काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा र पार्टी एकताबारे गम्भीर छलफल भएको जनाइएको छ ।
यसअघिका भेटमा संक्रमणकालीन न्याय टुंगो लगाउन जोड दिदै आएका प्रधानमन्त्री प्रचण्ड र विप्लवले आजको छलफलमा कार्यगत एकतासँगै पार्टी एकताको विषयमा छलफल गरेका हुन् ।