SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/३/१२ गते
    ३६८ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर उजाड,पोखरा । गीतकार ममिला पौडेल ‘आस्था’ले जन्म दिनको अवसरमा ‘लाखौँ चोट…..’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।गीतको एक कार्यक्रमका विच गीतकार तथा मुक्तककार रमेश पौडेल, कवि तथा गीतकार बमबहादुर थापा ‘जिताली’ , सङ्गीतकार तथा गायक शिवराज गौतम तथा नारायण लामाले लोकार्पण गरे ।

    कार्यक्रममा गीतकार पौडेलले ममिलाका शब्द, यसले अभिव्यक्त गर्ने भाव र भिडियो बीच तालमेल मिलेकोले उत्कृष्ट बनेको बताए । आफूले अनेकन् गीत लेखेको खुलासा गर्दै तीमध्ये निकै कमले मात्र स्रोता र दर्शकको मन छुने दाबी गरे । कवि जितालीले लमजुङको माटो कृषिका निम्ति मात्र नभई साहित्य , गीत र सङ्गीतका निम्ति पनि उर्वर रहेको जिकिर गरे । उनले ममिलालाई थप मेहनत गरेर अगाडि बढ्न सुझाव दिए ।

    कार्यक्रममा भिडियो निर्देशक विजय गौतम , वागमती टीभीका प्रमुख मनोज न्यौपाने, मुक्तकालयकी अध्यक्ष नीलञ्जला भारद्वाज, हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारी, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’, उपन्यासकार अञ्जना पौडेल लगायतले सर्जक ममिलालाई जन्मदिनको शुभकामना दिँदै उनको साहित्य लेखन क्षेत्रको सफलताको कामना गरे । चर्चित गजलकार विपिन मर्मले सहजीकरण गरेको सो कार्यक्रममा लोमश वाङ्मय प्रतिष्ठानका सचिव नवीन पल्लवले गरेका थिए ।सारिका घिमिरे र विजय गौतमको सुमधुर स्वर रहेको उक्त गीतमा मोडलिङ रोजन सुन्दास, सुरज सुर्खेतीले गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं