News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार

    मोदीले ल्यायो ६१ करोडको बजेट

    पर्वत । जिल्लाको मोदी गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिकाको १७ औं अधिवेशनमा अध्यक्ष हिरादेवी शर्मा आगामी बर्षको नीति कार्यक्रम प्रस्तुत गर्नुभयो ।

    यसैगरी उपाध्यक्ष बिमल लामिछानेले आगामी बर्षको बार्षिक बजेट गाउँ सभामा प्रस्तुत गर्नुभएको छ । आगामी आर्थिक बर्ष देखि भूमि वैंकको अवधारणालाई लागू गर्न गाउँपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

    गाउँपालिकाले सभामा प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक बर्षको लागि भूमि वैंक कार्यक्रमलाई अगाडि बढाउनका लागि ५ लाख रकम समेत विनियोजन गरिएको छ । गाउँपालिकाले सभामा आगामी बर्षको लागि ६१ करोड ४२ लाख ८० हजार रुपैंयाको बजेट प्रस्तुत गरेको हो ।

    सभामा प्रस्तुत भएको बजेट आगामी असार १५ हुने गाउँ सभामा छलफल सहित पारित गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया