
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
बागलुङ। बागलुङ नगरपालिकामा जन्मेका छोरीहरुको सम्मान र आर्थिक भविश्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नगरको छोरी कार्यक्रम अन्र्तगत नगरपालिका भित्र जन्मने छोरीको बैंक खाता खोलेर तत्कालै रु. पाँच हजार जम्मा गरिदिने नीति लिएको छ । नगरप्रमुख बसन्त कुमार श्रेष्ठले छोरीको जन्म भए पश्चात छोरीको नाममा नगरपालिकाले रु. ५ हजार मुद्धती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा संम्भव हुने अभिभावकले समेत रकम थप गर्न पाउने गरी नगरको छोरी कार्यक्रम अगाडी बढाइने नीति तथा कार्यक्रम ल्याउनुभएको छ ।नगरपालिकाले बैंकसंग सम्झौता गरी उक्त खातामा चक्रिय रुपमा उच्चतम व्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० बर्ष सम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेर नगरकी छोरी कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । “अबदेखि नगरपालिका भित्र जन्मने सबै छोरीहरु नगरका छोरी कार्यक्रममा समावेश हुनेछन्, उनिहरुको बैंक खाता खोलेर रु. ५ हजार नगरले नै जम्मा गर्नेछ, अभिभावकले समेत उक्त खातामा इच्छाइएको रकम जम्मा गर्न सक्नेछन्” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “नगरको छोरी २० वर्ष पुग्दा व्याजलेनै राम्रो रकम जम्मा हुनेछ, छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावकहरु प्रेरित समेत हुनेछन् ।”
हाम्रो समाजमा छोरी जन्मिए पश्चात आमा र नवजात शिसुलाई गरिने दुव्र्यवहार, गर्भाअवस्थामा भ्रुणको जाँच, भु्रणहत्या र छोरी प्रतिको गलत दृष्टीकोणलाई चिदै नारी सम्मानका लागि नगरको छोरी कार्यक्रम ल्याइएको नगरपालिकाको भनाई छ । नगरप्रमुख बसन्त कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सुन्दर, समृद्ध, सुखी र खुसी बागलुङ नगरको परिकल्पना गरिएको छ । नगरपालिकाले कुकुर नियन्त्रण र नियामन गर्न डग होस्टेल कार्यक्रम समेत ल्याइएको छ । नीति तथा कार्यक्रममा आर्थिक विकास तर्फ कृषिलाई उद्यम, कृषकलाई उद्यमी, निःशुल्क कृषि परामर्श सेवा, गरौं कृषि उत्पादन हातमा, प्रकोप परे विमा छ साथमा लगायतको नीति अवलम्बन गरिएको छ ।
यस्तै जग्गा धनी र कृषकलाई जोडौ जमीन बाँझो नछोडौं भन्दै बाँझो जग्गा सदुपयोग गर्ने नगरको नीति रहेको छ । यस्तै पर्यटन तर्फ कृष्णगण्डकी सभ्याता पर्यटन विकास गुरुयोजना अगाडी बढाइने, बागलुङ घुम्न जाऔं अभियान चलाइने, आफू जन्मेको माटो, आफू हिडेको बाटो कार्यक्रम मार्फत युवालाई स्वदेश फर्काउने, शैक्षिक गुणस्तर वृद्धिका लागि अविभावक संग नगर प्रमुख कार्यक्रम शुरु गरिने नीति लिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । यसैगरी पढ्दै कमाउदै, कमाउदै सिक्दै अभियान ल्याउने, विषय विज्ञ शिक्षकहरुलाई घुम्ती शिक्षकको रुपमा परिचालन गर्ने, स्वास्थ्य प्रतिको सचेतना, सुत्केरी महिलालाई पोषण युक्त खाना, बागलुङ नगरी स्वास्थ्य संस्थामा डेलभीभरी भन्ने नारालाई कार्यान्वयनमा लैजाने नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ । जेष्ठ नागरिक, असहाय र आर्थिक विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, एक वडा एक खेल मैदान निर्माण गर्ने, खेल प्रशिक्षक र खेलाडीलाई प्रोत्साहन गर्ने, दीगो सडक निर्माणमा ध्यान दिने, एक वडा एक नमूना पूर्वाधार अगाढी बढाउने नगरको नीति रहेको छ । नगरपालिकाले श्रम बैंक निर्माण गर्ने, तामाखानीको अध्ययन गर्ने, मेयर मेरो साथी कार्यक्रम सञ्चालन गर्ने लगायतको नीति लिएको हो ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया