
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
पर्वत। पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८०/ ०८१ को बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाको १२ औँ गाउँ सभाले ४४ करोड ८ लाख ४१ हजार बजेट सार्वजानिक गरेको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । आइतवार आयोजित १२ औँ गाउँ सभा मार्फत बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गदै गाउँपालिका अध्यक्ष परविन गुरुङले गाउँपालिकाको आर्थिक विकास, सामजिक क्षेत्र, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन लगायतका विषयमा बजेट बिनियोजन गरिएको जानकारी दिए ।
साथै उनले विहादी गाउँपालिकाले प्रदान गर्ने सेवालाई पारदर्शी र जनमैत्री बनाउन राजनैतिक दलका संघ संगठनलाई निषेध गरिने, स्थानियबासीको गुनासा सम्बोधन गर्न बिहादीमा फ्री कल सेवा लागू गर्ने, उन्नत जातका गाई र भैंसी खरिदमा अनुदान दिई पालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने, एक घर एक करेसाबारीको नीतिका साथ उत्पादनका आधारमा किसानलाई अनुदान दिने, कृषि एम्बुलेन्स खरिद गर्ने, पालीकाले तरकारी लगायत अन्य वस्तु भरेर बजार पठाउने, एक वडा एक कृषि तथा पशुपंक्षी फर्म कार्यक्रम का साथ उत्पादन लाई प्रोत्साहन गरिने, सेतिवेनी गोरलेङधाम केबुलकारको सम्भाब्यता अध्ययन गरिने, गरीब नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रम प्रारम्भ गरिने, विहादीमा कृषि उत्पादनलाई प्रोत्साहित गर्न र आकाशे ट्याङ्की अवधारणा, बृहत स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने, जनप्रतिनिधिको उपस्थितिमा फ्राइडे गर फ्युचर कार्यक्रम गरी विद्यार्थीको प्रतिभालाई प्रोत्साहित गरिने, एकीकृत विवरण संकलन गर्न डिजिटल भिलेज प्रोफाइल तयार गरिने, विहादीमा अध्यक्ष कप खेलकुद महोत्सवको आयोजना गरीने तथा जेष्ठ नागरीक सम्मान र अशक्त सहायता जस्ता महत्वपूर्ण कार्यक्रम अगाडि सारेको जानकारी दिए ।
बजेट सार्वजानिक गदै गाउँपालिकाकी उपाध्याक्ष मिना शर्मा तिवारीले चालुखर्च तर्फ ७२.९१ प्रतिशत अर्थात ३२ करोड १३ लाख ९९ हजार रुपैयाँ बिनियोजित गरेको बताईन । जसमध्ये कार्यालय संचालन तथा प्रशासनिक चालु खर्च ६ करोड, २७ लाख २ हजार, वित्तिय समानीकरण अन्तर्गत पालिका विषयगत शाखा तथा वडागत कार्यक्रम खर्चका लागि ४ करोड ४१ लाख ९७ हजार, सशर्त अनुदानको चालु खर्च २१ करोड ३० लाख र विपद् व्यवस्थापन तथा राहत कोषमा १५ लाख बिन्योजन गरेकी छन् । पुँजीगत तर्फ २७.०९ अर्थात ११ करोड ९४ लाख ४२ हजार रुपैयाँ बिन्योजन भएको छ । जसमा वित्तीय समानीकरण तर्फ ५ करोड ६२ लाख, ४२ हजार, संघीय सरकार सशर्त अनुदान तर्फ १ करोड ९७ लाख, संघीय सरकार समपुरक अनुदान (विहादी गाउँपालिकामा सिँचार्य आयोजना) ७५ लाख, संघीय सरकारबाट प्राप्त विशेष अनुदान तर्फ (विहादी गाउँपालिका हाईटेक टनेल निर्माणको लागि) १ करोड २५ लाख, प्रदेश सशर्त अनुदान (विरुवारी–नेपालतारा–ठाटीचौर सडक स्तरोन्नती विहादी ३) ६० लाख, प्रदेश सशर्त अनुदान (बाच्छाखोला देउराली बच्छेश्वर सडक स्तरोन्नती वडा नं. १) बाट ५० लाख, समपुरक कोषबाट १ करोड २५ लाख रुपैयाँ रहेको छ ।
विषयगत कार्यालय मार्फत पशु विकास शाखालाई ३० लाख, कृषि विकास शाखालाई ९९ लाख ५० हजार, सामजिक सुरक्षा तथा पञ्जीकरण इकाईलाई १० लाख, लक्षित वर्ग महिला दलित बालबालिका अपाङ्गता तथा संस्कृति संरक्षण तर्फ ३८ लाख, रोजगार सेवा केन्द्र ३ लाख, शिक्षा युवा तथा खेलकुद विकास शाखालाई १ करोड २९ लाख ७१ हजार,स्वास्थ्य शाखालाई ७८ लाख ८० हजार, न्यायीक समिति ७ लाख ५० हजार र उद्यम विकास शाखालाई ६ लाख रुपैयाँ विन्योजन गरेको गाउँपालिकाकी उपाध्याक्ष तिवारीले गण्डकी संचारलाई जानकारी दिईन ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया