
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
बागलुङ। बागलुङ नगरपालिकामा जन्मेका छोरीहरुको सम्मान र आर्थिक भविश्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ । बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नगरको छोरी कार्यक्रम अन्र्तगत नगरपालिका भित्र जन्मने छोरीको बैंक खाता खोलेर तत्कालै रु. पाँच हजार जम्मा गरिदिने नीति लिएको छ । नगरप्रमुख बसन्त कुमार श्रेष्ठले छोरीको जन्म भए पश्चात छोरीको नाममा नगरपालिकाले रु. ५ हजार मुद्धती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा संम्भव हुने अभिभावकले समेत रकम थप गर्न पाउने गरी नगरको छोरी कार्यक्रम अगाडी बढाइने नीति तथा कार्यक्रम ल्याउनुभएको छ ।नगरपालिकाले बैंकसंग सम्झौता गरी उक्त खातामा चक्रिय रुपमा उच्चतम व्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० बर्ष सम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेर नगरकी छोरी कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । “अबदेखि नगरपालिका भित्र जन्मने सबै छोरीहरु नगरका छोरी कार्यक्रममा समावेश हुनेछन्, उनिहरुको बैंक खाता खोलेर रु. ५ हजार नगरले नै जम्मा गर्नेछ, अभिभावकले समेत उक्त खातामा इच्छाइएको रकम जम्मा गर्न सक्नेछन्” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “नगरको छोरी २० वर्ष पुग्दा व्याजलेनै राम्रो रकम जम्मा हुनेछ, छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावकहरु प्रेरित समेत हुनेछन् ।”
हाम्रो समाजमा छोरी जन्मिए पश्चात आमा र नवजात शिसुलाई गरिने दुव्र्यवहार, गर्भाअवस्थामा भ्रुणको जाँच, भु्रणहत्या र छोरी प्रतिको गलत दृष्टीकोणलाई चिदै नारी सम्मानका लागि नगरको छोरी कार्यक्रम ल्याइएको नगरपालिकाको भनाई छ । नगरप्रमुख बसन्त कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सुन्दर, समृद्ध, सुखी र खुसी बागलुङ नगरको परिकल्पना गरिएको छ । नगरपालिकाले कुकुर नियन्त्रण र नियामन गर्न डग होस्टेल कार्यक्रम समेत ल्याइएको छ । नीति तथा कार्यक्रममा आर्थिक विकास तर्फ कृषिलाई उद्यम, कृषकलाई उद्यमी, निःशुल्क कृषि परामर्श सेवा, गरौं कृषि उत्पादन हातमा, प्रकोप परे विमा छ साथमा लगायतको नीति अवलम्बन गरिएको छ ।
यस्तै जग्गा धनी र कृषकलाई जोडौ जमीन बाँझो नछोडौं भन्दै बाँझो जग्गा सदुपयोग गर्ने नगरको नीति रहेको छ । यस्तै पर्यटन तर्फ कृष्णगण्डकी सभ्याता पर्यटन विकास गुरुयोजना अगाडी बढाइने, बागलुङ घुम्न जाऔं अभियान चलाइने, आफू जन्मेको माटो, आफू हिडेको बाटो कार्यक्रम मार्फत युवालाई स्वदेश फर्काउने, शैक्षिक गुणस्तर वृद्धिका लागि अविभावक संग नगर प्रमुख कार्यक्रम शुरु गरिने नीति लिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । यसैगरी पढ्दै कमाउदै, कमाउदै सिक्दै अभियान ल्याउने, विषय विज्ञ शिक्षकहरुलाई घुम्ती शिक्षकको रुपमा परिचालन गर्ने, स्वास्थ्य प्रतिको सचेतना, सुत्केरी महिलालाई पोषण युक्त खाना, बागलुङ नगरी स्वास्थ्य संस्थामा डेलभीभरी भन्ने नारालाई कार्यान्वयनमा लैजाने नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ । जेष्ठ नागरिक, असहाय र आर्थिक विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, एक वडा एक खेल मैदान निर्माण गर्ने, खेल प्रशिक्षक र खेलाडीलाई प्रोत्साहन गर्ने, दीगो सडक निर्माणमा ध्यान दिने, एक वडा एक नमूना पूर्वाधार अगाढी बढाउने नगरको नीति रहेको छ । नगरपालिकाले श्रम बैंक निर्माण गर्ने, तामाखानीको अध्ययन गर्ने, मेयर मेरो साथी कार्यक्रम सञ्चालन गर्ने लगायतको नीति लिएको हो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया