SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/३/१५ गते
    ५५८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । भु तथा जलधार व्यवस्थापन कार्यालय पर्वतले ५० हजार डालेघासँका विरुवा वितरण गर्ने भएको छ ।कार्यालयको आव २०८१/२०८२ को वार्षिक कार्यक्रम अन्र्तगत ५० हजार डालेघासँका विरुवाहरु वितरण गरिने कार्यालय प्रमुख शम्भु कुमार मिश्र जानकारी दिनुभयो । कार्यालयले राइखन्यू , निमारो र बासका विरुवा निशूल्क रुपमा विरुवा वितरण गर्न थालेको हो ।

    पर्वत वाट राईखन्यूको विरुवाहरु आज असार १५ गते वाट वितरण शुरु गरिएको छ ।विरुवा आवश्यक रहेका कृषकहरुलाई निशूल्क वितरण गरिने छ । १०० वटा भन्दा वढी डालेघासका विरुवा लाने कृषकहरुले निवेदन सहित वडाको सिफारिस लिएर आउनु पर्ने कार्यालय प्रमुख मिश्रले वताउनु भयो । १०० भन्दा कम विरुवा लानका लागि भने कुनै कागजात आवश्यक नपर्ने उहाले जानकारी दिनुभयो ।

    विरुवा उत्पादमा राज्यको रकम खर्च भएकोले विरुवा लगेर कसैले पनि दुरुपयोग नगर्न कार्यालयले अनुरोध गरेको छ । पर्वत लगाएत म्याग्दी ,वाग्लुङमा वाझो जमिनमा डालेघासको रुपमा रायूखन्यो ,निमारो वढी मात्रमा लगाउने प्रचलन अनुसार पर्वत लगाएत म्याग्दी र स्याङजा वाट समेत विरुवा वितण्रण गरिने कार्यालय प्रमुख शम्भु कुमार मिश्रले जानकारी दिनुभयो ।

    यस वर्ष म्याग्दीवाट २० स्याङजा वाट १५ हजार र पर्वत वाट १५ हजार गरि ५० हजार डालेघासका विरुवा वितरण गर्न लागेको कार्यालयले जानकारी दिएको छ ।गत वर्ष पनि यही सिजनमा ६७ हजार डालेघासका विरुवा वितरण गरेको कार्यालयले जनाएको छ । डालेघासका विरुवा वितरण गर्दा पशुका लागि आहार हुने साथै डालेघासका विरुवा लगाउदा भु क्षय न्यूनिकरण हुनुका साथै पहिरो नियन्त्रणमा सहयोग पुग्ने हुदा कार्यालयले हरेका वर्ष डालेघासका विरुवा वितरण गर्दै आएको हो । कार्यालय परिसरको नर्सरीवाट वाट पर्वत र वाग्लुङ जिल्लाका किसानले विरुवा लाने गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं