
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समन्वय परिषद्को बैठक बोलाउने तयारी गरेका छन् । सोही तयारी अनुसार प्रधानमन्त्री प्रचण्डले परिषद्को सदस्यमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानालाई मनोनित गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार स्थानीय तह, प्रदेश र संघको संयुक्त बैठकको रुपमा परिषद्को बैठक बोलाउने तयारी प्रधानमन्त्री प्रचण्डले थालेका हुन् । ‘राष्ट्रिय समन्वय परिषद्को बैठकका लागि तयारी सुरु भएको छ, सोही अनुसार हामीले कामहरु गर्न थालेका छौं । ठ्याक्कै मिति भने तय भएको छैन,’ प्रधानमन्त्री कार्यालयकी समन्वय तथा योजना शाखाकी सहसचिव रेखा दासले भनिन् ।
३ वर्षपछि ऐन कार्यान्वयन
अन्तर सरकार समन्वयका लागि संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ राजपत्रमा प्रकाशित भएर लागू भएको ३ वर्ष पुगिसकेको छ । तर ऐन अनुसार अहिलेसम्म परिषद्को बोर्ड गठन र बैठक समेत बस्न सकेको छैन । उक्त ऐनमा राष्ट्रिय समन्वय परिषद्को बैठक प्रधानमन्त्रीको अध्यक्षतामा वर्षमा कम्तीमा एकपटक बस्ने उल्लेख छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ऐन जारी हुनुअघि राष्ट्रिय समन्वय परिषद्को बैठक दुई पटक राखे पनि ऐन जारी भएपछि एउटा पनि बैठक बसेको छैन । राष्ट्रिय समन्वय परिषद्को सदस्यमा अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, गृहमन्त्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, प्रदेश सरकारका मुख्य मन्त्रीहरु, प्रतिनिधि सभाको विपक्षी दलको नेता वा प्रतिनिधि रहने व्यवस्था छ ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगर पालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्रीले तोकेका कम्तीमा तीन जना महिलासहित प्रत्येक प्रदेशबाट एक जना सहसत सात जना सदस्य पनि समन्वय परिषद्मा सदस्य रहने व्यवस्था छ । राष्ट्रिय समन्वय परिषद्को बैठक नहुँदा अन्तरसरकार द्वन्द्व सिर्जना हुँदै आएको छ । काठमाडौं महानगरपालिकाले संघीय सरकारले समन्वय र सहयोग नगरेको गुनासो गर्दै आएको छ । यस्तै स्थानीय तहको योजना प्रदेश र संघको योजनो दोहोरिएको, नीतिगत समस्यामा संघबाट हल नभएको भन्दै नगरपालिका र गाउँपालिका संघहरुले आवाज उठाउँदै आएका छन् । नेपाल नगरपालिका संघका अध्यक्ष ढुंगाना भन्छन् ‘लामो समयदेखि राष्ट्रिय समन्वय परिषद्को बैठक माग गर्दै आएका थियौं, बल्ल बोर्ड गठन भएको छ अब बैठक छिट्टै बसेर संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने छ ।’


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया