
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा । रोटरी क्लब अफ पोखरा न्युरोडको १६औं वार्षिक पदास्थापना समारोह बुधबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा क्लबका नयाँ अध्यक्ष तथा कार्यकारी समितिका सदस्यहरूले पद तथा गोपनियताको सफत ग्रहण गरे।
समारोहमा रोटेरियनहरू, स्थानीय नेतृत्व तथा आमन्त्रित अतिथिहरू उपस्थित थिए। बर्ष २०२५÷२६ का नयाँ अध्यक्ष अमृत राज बास्तोलाले आफ्नो कार्यकालमा समाज सेवा, बाताबरण, शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा क्लबले गर्ने कार्यक्रमहरूबारे योजना प्रस्तुत गरेका थिए।
सो अबसरमा रोटरी बर्ष २०२४÷२०२५ का अध्यक्ष दिपेन्द्र शर्माले स्थानीय समुदायलाई सेवा पुर्याउदै रोटरी क्लबले आफ्नो कार्यकालमा गरेका उपलब्धिहरू समेत प्रस्तुत गरेका थिए । रोटरी क्लब अफ पोखरा न्युरोडले गत वर्षहरूमा संचालन गरेका विभिन्न सामाजिक अभियानहरूलाई नयाँ समितिले पनि अगाडि बढाउने बताईएको छ ।
प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्टिक्ट ३२९२ का डिस्टृक्ट गभर्नर ईलेक्ट बिष्णु बहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्दै रोटरी क्लबले रोटरी इन्टरनेशनलको उद्देश्य संग म्याच हुने गरि काम गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा सहसचिव बर्षा केशव पराजुलीलाई रोटरी क्लब अफ दी इअर अवार्ड, रबिन्द्र शर्मालाई हाइएस्ट एटेन्डेन्स अवार्ड प्रदान गरिएको थियो भने संस्थापक अध्यक्ष रवि प्रसाद बराल, पुर्व अध्यक्ष सुबास सिग्देल र प्रेम प्रसाद शर्मालाई क्लबका गतिविधिमा सहयोग गरेकोमा क्लब अध्यक्ष दिपेन्द्र शर्माले बिशेष सम्मान गरेका थिए ।
त्यसै गरि पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बराल, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, दरबारथोक एडभरटाइजिङ एजेन्सीका कृष्ण रानाभाट, रोटरी क्लब अफ पोखरा न्युरोडका पदाधिकारी तथा सदस्यहरु, विभिन्न रोटरी र रोट्रयाक्ट क्लब अध्यक्षहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
सो अबसरमा क्लबका पुर्व अध्यक्ष एवं डिस्टृक्ट सेक्रेटरी सुभास सिग्देलले रोटरी क्लबले समाजमा उत्कृष्ट र दीर्घकालीन काम गर्ने अन्तरास्ट्रिय सामाजिक संस्थाको रूपमा चिनाएको बताउँदै नयाँ नेतृत्वलाई पनि त्यसरी नै काम गर्न आग्रह गरेका थिए ।
एसिस्टेन्ट गभर्नर रवीन्द्रनाथ बास्तोलाले क्लबले राम्रो काम गरेको बताउँदै नयाँ नेतृत्वले आफ्नो योजना अनुसारका कामका साथै अघिल्लो बर्षका कार्यक्रम लाई निरन्तरता दिन सुझाव दिएका थिए ।
पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले रोटरी क्लबले पोखरा महानगरपालिका भित्र पहिलो धुँवामुक्त वडा बनाउने उद्देश्य लिएकोमा धन्यवाद दिदै उक्त ग्राण्ड परियोजनामा सहकार्य गर्न यसै आर्थिक बर्षमा वडा बाट ३० लाख रुपैयाँ छुट्टयाइएको बताए ।
पदास्थापन कार्यक्रमका संयोजक एवम् पुर्व अध्यक्ष टुवराज बास्तोलाले डिस्टीक्ट गभर्नर इलेक्ट बिष्णु बहादुर थापाको संक्षिप्त परिचय दिएका थिए ।
क्लब अध्यक्ष अमृत बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गिता सिग्देल धन्यवाद ज्ञापन उपाध्यक्ष पुष्प राज पराजुलीले र संचालन सचिव बर्षा केशब पराजुलीले गरेका थिए । कार्यक्रममा क्लबको सम्पुर्ण गतिबिधी समेटिएको स्मारिका बिमोचन समेत गरिएको क्लबका ईडिटर छबि सुबेदीले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया