
१चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
२मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
३संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
४जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
५अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
६महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
७पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
८मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
९खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
१०५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
११शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
१२पर्यटन गुरुयोजनामार्फत पर्वतलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
पर्वत । पर्वतको जलजला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा विहिवार साँझ सम्पन्न भएको १४ औं गाउँभसाको तेस्रो वैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित भएको हो ।
उपाध्यक्ष आचार्यले ४७ करोड १० लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेटमा संघीय सरकारको ४२ करोड १६ लाख पचास हजार,प्रदेश सरकारको दुई करोड ८१ लख २८ हजार,दुई करोड १२ लाख २२ हजार र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने रकमलाई बजेटको स्रोत मानिएको छ ।
संघीय सरकारको अनुदान घटेको र सर्वोच्च अदालतको आदेशका कारण मुख्य आम्दानीको स्रोत कालिगण्डकीको बगर ठेक्का लगाउन नपाएका कारण आम्दानीमा परेको असर बजेटमा देखिएको उपाध्यक्ष आचार्यले बताउनुभयो । गण्डकी प्रदेश सरकारको साझेदारीमा वडा नम्बर ८ को सडक निर्माणमा सवैभन्दा बढी दुई करोड र संघीय सरकारको साझेदारीमा वडा नम्बर ७ धाईरिङको गण्डकी गोपाल गौशाला निर्माणमा एक करोड ६० लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाको अस्थायी संरचना र कोल्डस्टोर भवन बनाउन जग्गा खरिदका लागि एक करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ । वडा नम्बर १,२,३,४,६,७ र ८ ले सिफारिस गरेका वडा स्तीय योजनलाई ४०/४० लाख र वडा नमबर ५ लाई ४५ लाख र ९ नम्बर वडालाई ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।वडा कार्यालय भवनको वाँकी भुक्तानी दिन १५ लाख,गाउँपालिकाको भैपरी पूर्वाधार शिर्षकमा २० लाख,वर्थीङ सेन्टरको भवन निर्माण साझेदारीमा १४ लाख २० हजार,एम्बुलेन्स सञ्चालन गर्न ५ लाख,विपन्नको स्वास्थ्य विमाका लागि ९ लाख,महिला स्वयसेविकालाई यातायात खर्च सात लाख असी हजार,ग्राम प्रकाश माविमा बालि विज्ञान विषय पढ्ने विद्यर्थीको छात्रवृत्तीका लागि तिन लाख २४ हजार विनियोजन गरिएको उपाध्यक्ष आचार्यले बताउनुभयो । यसैगरी गाईगोरु पाल्ने किसानलाई अनुदान दिन ८ लाख,पशु विमाका लागि ३ लाख,कृतिम गर्भाधानमा अनुदान दिन दुईलाख,आलु खेतीको कार्यक्रमलाई ३५ लाख,विपद् तथा निजी आवास भुक्तानीमा ४० लाख,रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रमलाई ३० लाख विनियोजन गरिएको छ ।गाउँसभाको सुरुवातमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेपछि साँझपख सहमति जुटाएर बजेट ल्याइएको हो


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया