
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
सन्देश श्रेष्ठ,पोखरा। पोखरामा भोलिदेखि कलेज स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखराका विभिन्न क्याम्पसहरुमा रहेका क्रिकेटका प्रतिभाहरुको खोजी गर्नका लागि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा असार १८ गते भोलिदेखि असार २४ गतेसम्म अन्तर कलेज क्रिकेट लिग कप–२०८२ हुने भएको हो ।
पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा हुने प्रतियोगितामा ५ टिम सहभागि हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । कंगारु एजुकेसन कन्सल्टेन्सी प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा पोखरा विश्वविद्यालय (पियू), पृथ्वीनारायण क्याम्पस (पिएन), गण्डकी विश्वविद्यालय (जियू), जनप्रिय बहुमुखी क्याम्पस (जेएसी) र पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस (डब्लुआरसी)ले सहभागिता जनाउने संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
क्रिकेट लिग प्रतियोगिताको उद्घाटन खेलमा भोलि पृथ्वीनारायण क्याम्पस र पोखरा विश्वविद्यालय आमनेसामने हुनेछन् भने भोलि नै हुने दोस्रो खेलमा पश्चिमाञ्चल ईञ्जिनियरिङ कलेज र गण्डकी विश्वविद्यालय प्रतिष्पर्धामा उत्रिने अध्यक्ष पुनले बताए ।
प्रतियोगिताको दोस्रो दिन असार १९ गते पहिलो खेलमा पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पसले पोखरा विश्वविद्यालय तथा दोस्रो खेलमा जनप्रिय क्याम्पसले पृथ्वीनारायण क्याम्पससँग प्रतिष्पर्धा गर्ने उनले जानकारी दिए । तेस्रो दिन असार २० गते पहिलो खेलमा पोखरा विश्वविद्यालय र जनप्रिय क्याम्पस तथा दोस्रो खेलमा पृथ्वीनारायण क्याम्पस र गण्डकी विश्वविद्यालय आमनेसामने हुनेछन् ।
चौथो दिन असार २१ गते पहिलो खेलमा पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस र जनपिय क्याम्पस तथा दोस्रो खेलमा गण्डकी विश्वविद्यालय र पोखरा विश्वविद्यालय प्रतिष्पर्धामा उत्रिनेछन् ।
पाँचौं दिन असार २२ गते पहिलो खेलमा पृथ्वीनारायण क्याम्पस र पश्चिमाञ्चल ईञ्जिनियरिङ क्याम्पस तथा दोस्रो खेलमा गण्डकी विश्वविद्यालय र जनप्रिय बहुमुखी क्याम्पसबीच प्रतिष्पर्धा हुने अध्यक्ष पुनले जानकारी दिए ।
प्रतियोगिताको अन्तिम दिन असार २४ गते उपाधिका लागि फाइनल प्रतिष्पर्धा हुने जनाइएको छ । जसमा लिगको पहिलो र दोस्रो स्थानमा रहेका दुई टिम उपाधिका लागि प्रतिष्पर्धामा उत्रिने उनले बताए ।
पोखरालाई खेलकुदको सहरको रुपमा स्थापित गर्ने, खेलकुद र संस्कृतिको प्रवद्र्दन गर्दै क्षेत्रीय तथा राष्ट्रिय स्तरमा पोखराको उपस्थिति बलियो बनाउने तथा युवायुवतीलाई ईन्टरनेट, मोवाइल तथा भिडियो गेमको लतबाट निकालेर प्रविधिमैत्री तरिकाले शारिरिक गतिविधिमा संलग्न गराई मानसिक र शारिरिक रुपमा तन्दुरुस्त बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष पुनले बताए । उनले भने,‘अहिलेका युवा ईन्टरनेट, मोवाइल, ल्यापटप, भिडियो गेममा लिप्त हुँदा शारिरिक र मानसिक रोगको सिकार भएका छन् । उनीहरुलाई त्यस लतबाट बाहिर निकालेर शारिरिक र मानसिक रुपमा स्वस्थ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौं’–उनले भने । खेलबाट खेलाडीले अनुशासन र सामुहिकता (टिम स्पिरिट)पनि सिक्ने उनको भनाई छ ।
प्रतियोगिताको बिजेताले नगद ३० हजारसहित ट्रफी तथा उपबिजेताले नगद १५ हजारसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर तथा हरेक खेलमा प्लेयर अफ दी म्याच घोषणा गरी ट्रफी प्रदान गरिने उनले जानकारी दिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया