतिजामा अपूर्व प्रगति गरेकाे बताउनुभयाे । साथै पाैडेलले सामूदायिक विद्यालयका विद्यार्थी विभिन्न अभाव का बिचमा पनि अघि बढने भएकाेले उनीहरुकाे लगन र परिश्रमलाई उचित वातावरण मिलाउन सके उनीहरुमा धेरै क्षमता छ भन्ने कुरा अहिलेकाे नतिजाले देखाएकाे बताउनु भयाे ।
कार्यक्रममा विद्यालयका प्र अ बासुदेव पाैडेलले बाेर्ड परीक्षामा विद्यालयले विद्यार्थीका लागि अपनाएको शिक्षण प्रकृयाका विभिन्न याेजनाहरु र अन्य गतिविधि माथि प्रकाश पार्नु भयाे। त्यस्तै विद्यालयका संस्थापक अध्यक्ष महेश्वर पाैडेल ,वडा शिक्षा समितिका सदस्य लेखनाथ लामिछाने , प्राध्यापक नारायण पाैडेल, ईन्द्रराज्य लक्ष्मी मा विका सह प्रधानाध्यापक बलबहादुर श्रेष्ठ, अभिभावक शाेभा पाैडेल , वि. व्य. स. सदस्य रमेश वि.क. लगायतले कार्यक्रममा बाेल्दै सफल विद्यार्थी तथा विद्यालय परिवारलाई बधाई दिनुभयाे ।
कार्यक्रममा बाेल्दै एस.ई.ई नतिजामा सर्वाेत्कृष्ठ नतीजा ३.७१ जी.पी.ए प्राप्त गर्न सफल विद्यार्थी अयुव सुनारले विद्यालयको शिक्षण अभ्यासकाे प्रशंसा गर्नुभयो। विद्यालयका सहायक प्रअ नन्दराज दाहालले संचालन गर्नुभएको कार्यक्रममा शिक्षक शरद सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो।
२०८१ काे एस ई ई परीक्षामा १८ जना परीक्षार्थी सहभागि रहेकाे महेन्द्र मा वि ले ९० प्रतिशत नतीजा प्राप्त गर्न सफल भएकाे छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया