
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीषकुमार सुमनले पार्टीको नयाँ विधानले उपेन्द्र यादवलाई नभएर संस्थालाई शक्तिशाली बनाउने दाबी गरेका छन् । ‘पार्टीको नयाँ विधानले जनसंख्याका आधारमा ९० प्रतिशत पद आरक्षित गरेको छ, जसपा पूर्ण समानुपातिक, समावेशी र सामूहिक नेतृत्वमा चल्ने दक्षिण एसियाकै उत्कृष्ट विधान भएको दल भएको छ । यसले पद र संस्थालाई शक्तिशाली बनाएको छ, अमुक व्यक्तिलाई होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने । नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौं आजदेखि सुरु हुने जसपाको विधान अधिवेशनमा आठ सयभन्दा बढी प्रतिनिधि भेला हुँदैछन् । पार्टीमा उपेन्द्र यादवले परिवार र एकलौटी नलादेको पनि सुमनले बताए ।
उनले भने, ‘यो कल्पित प्रश्न हो । हाम्रो विधानले परिवारवाद गरेको कल्पनै छैन । उपेन्द्र यादवले एकलौटी गर्ने भए सानोभन्दा सानो निर्णय पनि छलफल प्रक्रियाबाट किन गरिन्थ्यो ?’ बाहिर चर्चा भएजस्तो जसपा कमजोर नभएको पनि समुनले दाबी गरे । उनले थपे, ‘म जसपाको ७७ जिल्लामै राम्रो संगठन छ भन्ने ढिपी गर्दिनँ । एकदुई जिल्लामा त हाम्रो जिल्ला समिति नै छैन । कहीं जिल्लामा कम, कहीं जिल्लामा बढी छ । मधेस, लुम्बिनी र कोसी प्रदेशमा पार्टीको संगठन कमजोर छैन । तर जसपाजस्तो व्यवस्थित, अनुशासित र सुसंगठित पार्टी अरु छैनन् ।’ नवगठित समाजवादी मोर्चा कुनै दलविरुद्ध लक्षित नभएको पनि उनले बताए । सुमनले भने, ‘संघीयता र दलीय व्यवस्था खारेजीका लागि भइरहेका कोठे बैठकविरुद्ध पनि हामी एकीकृत हुनु जरुरी थियो । यो समान विचार मिल्नेहरुबीचको ध्रुवीकरण हो । एकअर्काेसँग विलय भएको होइन । तर यो मोर्चा यो कुनै दलविशेषविरुद्ध लक्षित छैन ।’
मन्त्री, प्रधानमन्त्रीको जिल्लालाई मा सुशोभित गर्ने बजेट संशोधन नगरे पास गर्न जसपा मजबुर नभएको पनि उनले औंल्याए । नेता सुमनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार एकदम सुरक्षित रहेको पनि बताए । उनले भने, ‘एमाले धमिलो पानीमा माछा मार्ने पार्टी हो । छल गर्ने पार्टी हो । केपी ओलीको छलछामीसँग हामी लसपसिँदैनौं ।’ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा बन्द रगराउनु सकारात्मक नभएको टिप्पणी पनि उनले गरे । सुमनले भने, ‘सिनेमा मनोरञ्जनको साधन हो । सिनेमाले मनोरञ्जनका साथ ज्ञान पनि दिन्छ । हिन्दी सिनेमा विश्वमै उत्कृष्ट छ । तथ्यले पनि भन्छ, काठमाडौंका दर्शकले नेपालीपछि हिन्दी च्यानल, हिन्दी टीभी सिरियल, हिन्दी सिनेमा बढी रुचाउँछन् । आदिपुरुषले गलत तथ्य प्रस्तुत गरेको छ भनेर भारतले स्विकारिसकेको अवस्थामा हिन्दी सिनेमा रोक्नु पूरै दादागिरी मात्र हो । संस्कृति र राष्ट्रवादको नाममा दर्शकको चाहनामा बेइमानी नगर्नुस् । दर्शकको मनको सम्मान नगर्नु सनक मात्र हो । अदालतको आदेश मान्नु हाम्रो कर्तव्य हो । कानुनमाथि कोही छैन । बालेनजी को हो र ?’ ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर छिमेकी मुलुकसँग निहुँ खोज्ने बहाना खोज्नु बालेनको बालापन भएको पनि उनले दोहोर् याए । उनले भने, ‘संविधानमा कोरिएको नक्सा नै नेपालको नक्सा हो । अरु नक्सा टाँग्नु बालेनको बालापन हो । छिमेकी मुलुकसँग निहुँ खोज्ने बहाना खोज्नु खेदजनक छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया