
१मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
३घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
५पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
६कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
९पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
१०कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
११मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
१२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
पर्वत । कुश्मा नगरपालिका वडा न. ६ स्थित एतिहासिक बान्द्रेबुढी चौर सुधार तथा संरक्षण कार्यको थालनी गरिएको छ । बान्द्रेबुढी चौर मोदी खोलाको किनारमा पर्ने एक रमणीय तथा पर्यटकीय सौन्दर्य बोकेको ठाउँ हो । यस ठाउँ बाट खोला पारी ज्ञादी का सुन्दर हरियाली फाँट , एसियाकै अग्लो र लामो कुश्मा ज्ञादी जोड्ने झोलुगे पुल लगाएत मोदी खोला बगेको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।
सार्वजनिक चौरहरु मासिदै गएको बेलामा बान्द्रेवीडि चौरलाई ऐतिहासिक सांस्कृतिक सम्पदाको रुपमा संरक्षण गर्ने अभियान शुरु भएको स्थानीय युवा संविधान गिरी बताउनुहुन्छ । गिरीले पूर्वजहरुको इतिहाससंग जोडिएका सम्पदाहरुलाई संरक्षण र प्रवद्र्धन गर्न युवाहरुले सामूहिक प्रयास गरीरहेको बताउनुभयो । जिल्लास्तरीय सभा सम्मेलनहरु आयोजना हुने यस स्थानमा पछिल्लो समय निर्माण ब्यवसायीले निर्माण सामाग्रीहरुको भण्डारण गर्दा चौरको अवस्था कुरुप बन्दै गएको छ । स्थानीय युवा अभिलाष गिरीले चौरलाई मर्मत र संरक्षण गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
खुल्ला पार्कको अवधारणालाई मुर्तरुप दिन आगामी आर्थिक बर्ष देखि वडाले बजेट विनियोजन गरी बान्द्रेवीडि चौरलाई ब्यवस्थित पार्क बनाइने कुश्मा ६ का वडाअध्यक्ष ईश्वर गिरी बताउनुहुन्छ । अहिले निर्माण ब्यवसायीले चौर प्रयोग गर्दा त्यसको अस्तित्व माथि प्रश्न उठेको बताउँदै निकट भविश्यमा चौरलाई ब्यवस्थित गरिने बताउनुभयो ।
कुश्मा बजार भित्र खुल्ला चौर, खुल्ला पार्कहरुको अभाव भईरहेको बेलामा चौरलाई सौन्दर्यकरण गरी पूर्वजहरुले प्रयोग गर्ने गरेको चाडपर्व तथा सांस्कृतिक कार्यक्रमहरुमा पुनः प्रयोग गर्न सकिने भन्दै स्थानीय युवा दिपेन्द्र भण्डारीले चौरको संरक्षणमा सवैले ध्यान दिनुपर्ने बताउनुहुन्छ ।
चौरसंगै रहेको शिवालय खुल्ला मञ्चको अवस्था समेत अहिले जिर्ण बन्दै गएको छ । धौलागिरी युथ क्लबले निर्माण र संरक्षण गरेको उक्त मञ्च अहिले अहिले संरक्षणको अभावमा जिर्ण बन्दै गएको हो । मञ्च प्रयोग गरेर जिल्लास्तरीय सवैखालका राजनैतिक कार्यक्रमहरु समेत हुने गर्दछन् । केहि बर्ष अघि एमाले अध्यक्ष तथा वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बृद्धिको सपना बाड्दै कुश्मामा रेल स्टेशन असम्भव नभएको यहि मञ्चबाट बताउनुभएको थियो । यसकारण पनि मञ्च र चौर बेला बेलामा चर्चामा आउने गर्दछ । कुश्मा बसपार्क नजिकै रहेको उक्त चौरलाई केहि समय देखि पर्खालले बन्द गरेर राखिएको थियो ।
चौर नजिकै निर्माण भएको सार्वजनिक शौचालय समेत अहिले प्रयोग विहिन अवस्थामा छ । शौचालयको रुपमा निर्माण गरिएको उक्त संरचनामा कोठाहरु समेत भएकाले तत्कालै उक्त स्थानमा वडा कार्यालयलाई स्थानान्तरण गरिने वडा कार्यालयको तयारी रहेको छ । बान्द्रेवीडि चौरलाई जेष्ठ नागरिक दिवा आश्रय स्थल, पार्क र सभासम्मेलनको लागि खुल्ला मञ्चको रुपमा प्रयोग गर्न सकिन्छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया