
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । बचतकर्ताको १४ अर्ब रुपैयाभन्दा बढी ठगेको आरोप लागेका विभिन्न सहकारीका सञ्चालक केदारनाथ शर्मामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । विभागले शर्मा सम्वद्ध विभिन्न संस्था र कम्पनीहरुको सम्पत्ति रोक्का राख्ने निर्णय पनि गरेको छ । ‘सहकारीमा वचतकर्ताको रकम ठगेको भनेर परेको उजुरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ’, विभागका महानिर्देशक तारानाथ अधिकारीले अनलाइनखबरसँग भने, ‘उनी आवद्ध रहेको कम्पनी र उनको समेत चलअचल सम्पत्ति रोक्का राखेर अनुसन्धान सुरु गरिएको छ ।’
प्रहरीले अनुसन्धान थालेपछि विभागका लागि समेत अनुसन्धान गर्न पत्राचार भएको र ढिलाइ भएमा उनको सम्पत्ति अन्यत्र जाने वा बेचबिखत हुने जोखिम बढेपछि तत्काल रोक्का राख्ने निर्णय भएको विभागका प्रवक्ता कृष्ण मैनालीले बताए । उनका अनुसार, यीमध्ये कतिपय सम्पत्ति प्रहरीले समेत रोक्का गरेको छ ।
विभागका अनुसार नेपालगञ्जसम्म सहकारी र त्यसका शाखा खोलेका उनले ती ठाउँमा सम्पत्ति जोडेको भेटिएको छ । सम्पत्ति खोज्ने क्रममा उदयपुर, धनुषा, मोरङ, झापा लगायतका ठाउँमा उनले जग्गा जोडेको भेटिएको प्रवक्ता मैनालीले बताए । विभागले साउनको दोस्रो सातादेखि शर्मा र उनले सम्पत्ति लुकाएका व्यक्तिको बयान लिने तयारी थालेको छ ।
शर्माले विभिन्न ११ वटा कम्पनीमा लगानी गरेको खुलेको छ । जग्गा, कम्पनीको खातादेखि शेयरसमेत रोक्का भएको छ । जग्गामात्रै करिब १०/१२ विगाहा रहेको खुलेको छ । उनले आफ्नो नाममा जोडेको सम्पत्तिको अहिलेसम्म प्रारम्भिक मूल्यांकन नभए पनि उनले ठगी गरेको रकमको हाराहारी सम्पत्ति विभिन्न ठाउँमा राखेको भेटिएको विभागका एक कर्मचारीले बताए ।
सुरुमा तुलसी सहकारीको रकम हिनामिना गरेको भनी पाएको सूचनाका आधारमा अनुसन्धान बढाएको विभागले पछि उनी आवद्ध अरु सहकारीको रकम समेत हिनामिना भएको भेटेको हो । २०७७ सालमा भक्तपुरमा शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी स्थापना भएको थियो । सहकारीको रकम हिनामिना गरेपछि उनी सम्पर्कविहीन भएका थिए । बचत गरेको रकम डुब्ने भएपछि बचतकर्ताहरुले प्रहरी र सहकारी विभागमा उजुरी गरेका थिए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया