
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
सचिन्द्र श्रेष्ठ ,काठमाडौं । बिभिन्न मुलुकमा छरीएका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान,यसको महत्व, प्रभावकारीता,जनचेतना ,नियमित रक्तदाताहरुको संख्या बढाउन, नेपाली रक्तदाताहरु र रक्तदान कार्यक्रमलाई विभिन्न सहयोगि निकाय तथा संघसँस्थाहरुको सहयोगमा प्रभाबकारी बनाउन र नेपालमा हाल रहेको सोधभर्ना रक्तदान प्रबृत्तिलाई पुर्ण स्वयंमसेवि रक्तदानमा परिणत गर्दै नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघले छैटौं महाधिवेशन शनिबार काठमाडौंमा सम्पन्न गरेको छ ।उक्त महाधिवेशनले राहुल रेग्मीलाई अध्यक्षमा निर्बिरोध चयन गरेको छ ।
https://youtu.be/GIWL8V2f_io?si=CRQxxDEbTuKMPWr3
महाधिबेशनले निबर्तमान अध्यक्षमा अजय सत्याल (अमेरिका), उपाध्यक्षमा निरञ्जन पौडेल (क्यानडा) र डा. मनिता राजकर्णिकार (नेपाल), महासचिवमा उत्तम अधिकारी (नेपाल), सचिवमा तेज कटुवाल (कतार) र कोषाध्यक्षमा सुनिल राज श्रेष्ठ (युएई), मिडिया संयोजकमा रामराज ओली (न्यूजिल्याण्ड) चयन भएका छन् ।
केन्द्रिय सदस्यहरु केदार तिमिल्सिना (अमेरिका), मञ्जु कर्माचार्य (युके), सुरेश गौतम (क्यानडा), रामजी खत्री (कतार), शिवराम भण्डारी (फ्रान्स), रुपेन्द्र विक्रम हमाल (कुवेत), राजन काफ्ले (आयरल्याण्ड), दिपक श्रेष्ठ (ओमान), नवराज बस्नेत (नेपाल), कमान सिंह खत्री (सेशेल्स), नबिन गौतम (अस्ट्रेलिया), वीरेन्द्र श्रेष्ठ (स्पेन), सोमेस अर्याल (नाइजेरिया), बर्षा क्षेत्री (युगान्डा), नागेन्द्र जोशी (भारत), चन्दन भण्डारी(पोर्चुगल), भीमसेन थापा (दक्षिण कोरिया), जगन अधिकारी (यूएई), विकास सुवेदी (घाना), ज्योत्स्ना उपाध्याय (अमेरिका) र शेरब नामग्याल लामा गुरुङ (डेनमार्क) रहेको २९ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।
स्टार अस्पतालका अध्यक्ष किशोर कुमार महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पूर्व अर्थ सचिब सुमन शर्मा, पूर्व सचिब धरा सापकोटा, केन्द्रिय रक्तसंचार सेवाका निर्देशक पवन कुमार गुप्ता, ब्लोदानका अध्यक्ष राजेश श्रेष्ठ, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष तथा नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेम सागर कर्माचार्य लगायतको बाक्लो उपस्थिति रहेको थियो।
प्रमुख अतिथी महर्जनले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान महादान भएको भन्दै नेपालमा अझै यसको जनचेतना जगाउन जरुरी भएको जिकीर गरे । रक्तदानको जनमानसमा स्वतस्फूर्त रुपमा भावना आउनुपर्ने भन्दै उनले स्टार अस्पातलले आफ्नै ब्लड बैंक संचालन गरी दिनहु बिरामीलाई रगत उपलब्ध गराउदै आईरहेको र अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ सँग आफुले र स्टार अस्पतालले सधै सह्कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रेग्मीले रक्तदान सम्बन्धी जनचेतना जगाई यसमा सरिक हुन प्रेरित गर्ने अन्तर्राष्ट्रिय संस्था रहेको र यसले अहिलेसम्म २१ देशमा आफ्नो भगिनी संस्थाहरु विस्तार गर्न सफल भएको र ३२ बढी देशमा यस्ता गतिविधिहरु भइरहेको समेत जानकारी दिए । उनले भने-‘ जहाँ जहाँ जुन जुन देशमा नेपालीहरु पुगेका छन् त्यहाँ रक्तदान सम्बन्धी जनचेतना जगाई सोही स्थानमा रक्तदानमा सरिक गराउने काममा संघले काम गरिरहेको बताए।’
https://youtu.be/qYmb5HdkPhM?si=uAIPLF_h0dnBotvT
बिनोद भट्टराईको स्वागत मन्तब्य सँगै महासचिव राहुल रेग्मीले संस्थाको आर्थिक एबं संगठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका उपाध्यक्ष, बिज्ञ तथा केन्द्रिय रक्तसंचार सेवा का पूर्व निर्दशक डा. मनिता राजकर्णिकारले नेपालमा रक्तदान क्षेत्रको योगदान, महत्व, बर्तमान अवस्था र सुधार गर्नुपर्ने पक्षहरुका बारेमा प्रस्तुति दिनु भएको थियो ।
https://youtu.be/GIWL8V2f_io?si=DYFd4SGV2Sy-_yhr


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया