
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत । पर्वतको जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो ।
उपाध्यक्ष आचार्यले ४७ करोड १० लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमा संघीय सरकारको ४२ करोड १६ लाख पचास हजार,प्रदेश सरकारको दुई करोड ८१ लख २८ हजार,दुई करोड १२ लाख २२ हजार र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने रकमलाई बजेटको स्रोत मानिएको छ ।
संघीय सरकारको अनुदान घटेको र सर्वोच्च अदालतको आदेशका कारण मुख्य आम्दानीको स्रोत कालिगण्डकीको बगर ठेक्का लगाउन नपाएका कारण आम्दानीमा परेको असर बजेटमा देखिएको उपाध्यक्ष आचार्यले बताउनुभयो । गण्डकी प्रदेश सरकारको साझेदारीमा वडा नम्बर ८ को सडक निर्माणमा सवैभन्दा बढी दुई करोड र संघीय सरकारको साझेदारीमा वडा नम्बर ७ धाईरिङको गण्डकी गोपाल गौशाला निर्माणमा एक करोड ६० लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाको अस्थायी संरचना र कोल्डस्टोर भवन बनाउन जग्गा खरिदका लागि एक करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ । वडा नम्बर १,२,३,४,६,७ र ८ ले सिफारिस गरेका वडा स्तीय योजनलाई ४०/४० लाख र वडा नमबर ५ लाई ४५ लाख र ९ नम्बर वडालाई ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।वडा कार्यालय भवनको वाँकी भुक्तानी दिन १५ लाख,गाउँपालिकाको भैपरी पूर्वाधार शिर्षकमा २० लाख,वर्थीङ सेन्टरको भवन निर्माण साझेदारीमा १४ लाख २० हजार,एम्बुलेन्स सञ्चालन गर्न ५ लाख,विपन्नको स्वास्थ्य विमाका लागि ९ लाख,महिला स्वयसेविकालाई यातायात खर्च सात लाख असी हजार,ग्राम प्रकाश माविमा बालि विज्ञान विषय पढ्ने विद्यर्थीको छात्रवृत्तीका लागि तिन लाख २४ हजार विनियोजन गरिएको उपाध्यक्ष आचार्यले बताउनुभयो । यसैगरी गाईगोरु पाल्ने किसानलाई अनुदान दिन ८ लाख,पशु विमाका लागि ३ लाख,कृतिम गर्भाधानमा अनुदान दिन दुईलाख,आलु खेतीको कार्यक्रमलाई ३५ लाख,विपद् तथा निजी आवास भुक्तानीमा ४० लाख,रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रमलाई ३० लाख विनियोजन गरिएको छ ।गाउँसभाको सुरुवातमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेपछि साँझपख सहमति जुटाएर बजेट ल्याइएको हो


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया