
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले ठूला नेताहरुको मनपरीका कारण लोकतन्त्र र गणतन्त्रको विरोधीको मनोबल बढेको बताएका छन् । ‘बजेटमा सबै ठाउँमा समान रुपमा वितरण गर्नुपर्ने हो । तर सबैभन्दा शक्तिशाली नेताहरुको क्षेत्रमा मात्र पुगेको छ भन्छन् । जो भान्से हो, जसको हातमा डाडुपन्युँ छ, उसले आफ्नो जिल्ला र क्षेत्रमा बाँड्छ भने त त्यो अन्याय हो । के मुलुकको ढुकुटी तिनीहरुको बाबुबाजको बपौती त होइन न । यो नेपाली जनताको पसिनाको कमाइ हो । यिनीहरुप्रतिको आक्रोशले लोकतन्त्र र गणतन्त्र किन चाहियो भन्न थालेका छन्, त्यसले आक्रोशले लोकतन्त्र र गणतन्त्र विरोधीको मनोबल उठेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

बजेट जस्तोसुकै भए पनि पास गर्नुपर्ने बाध्यता आफ्नो दललाई रहेको पनि केसीले सुनाए । उनले भने, ‘प्रमुख कुरा त लोकतन्त्र हो । लोकतन्त्रको अभावमा हामी अन्यायविरुद्ध लड्न सक्दैन । अहिलेको सरकार ठीक छ भन्ने होइन । तर लोकतन्त्र र गणतन्त्रको सर्तमा समर्थन गरेका हौं । हामीले बजेटलाई समर्थन नगरे सरकार ढल्छ । त्यसका लागि लोकतन्त्रविरोधी शक्ति लुगा दौरासुरुवाल लगाएर बसेको छ । त्यसको इतिहास हामीलाई थाहा छ । ओलीहरु पनि हामीले चिनेकै विष्ट हो नि ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपतिनाथ दर्शनको पनि केसीले खुलेर आलोचना गरे । उनले थपे, ‘यो पशुपतिको पूजा होइन, छिमेकको सरकार प्रमुखको पुजा हो । यो पुरातनवादी विचार हो । जनतामाथि धोका हो । यो सांस्कृतिक पतन हो । जनतालाई द्वन्द्वात्मक भौतिकवाद भनेर किन गफ लगाएको ? चराचर जगत् कसले सञ्चालन गरेको भनेर किन झुक्काएको ? आफूलाई अनिश्वरवादी भनेर किन झूट बोलेको ? कोही रातारात गेरुवस्त्र लगाउने, कोही जलहारी चढाउने ? प्रचण्ड अब वैष्णव भएर दिउँसै तीन धर्के टीका लगाएर हिँड्न बेर छैन ।’ उनले सरकारले किसानको मर्का बुझ्न नसकेको र बाँदर आतंक नियन्त्रण गर्न नसकेको आरोप पनि लगाए । नेता केसीले भने, ‘यहाँ बहुराष्ट्रिय कम्पनीको टमाटर आउँछ । विदेशी टमाटर ओइरो लगाउने, नेपाली किसानलाई समयमा मल, बिउ नदिने, बल्ल बल्ल फलाएको टमाटर बाटोमा फाल्नुपर्ने बाध्यता छ । किसानका खेतखलिहान बाँदरले कब्जा गरेको छ । ३८ जिल्लामा बाँदर आतंक छ । त्यो नियन्त्रण सरकारको बुताबाहिरको कुरा हो ।’



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया