
१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
३बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
४महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
५गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१०स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत । कुश्मा नगरपालिका वडा न. ६ स्थित एतिहासिक बान्द्रेबुढी चौर सुधार तथा संरक्षण कार्यको थालनी गरिएको छ । बान्द्रेबुढी चौर मोदी खोलाको किनारमा पर्ने एक रमणीय तथा पर्यटकीय सौन्दर्य बोकेको ठाउँ हो । यस ठाउँ बाट खोला पारी ज्ञादी का सुन्दर हरियाली फाँट , एसियाकै अग्लो र लामो कुश्मा ज्ञादी जोड्ने झोलुगे पुल लगाएत मोदी खोला बगेको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।
सार्वजनिक चौरहरु मासिदै गएको बेलामा बान्द्रेवीडि चौरलाई ऐतिहासिक सांस्कृतिक सम्पदाको रुपमा संरक्षण गर्ने अभियान शुरु भएको स्थानीय युवा संविधान गिरी बताउनुहुन्छ । गिरीले पूर्वजहरुको इतिहाससंग जोडिएका सम्पदाहरुलाई संरक्षण र प्रवद्र्धन गर्न युवाहरुले सामूहिक प्रयास गरीरहेको बताउनुभयो । जिल्लास्तरीय सभा सम्मेलनहरु आयोजना हुने यस स्थानमा पछिल्लो समय निर्माण ब्यवसायीले निर्माण सामाग्रीहरुको भण्डारण गर्दा चौरको अवस्था कुरुप बन्दै गएको छ । स्थानीय युवा अभिलाष गिरीले चौरलाई मर्मत र संरक्षण गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
खुल्ला पार्कको अवधारणालाई मुर्तरुप दिन आगामी आर्थिक बर्ष देखि वडाले बजेट विनियोजन गरी बान्द्रेवीडि चौरलाई ब्यवस्थित पार्क बनाइने कुश्मा ६ का वडाअध्यक्ष ईश्वर गिरी बताउनुहुन्छ । अहिले निर्माण ब्यवसायीले चौर प्रयोग गर्दा त्यसको अस्तित्व माथि प्रश्न उठेको बताउँदै निकट भविश्यमा चौरलाई ब्यवस्थित गरिने बताउनुभयो ।
कुश्मा बजार भित्र खुल्ला चौर, खुल्ला पार्कहरुको अभाव भईरहेको बेलामा चौरलाई सौन्दर्यकरण गरी पूर्वजहरुले प्रयोग गर्ने गरेको चाडपर्व तथा सांस्कृतिक कार्यक्रमहरुमा पुनः प्रयोग गर्न सकिने भन्दै स्थानीय युवा दिपेन्द्र भण्डारीले चौरको संरक्षणमा सवैले ध्यान दिनुपर्ने बताउनुहुन्छ ।
चौरसंगै रहेको शिवालय खुल्ला मञ्चको अवस्था समेत अहिले जिर्ण बन्दै गएको छ । धौलागिरी युथ क्लबले निर्माण र संरक्षण गरेको उक्त मञ्च अहिले अहिले संरक्षणको अभावमा जिर्ण बन्दै गएको हो । मञ्च प्रयोग गरेर जिल्लास्तरीय सवैखालका राजनैतिक कार्यक्रमहरु समेत हुने गर्दछन् । केहि बर्ष अघि एमाले अध्यक्ष तथा वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बृद्धिको सपना बाड्दै कुश्मामा रेल स्टेशन असम्भव नभएको यहि मञ्चबाट बताउनुभएको थियो । यसकारण पनि मञ्च र चौर बेला बेलामा चर्चामा आउने गर्दछ । कुश्मा बसपार्क नजिकै रहेको उक्त चौरलाई केहि समय देखि पर्खालले बन्द गरेर राखिएको थियो ।
चौर नजिकै निर्माण भएको सार्वजनिक शौचालय समेत अहिले प्रयोग विहिन अवस्थामा छ । शौचालयको रुपमा निर्माण गरिएको उक्त संरचनामा कोठाहरु समेत भएकाले तत्कालै उक्त स्थानमा वडा कार्यालयलाई स्थानान्तरण गरिने वडा कार्यालयको तयारी रहेको छ । बान्द्रेवीडि चौरलाई जेष्ठ नागरिक दिवा आश्रय स्थल, पार्क र सभासम्मेलनको लागि खुल्ला मञ्चको रुपमा प्रयोग गर्न सकिन्छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया