
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं। एकघरका चार जना भारतीय नागरिकले नेपाली नागरिकता लिएको तथ्य बाहिरिएको छ । नेपाली नागरिकतामा पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर–९ स्थायी ठेगाना भएका भारतीय नागरिक रामनाथ सोनारको एकघरमा चार जना सदस्यले नेपाली नागरिकता लिएका हुन् ।सोनारका भतिजाहरु गोपालप्रसाद सोनार, रामनरेश साह सोनार र भतिजी बुहारी मञ्जुदेवी सोनारको नेपाली र भारतीय दुवै नागरिकता रहेको छ । रामनाथ सोनारको विरगञ्जको माईस्थानमा सुन चाँदी पसल रहेको छ । उनले ‘जय माँ दुर्गे ज्वेलर्स’ सञ्चालन गरेका छन् । रामनाथले सुन चाँदी पसलको आडमा अवैध धन्दा पनि चलाउने गरेको नाम उल्लेख नगर्ने शर्तमा उनको एक आफन्त बताउँछन् । रामनाथ लागूऔषध कारोबार, हुण्डी कारोबार र सुन तस्करमा संलग्न रहेको उनको आरोप छ । ती व्यक्तिले बताएअनुसार रामनरेश साह सोनार (भारतीय नाम बच्चा साह) र उनकी श्रीमती मञ्जुदेवी सोनारको नाममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला अदालत चितवनमा मुद्दासमेत चलिरहेको छ । उनको परिवारको चार जनाको नेपाल र भारतको दोहोरो नागरिकता रहेकोबारेमा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेपनि अहिले उक्त उजुरीउपर छानविन नभई तामेलीमा रहेको बताइएको छ ।
रामनाथ साह सोनारको नेपाली नागरिकतामा स्थायी ठेगाना विरगञ्ज नगरपालिका वडा नम्बर–९ उल्लेख छ । उनको जन्म मिति २०२२ फागून ५ गते उल्लेख छ भने । बाबुआमाको नाम महादेव साह सोनार र वास्मतीदेवी सोनारिन उल्लेख गरिएको छ । रामनाथको नागरिकता नम्बर ०४४६२०२५ रहेको छ ।त्यसैगरी, रामनाथका भतिजा गोपालप्रसाद सोनारको नागरिकतामा जन्म मिति २०३३ चैत्र ७ गते रहेको छ । भने उनको बाबुको नाम शम्भु साह सोनार उल्लेख छ । उनको नागरिकता नम्बर ०४४६२२१९ रहेको छ । त्यसैगरी, राम नरेश साह सोनारको जन्म मिति २०२५ मंसिर ११ गते रहेको छ । उनको नागरिकता नम्बर ०४४६२१७८ रहेको छ । उनी रामनाथका भतिजा हुन् । नागरिकतामा उनको श्रीमतीको नाम मञ्जुदेवी सोनार रहेको छ ।
मञ्जुदेवी सोनारसँग पनि नेपाली र भारतीय दोहोरो नागरिकता रहेको छ । उनको नेपाली नागरिकतामा जन्म मिति २०२७ साल उल्लेख छ । मञ्जुदेवीको नेपाली नागरिकता नम्बर २१५८ हो । नेपाली र भारतीय दोहोरो नागरिकता भएका उनीहरु भारतीय मूलको भएको २०७८ कात्तिक १ गते ‘देशभक्त नेपाली’ भन्ने संस्थाले जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको उजुरीमा उल्लेख छ । उनीहरु विहारस्थित मुख्य ग्राम ईनरवा डाँकघर हरपुरथाना आदापुर ग्राम पंचायत श्रीसियाकला प्रा.नि.क्षे.स. ४ पंचायत प्रा.नि.क्षे.स. १५ जिल्ला परिषद प्रा.नि.क्षे.स. १२ अंचल आदापुर प्रखण्ड आदापुर अनुमण्डल रक्सौल जिल्ला पूर्वी चम्पारण पिनकोड ८४५३०१ भन्ने ठाउँको भएको उजुरीमा उल्लेख छ । तर, उक्त उजुरीलाई जिप्रका पर्साले अहिले तामेलीमा राखेको बताइएको छ ।
दोहोरो नागरिकताको सन्दर्भमा रामनाथ सोनारसँग बुझ्न खोज्दा उनले आफूहरुको पर्साको सिडिओसँग राम्रो सम्बन्ध रहेको र समाचार लेखेर केही फरक नपर्ने बताए ।संवादमा उनीमा देखिएको आत्मविश्वासले उनी कतैबाट संरक्षित छन् भन्ने पुष्टि हुन्छ । उनको नागरिकता छानविन र कारबाहीको माग गर्दै २०७८ कात्तिक १ गते जिप्रका पर्सामा परेको उजुरी तामेलिमा राखिनुले पनि रामनाथले दाबी गरेजस्तो सिडिओसँगको सम्बन्धलाई पुष्टि गर्छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया