
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले ठूला नेताहरुको मनपरीका कारण लोकतन्त्र र गणतन्त्रको विरोधीको मनोबल बढेको बताएका छन् । ‘बजेटमा सबै ठाउँमा समान रुपमा वितरण गर्नुपर्ने हो । तर सबैभन्दा शक्तिशाली नेताहरुको क्षेत्रमा मात्र पुगेको छ भन्छन् । जो भान्से हो, जसको हातमा डाडुपन्युँ छ, उसले आफ्नो जिल्ला र क्षेत्रमा बाँड्छ भने त त्यो अन्याय हो । के मुलुकको ढुकुटी तिनीहरुको बाबुबाजको बपौती त होइन न । यो नेपाली जनताको पसिनाको कमाइ हो । यिनीहरुप्रतिको आक्रोशले लोकतन्त्र र गणतन्त्र किन चाहियो भन्न थालेका छन्, त्यसले आक्रोशले लोकतन्त्र र गणतन्त्र विरोधीको मनोबल उठेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

बजेट जस्तोसुकै भए पनि पास गर्नुपर्ने बाध्यता आफ्नो दललाई रहेको पनि केसीले सुनाए । उनले भने, ‘प्रमुख कुरा त लोकतन्त्र हो । लोकतन्त्रको अभावमा हामी अन्यायविरुद्ध लड्न सक्दैन । अहिलेको सरकार ठीक छ भन्ने होइन । तर लोकतन्त्र र गणतन्त्रको सर्तमा समर्थन गरेका हौं । हामीले बजेटलाई समर्थन नगरे सरकार ढल्छ । त्यसका लागि लोकतन्त्रविरोधी शक्ति लुगा दौरासुरुवाल लगाएर बसेको छ । त्यसको इतिहास हामीलाई थाहा छ । ओलीहरु पनि हामीले चिनेकै विष्ट हो नि ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपतिनाथ दर्शनको पनि केसीले खुलेर आलोचना गरे । उनले थपे, ‘यो पशुपतिको पूजा होइन, छिमेकको सरकार प्रमुखको पुजा हो । यो पुरातनवादी विचार हो । जनतामाथि धोका हो । यो सांस्कृतिक पतन हो । जनतालाई द्वन्द्वात्मक भौतिकवाद भनेर किन गफ लगाएको ? चराचर जगत् कसले सञ्चालन गरेको भनेर किन झुक्काएको ? आफूलाई अनिश्वरवादी भनेर किन झूट बोलेको ? कोही रातारात गेरुवस्त्र लगाउने, कोही जलहारी चढाउने ? प्रचण्ड अब वैष्णव भएर दिउँसै तीन धर्के टीका लगाएर हिँड्न बेर छैन ।’ उनले सरकारले किसानको मर्का बुझ्न नसकेको र बाँदर आतंक नियन्त्रण गर्न नसकेको आरोप पनि लगाए । नेता केसीले भने, ‘यहाँ बहुराष्ट्रिय कम्पनीको टमाटर आउँछ । विदेशी टमाटर ओइरो लगाउने, नेपाली किसानलाई समयमा मल, बिउ नदिने, बल्ल बल्ल फलाएको टमाटर बाटोमा फाल्नुपर्ने बाध्यता छ । किसानका खेतखलिहान बाँदरले कब्जा गरेको छ । ३८ जिल्लामा बाँदर आतंक छ । त्यो नियन्त्रण सरकारको बुताबाहिरको कुरा हो ।’



१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया