
१यो चुनावले देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला गर्छ: प्रचण्ड
२एमालेको नेसनल भोलिन्टियर्स फोर्स गठन
३पर्वतको मोती पुस्तकालयमा चौथो पटक “ट्याग परियोजना” कार्यक्रम संचालन
४दर्शन सहकारीको १५औं स्थापना दिवसमा निःशुल्क दन्त शिविर हुने
५कास्की निर्वाचन क्षेत्र नं. ३ मा एमालेको चुनावी अभियान तीब्र
६टुँडिखेलमा अमेरिकी सैनिकको प्रस्तुतिबारे उत्पन्न विवाद के हो ?
७महाशिलाको स्थानीय भाषा संरक्षणमा जोड, गुरुङ्ग भाषा (खेमा लिपि) सम्बन्धि प्रशिक्षण
८पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
९बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
१०प्रगति स्कुलमा साहित्य उत्सव सम्पन्न
११फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
१२याम बहादुर चोचाङ्गीले सार्वजनिक गरे ७ बुँदे चुनावी प्रतिबद्धता
१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
६पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
७स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
८म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
९समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१०पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
११जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
१२नमुना आवासीय माविमा स्काउटद्वारा हाटबजार तथा खाना महोत्सव सम्पन्न
पर्वत। पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८०/ ०८१ को बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाको १२ औँ गाउँ सभाले ४४ करोड ८ लाख ४१ हजार बजेट सार्वजानिक गरेको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । आइतवार आयोजित १२ औँ गाउँ सभा मार्फत बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गदै गाउँपालिका अध्यक्ष परविन गुरुङले गाउँपालिकाको आर्थिक विकास, सामजिक क्षेत्र, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन लगायतका विषयमा बजेट बिनियोजन गरिएको जानकारी दिए ।
साथै उनले विहादी गाउँपालिकाले प्रदान गर्ने सेवालाई पारदर्शी र जनमैत्री बनाउन राजनैतिक दलका संघ संगठनलाई निषेध गरिने, स्थानियबासीको गुनासा सम्बोधन गर्न बिहादीमा फ्री कल सेवा लागू गर्ने, उन्नत जातका गाई र भैंसी खरिदमा अनुदान दिई पालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने, एक घर एक करेसाबारीको नीतिका साथ उत्पादनका आधारमा किसानलाई अनुदान दिने, कृषि एम्बुलेन्स खरिद गर्ने, पालीकाले तरकारी लगायत अन्य वस्तु भरेर बजार पठाउने, एक वडा एक कृषि तथा पशुपंक्षी फर्म कार्यक्रम का साथ उत्पादन लाई प्रोत्साहन गरिने, सेतिवेनी गोरलेङधाम केबुलकारको सम्भाब्यता अध्ययन गरिने, गरीब नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रम प्रारम्भ गरिने, विहादीमा कृषि उत्पादनलाई प्रोत्साहित गर्न र आकाशे ट्याङ्की अवधारणा, बृहत स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने, जनप्रतिनिधिको उपस्थितिमा फ्राइडे गर फ्युचर कार्यक्रम गरी विद्यार्थीको प्रतिभालाई प्रोत्साहित गरिने, एकीकृत विवरण संकलन गर्न डिजिटल भिलेज प्रोफाइल तयार गरिने, विहादीमा अध्यक्ष कप खेलकुद महोत्सवको आयोजना गरीने तथा जेष्ठ नागरीक सम्मान र अशक्त सहायता जस्ता महत्वपूर्ण कार्यक्रम अगाडि सारेको जानकारी दिए ।
बजेट सार्वजानिक गदै गाउँपालिकाकी उपाध्याक्ष मिना शर्मा तिवारीले चालुखर्च तर्फ ७२.९१ प्रतिशत अर्थात ३२ करोड १३ लाख ९९ हजार रुपैयाँ बिनियोजित गरेको बताईन । जसमध्ये कार्यालय संचालन तथा प्रशासनिक चालु खर्च ६ करोड, २७ लाख २ हजार, वित्तिय समानीकरण अन्तर्गत पालिका विषयगत शाखा तथा वडागत कार्यक्रम खर्चका लागि ४ करोड ४१ लाख ९७ हजार, सशर्त अनुदानको चालु खर्च २१ करोड ३० लाख र विपद् व्यवस्थापन तथा राहत कोषमा १५ लाख बिन्योजन गरेकी छन् । पुँजीगत तर्फ २७.०९ अर्थात ११ करोड ९४ लाख ४२ हजार रुपैयाँ बिन्योजन भएको छ । जसमा वित्तीय समानीकरण तर्फ ५ करोड ६२ लाख, ४२ हजार, संघीय सरकार सशर्त अनुदान तर्फ १ करोड ९७ लाख, संघीय सरकार समपुरक अनुदान (विहादी गाउँपालिकामा सिँचार्य आयोजना) ७५ लाख, संघीय सरकारबाट प्राप्त विशेष अनुदान तर्फ (विहादी गाउँपालिका हाईटेक टनेल निर्माणको लागि) १ करोड २५ लाख, प्रदेश सशर्त अनुदान (विरुवारी–नेपालतारा–ठाटीचौर सडक स्तरोन्नती विहादी ३) ६० लाख, प्रदेश सशर्त अनुदान (बाच्छाखोला देउराली बच्छेश्वर सडक स्तरोन्नती वडा नं. १) बाट ५० लाख, समपुरक कोषबाट १ करोड २५ लाख रुपैयाँ रहेको छ ।
विषयगत कार्यालय मार्फत पशु विकास शाखालाई ३० लाख, कृषि विकास शाखालाई ९९ लाख ५० हजार, सामजिक सुरक्षा तथा पञ्जीकरण इकाईलाई १० लाख, लक्षित वर्ग महिला दलित बालबालिका अपाङ्गता तथा संस्कृति संरक्षण तर्फ ३८ लाख, रोजगार सेवा केन्द्र ३ लाख, शिक्षा युवा तथा खेलकुद विकास शाखालाई १ करोड २९ लाख ७१ हजार,स्वास्थ्य शाखालाई ७८ लाख ८० हजार, न्यायीक समिति ७ लाख ५० हजार र उद्यम विकास शाखालाई ६ लाख रुपैयाँ विन्योजन गरेको गाउँपालिकाकी उपाध्याक्ष तिवारीले गण्डकी संचारलाई जानकारी दिईन ।


१कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
२रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
३अञ्जुली सहकारीमा भीम गायक
४पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”

प्रतिक्रिया