
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीषकुमार सुमनले पार्टीको नयाँ विधानले उपेन्द्र यादवलाई नभएर संस्थालाई शक्तिशाली बनाउने दाबी गरेका छन् । ‘पार्टीको नयाँ विधानले जनसंख्याका आधारमा ९० प्रतिशत पद आरक्षित गरेको छ, जसपा पूर्ण समानुपातिक, समावेशी र सामूहिक नेतृत्वमा चल्ने दक्षिण एसियाकै उत्कृष्ट विधान भएको दल भएको छ । यसले पद र संस्थालाई शक्तिशाली बनाएको छ, अमुक व्यक्तिलाई होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने । नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौं आजदेखि सुरु हुने जसपाको विधान अधिवेशनमा आठ सयभन्दा बढी प्रतिनिधि भेला हुँदैछन् । पार्टीमा उपेन्द्र यादवले परिवार र एकलौटी नलादेको पनि सुमनले बताए ।
उनले भने, ‘यो कल्पित प्रश्न हो । हाम्रो विधानले परिवारवाद गरेको कल्पनै छैन । उपेन्द्र यादवले एकलौटी गर्ने भए सानोभन्दा सानो निर्णय पनि छलफल प्रक्रियाबाट किन गरिन्थ्यो ?’ बाहिर चर्चा भएजस्तो जसपा कमजोर नभएको पनि समुनले दाबी गरे । उनले थपे, ‘म जसपाको ७७ जिल्लामै राम्रो संगठन छ भन्ने ढिपी गर्दिनँ । एकदुई जिल्लामा त हाम्रो जिल्ला समिति नै छैन । कहीं जिल्लामा कम, कहीं जिल्लामा बढी छ । मधेस, लुम्बिनी र कोसी प्रदेशमा पार्टीको संगठन कमजोर छैन । तर जसपाजस्तो व्यवस्थित, अनुशासित र सुसंगठित पार्टी अरु छैनन् ।’ नवगठित समाजवादी मोर्चा कुनै दलविरुद्ध लक्षित नभएको पनि उनले बताए । सुमनले भने, ‘संघीयता र दलीय व्यवस्था खारेजीका लागि भइरहेका कोठे बैठकविरुद्ध पनि हामी एकीकृत हुनु जरुरी थियो । यो समान विचार मिल्नेहरुबीचको ध्रुवीकरण हो । एकअर्काेसँग विलय भएको होइन । तर यो मोर्चा यो कुनै दलविशेषविरुद्ध लक्षित छैन ।’
मन्त्री, प्रधानमन्त्रीको जिल्लालाई मा सुशोभित गर्ने बजेट संशोधन नगरे पास गर्न जसपा मजबुर नभएको पनि उनले औंल्याए । नेता सुमनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार एकदम सुरक्षित रहेको पनि बताए । उनले भने, ‘एमाले धमिलो पानीमा माछा मार्ने पार्टी हो । छल गर्ने पार्टी हो । केपी ओलीको छलछामीसँग हामी लसपसिँदैनौं ।’ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा बन्द रगराउनु सकारात्मक नभएको टिप्पणी पनि उनले गरे । सुमनले भने, ‘सिनेमा मनोरञ्जनको साधन हो । सिनेमाले मनोरञ्जनका साथ ज्ञान पनि दिन्छ । हिन्दी सिनेमा विश्वमै उत्कृष्ट छ । तथ्यले पनि भन्छ, काठमाडौंका दर्शकले नेपालीपछि हिन्दी च्यानल, हिन्दी टीभी सिरियल, हिन्दी सिनेमा बढी रुचाउँछन् । आदिपुरुषले गलत तथ्य प्रस्तुत गरेको छ भनेर भारतले स्विकारिसकेको अवस्थामा हिन्दी सिनेमा रोक्नु पूरै दादागिरी मात्र हो । संस्कृति र राष्ट्रवादको नाममा दर्शकको चाहनामा बेइमानी नगर्नुस् । दर्शकको मनको सम्मान नगर्नु सनक मात्र हो । अदालतको आदेश मान्नु हाम्रो कर्तव्य हो । कानुनमाथि कोही छैन । बालेनजी को हो र ?’ ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर छिमेकी मुलुकसँग निहुँ खोज्ने बहाना खोज्नु बालेनको बालापन भएको पनि उनले दोहोर् याए । उनले भने, ‘संविधानमा कोरिएको नक्सा नै नेपालको नक्सा हो । अरु नक्सा टाँग्नु बालेनको बालापन हो । छिमेकी मुलुकसँग निहुँ खोज्ने बहाना खोज्नु खेदजनक छ ।’


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया