
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं। अधिवक्ता राधिका खतिवडाले कसैलाई पनि अदालतको निर्णय मान्दिन भन्ने छुट नभएको बताएकी छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनता र जनप्रतिनिधि दुवैलाई अदालतको आदेश बाध्यकारी हुने बताएकी हुन् । तत्लो तहका अदालतको फैसलाविरुद्ध माथिल्लो तहको अदालतमा पुनरावेदन जानका लागि बाटो खुल्ला रहेपछि अदालतको फैसला सबैले मान्न पर्ने उनको भनाई छ । ‘अदालतको निर्णय मान्दिन भन्ने कसैलाई पनि अधिकार छैन । जनताको प्रतिनिधि होस, चाहे जनता होस्, सबै भन्दा पहिला त उहाँ जनता हो । जनता भएपछि देशको कानुन मान्नुपर्छ । कानुनको अन्तिम व्याख्या गर्ने र अन्तिम निर्णय दिने अधिकार अदालतसँग हुन्छ,’– उनले भनिन् ।
तल्लो तहको अदालतको फैसलामा कहिले काही त्रुटि हुनसक्छन् भनेर नै माथिल्लो तहको अदालतमा पुनरावेदन गर्न सकिने व्यवस्था गरिएको उनले बताईन् । अदालतको निर्णय मान्दिन भन्न र नमान्न कसैलाई पनि छुट नभएको उनको भनाई छ । अदालतको आदेशविरुद्धको अभिव्यक्ति र कार्य कानुनी कारबाहीको विषय बन्ने उनको भनाई छ । ‘अदालतले भनेको मान्दिन भन्ने उहाँले के सेन्समा लेख्नुभयो ? तर, मान्दििन भन्ने कुरा भन्न पाइँदैन र नमान्न पनि पाइँदैन । त्यो कानुनी कारबाहीको विषय हुन्छ,’– अधिवक्ता खतिवडाले भनिन् । बालेनविरुद्ध अदालतको अवहेलनामा कसैले मुद्दा लिएर गएको खण्डमा मुद्दाको प्रकृति, कानुनका सर्वमान्य सिद्धान्त, मुद्दाको स्वरुप आदिको आधारमा निर्णय हुने उनले बताईन् । ‘अदालतले गर्नु भनेर कानुनबमोजिम कुनै निर्देशन वा आदेश दिन्छ भने त्यो निर्देशन जनताको हितका लागि या सर्वोपरी हितका लागि जारी गरिएको हुन्छ । यो निर्देशन नमानेमा कसैले यो मानेन भनेर फेरि अदालतमा लिएर गयो भने त्यसैलाई भन्छन् अदालतको अवहेलनाको मुद्दा । अदालतको अवहेलना भएको अवस्था देखियो भने कस्तो प्रकारको अवहेलना हो ? त्यसको प्रकृति, त्यसको स्वरुप, मान्यता, कानुनी दर्शन सबैलाई हेरेर त्यही अनुसार मुद्दाहरु लाग्न सक्छ,’– उनले भनिन् ।
अदालतको मानहानीमा न्युनतम् एक मिनेट कैद र एक रुपैयाँ जरिवाना पनि हुनसक्ने र मानहानी नदिएको अवस्था रहेको खण्डमा सजाय नहुन पनि सक्ने उनले बताईन् । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले हिन्दी फिल्म आदिपुरुष महानगरभित्र प्रदर्शनमा रोक लगाएपछि त्यसको विरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको थियो । उक्त मु्द्दाको सुनुवाई गर्दै उच्च अदालतले हिन्दी फिल्म नरोक्न आदेश जारी गरेको छ । अदालतको आदेश पछि बालेनले आफू जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको तर हिन्दी फिल्म चल्न नदिने अदालतको निर्णय नमान्ने भनि सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया