
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं । केन्द्रीय कारागार जगन्नाथ देवलमा अवैध वस्तुहरु खुलमखुल्ला कारोबार हुने गरेको तथ्य बाहिरिएको छ । कारागारभित्र लागूऔषध, चुरोट र मदिराको वेचबिखन हुने गरेको छ । कारागारका मुल नाईके, चौकिदार, वैदार, ठूलो वैदारजस्ता कैदी बन्दीहरु प्रशासनको जेलर भवनसम्म सहज रुपमा आउन पाउने र उनीहरु आउँदा, जाँदा चेक जाँच नहुने व्यवस्था रहेको छ । उक्त व्यवस्थाको फाइदा उठाउँदै उनीहरुले जेलभित्र लागूऔधष, चुरोट, मदिरा जस्ता निषेधित वस्तुहरु भित्र लाने गर्छन् । उनीहरुले त्यसरी कारागारभित्र छिराएको लागू औषध र मदिरा कैदी बन्दीलाई जबरजस्ती खुवाई धाक धम्कीको आधारमा पैसा असुल गर्ने गरेका छन् । उक्त पैसा प्रहरीको इन्चार्ज रहेका डिएसीदेखि जेलरसम्म पुर्याइ आफू संरक्षणमा रहने गरेका छन् ।
कारागारमा गैरकानुनी धन्दामा चौकीदार प्रभाकर नरसिंह राणा, मुल नाईके रमेश भन्ने बै लामा, ठूलो बैदार प्रीतम मानन्धर, जेलर ललित बस्नेत र प्रहरीका इन्चार्ज रहेका डिएसी कुमार विक्रम थापा संलग्न रहने गरेका छन् । उनीहरुले अवैध रुपमा सेटिङमा भित्र्याएको उक्त लागू औषध र मदिराबाट हुने आम्दानी बाँड्ने गरेका छन् । कारागारभित्र चौकीदार राणाको खाद्यान्न र तरकारी पसल र ठूलो बैदार मानन्धरको किराना पसल रहेको छ । नाईके रमेश भन्ने बै लामाको चिया पसल र पुल हाउस छ । जहाँ उनीहरुले कैदीबन्दीलाई बाहिरको भन्दा १०औं गुणा महँगोमा विक्री गर्ने गरेका छन् । कारागारभित्र अवैध वस्तु छिराउनमा कारागारको प्रहरी इन्चार्ज रहेका डिएसपी थापा नै संलग्न रहेको स्रोतको दाबी छ ।
केन्द्रीय कारागारका जेलर बस्नेत र चौकीदार राणा मिलेर लाइब्रेरी सहायक विष्णु पाण्डेलाई बाहिरी नाईके निकाल्दा आठ लाख रुपैयाँ लिएकोसमेत पाण्डको पारिवारिक स्रोतको दाबी छ । अहिले उनीहरुलाई सूचना दिएको आरोप लगाउँदै सेन्टर जेलबाट भद्र जेलमा सारिएको छ । उनीहरुमाथि कारागार प्रशासनबाट परिवारलाई भेटघाट गर्न नदिने, फोन सम्पर्क गर्न नदिने, मानसिक र शारीरिक यातना दिने, खान नदिने जस्ता मानव अधिकारविरुद्धका गतिविधिहरु भइरहेको स्रोतको आरोप छ । कारागारभित्रको गैरकानुनी धन्दा तथा कालोबजारी नियन्त्रणको माग गर्दै चौकीदार प्रभाकर नरसिंह राणा, मुल नाईके रमेश भन्ने बै लामा, ठूलो बैदार प्रीतम मानन्धरर जेलर ललित बस्नेतविरुद्ध कारागार विभाग, कालिकास्थान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र गृहमन्त्रालयमा समेत उजुरी दर्ता भएको छ ।
अवैध वस्तुको कारोबारको अलवा कारागारभित्र आन्तरिक सेटिङको आधारमा तरकारी तथा खाद्यान्न पसलले चर्को मुल्य लिई विकि गर्ने, कैदीबन्दीको रकमको ५० प्रतिशतभन्दा बढी रकम कमिशन लिने, मिटरव्याज उठाउने, पुल हाउस सञ्चालन तथा वेटिङमा गेम खेलाउनेजस्ता अवैध धन्दा पनि हुने गरेको उजुरीमा उल्लेख छ । कैदीबन्दीलाई पैसा व्याजमा लिन उकास्ने र एक सय रुपैयाँ बराबर प्रतिमहिना पाँच रुपैयाँ मिटरब्याज गरेको पनि उजुरीमा उल्लेख छ ।
महिला बन्दीहरुले पनि अख्तियारमा दिए उजुरी
सुरक्षाको दृष्टिकोणबाट गम्भीर र संवेदनशील रहुनुपर्ने जगन्नाथदेवल सुन्धारा केन्द्रीय कारागारमा पछिल्ला केही वर्षयता अनियमितता भईरहेको भन्दै महिला कैदीबन्दीले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका छन् ।
कारागारभित्र आर्थिक अपचलन तथा गैरकानूनी रुपमा आर्थिक चलखेल भईरहेकाले भन्दै उनीहरुले अनुसन्धान गरी कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन् । उजुरीमा कैदीबन्दी तथा कारागारको बेथितीमा जेलरको शंकास्पद भूमिका रहेको उनीहरुको आरोप छ । जेलर ललित बस्नेतले कारागारभित्र रहेका कैदीबन्दीका लागि खरिद गर्ने (सिदा) चामलको खरिदमा घोटाला गरेको समेत आरोप लगाइएको छ । कैदीका लागि खरिद हुने खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामबाटै सेटिङमा विक्रि हुने गरेको तथ्य उनीहरुले उजागर गरेका छन् ।

साथै कारागारको बाहिरी नाईके (आउटर) निकाल्दा जेलरले प्रतिव्यक्ति ठूलो परिणाममा रकम असुल गर्ने गरेको निवेदनमा उल्लेख छ । चौकीदारहरुबाट मासिक रकम उठाउने, सरकारबाट कारागार मर्मत सम्भारका लागि आउने रकम अपचलन गरी कैदीबाटै उठाएर निमार्ण गर्ने गरी जेलर बस्नेतले पदको गम्भीर दुरुपयोग गरेको कुरा अख्तियारमा दायर भएको उजुरीमा खुलाइएको छ । महिला कारगारभित्र कैदीबन्दीका लागि मेस तथा होटल सञ्चालन गर्नेहरुलाई बजारबाट सिधै खाद्यान्न र तरकारीहरु खरिद गर्नसमेत नदिइने गरेको निवेदनमा उल्लेख गरिएको छ । चौकीदार शान्ति तामाङ, हस्पिटल नाईके कोपिला मगर, हेडमास्टर निशा खनालले मेस तथा होटललाई खरिद मूल्य भन्दा तीन गुणा बढी रकम लिएर विक्रि गर्ने गरेको उजुरीकर्ताको आरोप छ । जसका कारण मेसमा पनि खाना, खाजा महँगो हुने हुँदा सरकारले कैदीलाई दिने भत्ताले खाएको तिर्नसमेत अपुग हुने गरेको निवेदनमा उनीहरुले खुलासा गरेका छन् ।
विकृतीको विरोध गर्ने कैदी बन्दीमाथि शारीरिक तथा मानसिक यातना
महिला कारागारमा निषेधित वस्तुको विक्रि वितरण र महङ्गीको विरोध गर्नेउपर चौकिदार शान्ति तामाङ, हस्पिटल नाईके कोपिला मगर, हेडमास्टर निशा खनालसमेत मिली शारिरिक र मानसिक यातना दिने गरको उजुरीकर्ताको आरोप छ । साथै, उनीहरुले जेलरसँग मिली जेल स्थानन्तरणसमेत गर्ने गरेका छन । जेलभित्रको विकृतिको विरोध गर्ने भावना आचार्य र रज्जु महर्जनलाई हालै स्थानान्तरण गरिएको उजुरीकर्ताको दाबी छ ।
म्याक्स टिभीको सेट अप बक्स वितरणमा अनियमितता
म्याक्स कम्पनीले निःशुल्क वितरण गरेको टेलिभिजनको सेट अप बक्समा टिभी राख्ने बन्दीहरुसँग १२ सय रुपैँया अशुल गरेको निवेदकको आरोप छ । अख्तियारमा दिइएको उजुरीमा म्याक्स टिभीले मासिक शुल्क प्रति टिभी सेट एक २५ का दरले लिने भएपनि चौकीदार प्रभाकर नरसिंह राणा र कारागार प्रशासनको मिलेमतोमा प्रति टिभी मासिक रुपमा तीन सयका दरले अशुल गरिने गरेको उनीहरुले उजुरीमा खुलाएका छन् ।
जेल सरुवा रोकिदिने भन्दै पैसा असुल
चौकीदार शान्ती तामाङ, हस्पिटल नाईके कोपिला मगर, हेडमास्टर निशा खनाललगायतले पुराना कैदीहरुलाई जेलबाट सरुवा रोकिदिने भनी पैसा असुल गर्ने गरेको उनीहरुको आरोप छ । कैदी बन्दीलाई जेल सरुवा रोकिदिने भन्दै एक लाख देखि दुई लाखसम्म रकम उठाउने गरेको र उक्त रकम जेलरसम्म पुर्याई कैदीको कारागार सरुवा रोक्नेसम्मको काम हुने गरेको उजुरीकर्ताको दाबी छ । महिला कारागार गैरकानूनी धन्दा र कालोबजारीमा संलग्न चौकीदार शान्ति तामाङ, हस्पिटल नाईके कोपिला मगर, हेडमास्टर निशा खनाल र जेलर ललित बस्नेतसमेतलाई कारबाहीको माग गरिएको छ ।
अवैध धन्दाबाट अकुत कमाएका जेलरको सबै संलक्षणतिर सम्पत्ति
अवैध धन्दाबाट अकुत सम्पत्ति कमाएका जेलर ललित बस्नेतको निजी कम्पनी र संस्थाहरुमा लगानी र संरक्षण रहेको खुलेको छ । उनी बस्ने बंगला करोडौंको छ । जुन बंगला उनले अवैध धन्दा नगरी आएको पारिश्रमिकबाट खरिद गर्न असम्भव छ । साथै, उनको एक शैक्षिक संस्थामा पनि लगानी र संरक्षण रहेको छ । उक्त शैक्षिक केन्द्रमा शिक्षक सेवा आयोग, लोक सेवा आयोग लगायत विभिन्न तहको तयारी कक्षाहरु सञ्चालन हुने गरेको छ



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया