
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं। एकघरका चार जना भारतीय नागरिकले नेपाली नागरिकता लिएको तथ्य बाहिरिएको छ । नेपाली नागरिकतामा पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर–९ स्थायी ठेगाना भएका भारतीय नागरिक रामनाथ सोनारको एकघरमा चार जना सदस्यले नेपाली नागरिकता लिएका हुन् ।सोनारका भतिजाहरु गोपालप्रसाद सोनार, रामनरेश साह सोनार र भतिजी बुहारी मञ्जुदेवी सोनारको नेपाली र भारतीय दुवै नागरिकता रहेको छ । रामनाथ सोनारको विरगञ्जको माईस्थानमा सुन चाँदी पसल रहेको छ । उनले ‘जय माँ दुर्गे ज्वेलर्स’ सञ्चालन गरेका छन् । रामनाथले सुन चाँदी पसलको आडमा अवैध धन्दा पनि चलाउने गरेको नाम उल्लेख नगर्ने शर्तमा उनको एक आफन्त बताउँछन् । रामनाथ लागूऔषध कारोबार, हुण्डी कारोबार र सुन तस्करमा संलग्न रहेको उनको आरोप छ । ती व्यक्तिले बताएअनुसार रामनरेश साह सोनार (भारतीय नाम बच्चा साह) र उनकी श्रीमती मञ्जुदेवी सोनारको नाममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला अदालत चितवनमा मुद्दासमेत चलिरहेको छ । उनको परिवारको चार जनाको नेपाल र भारतको दोहोरो नागरिकता रहेकोबारेमा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेपनि अहिले उक्त उजुरीउपर छानविन नभई तामेलीमा रहेको बताइएको छ ।
रामनाथ साह सोनारको नेपाली नागरिकतामा स्थायी ठेगाना विरगञ्ज नगरपालिका वडा नम्बर–९ उल्लेख छ । उनको जन्म मिति २०२२ फागून ५ गते उल्लेख छ भने । बाबुआमाको नाम महादेव साह सोनार र वास्मतीदेवी सोनारिन उल्लेख गरिएको छ । रामनाथको नागरिकता नम्बर ०४४६२०२५ रहेको छ ।त्यसैगरी, रामनाथका भतिजा गोपालप्रसाद सोनारको नागरिकतामा जन्म मिति २०३३ चैत्र ७ गते रहेको छ । भने उनको बाबुको नाम शम्भु साह सोनार उल्लेख छ । उनको नागरिकता नम्बर ०४४६२२१९ रहेको छ । त्यसैगरी, राम नरेश साह सोनारको जन्म मिति २०२५ मंसिर ११ गते रहेको छ । उनको नागरिकता नम्बर ०४४६२१७८ रहेको छ । उनी रामनाथका भतिजा हुन् । नागरिकतामा उनको श्रीमतीको नाम मञ्जुदेवी सोनार रहेको छ ।
मञ्जुदेवी सोनारसँग पनि नेपाली र भारतीय दोहोरो नागरिकता रहेको छ । उनको नेपाली नागरिकतामा जन्म मिति २०२७ साल उल्लेख छ । मञ्जुदेवीको नेपाली नागरिकता नम्बर २१५८ हो । नेपाली र भारतीय दोहोरो नागरिकता भएका उनीहरु भारतीय मूलको भएको २०७८ कात्तिक १ गते ‘देशभक्त नेपाली’ भन्ने संस्थाले जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको उजुरीमा उल्लेख छ । उनीहरु विहारस्थित मुख्य ग्राम ईनरवा डाँकघर हरपुरथाना आदापुर ग्राम पंचायत श्रीसियाकला प्रा.नि.क्षे.स. ४ पंचायत प्रा.नि.क्षे.स. १५ जिल्ला परिषद प्रा.नि.क्षे.स. १२ अंचल आदापुर प्रखण्ड आदापुर अनुमण्डल रक्सौल जिल्ला पूर्वी चम्पारण पिनकोड ८४५३०१ भन्ने ठाउँको भएको उजुरीमा उल्लेख छ । तर, उक्त उजुरीलाई जिप्रका पर्साले अहिले तामेलीमा राखेको बताइएको छ ।
दोहोरो नागरिकताको सन्दर्भमा रामनाथ सोनारसँग बुझ्न खोज्दा उनले आफूहरुको पर्साको सिडिओसँग राम्रो सम्बन्ध रहेको र समाचार लेखेर केही फरक नपर्ने बताए ।संवादमा उनीमा देखिएको आत्मविश्वासले उनी कतैबाट संरक्षित छन् भन्ने पुष्टि हुन्छ । उनको नागरिकता छानविन र कारबाहीको माग गर्दै २०७८ कात्तिक १ गते जिप्रका पर्सामा परेको उजुरी तामेलिमा राखिनुले पनि रामनाथले दाबी गरेजस्तो सिडिओसँगको सम्बन्धलाई पुष्टि गर्छ ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया