
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफूलाई मन्त्रीबाट हटाउने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मन्त्रीबाट हट्ने हल्ला खान नपाएकाहरुले चलाएको बताएका हुन् । देशको लागि आवश्यक परे र राष्ट्रिय आवश्यकता पुष्टि भएको खण्डमा आफू मन्त्री पद हाँसीहाँसी छाड्नका लागि तयार रहेको पनि उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिलेसम्म मन्त्रीबाट हटाउने बारेमा कुनै कुरा नगरेको उनको दाबी छ ।

‘यो हल्लैहल्लाको देश, भूपी शेरचनले भनेजस्तै मैले यहाँ के भन्नु छ र अरु । यी खान नपाएका सैतानका हल्ला हुन् । मलाई हटाउने तयारी छ जस्तो लाग्दैन । तर, देशको निम्ति आवश्यक पर्छभने मन्त्री पद मेरा लागि केही पनि होइन । देश र जनताको हितमा टाउको दिन तयार हुन्छु । मेरो निम्ति मन्त्री पद केही पनि होइन । तर, सैतानहरुले हल्ला गरेजस्तो होइन,’– उनले भने । पर्यटनमन्त्रीले घुस नखानु धेरैको लागि सजाय भएको उनले बताए । मन्त्रीको कुर्सीमा एक दिनमात्रै बसेपछि घुस र अवैध कामसँग कुनै सम्झौता नगर्ने उनले बताए । ‘मैले ठूला–ठूला विज्ञान र प्रविधिको कुरा गरेको छैन । मैले हाम्रो एयरपोर्ट देशको अनुहार हो त्यसलाई सफा राख्न्पर्छ । हाम्रो वाय् सेवा निगम हाम्रो राष्ट्रिय ध्वजावहाक गौरवको विषय हो, त्यसलाई त्यसलाई राम्रो बनाउनु पर्छ । हाम्रो राष्ट्रिय सम्पदाहरुमा फोहोर छन्, त्यसलाई सफा गर्नुपर्छ । भ्रष्टाचार म पनि गर्दिन, अरुले पनि गर्न हुँदैन भनेर म लाग्दैछु । मैले यति काम गर्दाखेरी अरुको निद हराम भयो यहाँ । हृदय जल्यो । घुस नखाइदिनु पनि मान्छेलाई यातना हुँदोरहेछ । कमिसनको भागबण्डामा नबस्दिँदा खेरी आज रोइलो भइराखेको छ । आगो सहन्छु, तर अन्याय सहन्न । एक दिन किन त्यो कुर्सीमा नबसुँ,’– उनले भने ।

प्रधानमन्त्रीले आफूलाई अहिलेसम्म कुनै कुरामा हस्तक्षेप नगरेको उनको भनाई छ । यति सजिलो प्रधानमन्त्री देशले फेरि नपाउने उनको दाबी छ । साथै, आमा र प्रधानमन्त्रीको वचनलाई आफूले अहिलेसम्म जीवन दर्शनको रुपमा स्वीकार गरेर अगाडि बढेको उनले बताए । सके राम्रो गर्ने र नसके नराम्रो गर्दै नगर्ने भन्ने सिद्धान्तलाई आफूले जहिले पनि अनुसण गर्दै आएको उनले बताए । आमा र प्रधानमन्त्रीको वचन आफ्नो लागि लक्ष्मण रेखा भएको उनले बताए । उक्त लक्ष्मण रेखालाई नाघ्ने दुस्साहस कहिल्यै पनि नगर्ने उनको भनाई छ । ‘घुस खाने हो भने मन्त्री छ महिना पनि चाहिँदैन रहेछ । १० दिनदेखि ३० दिनको बीचमा मन्त्रीलाई पुग्नेगरी आउँदो रहेछ भन्ने थाहा पाएँ । म त्यसलाई इन्कार गर्छु । मेरो आमाले मलाई ताते गरेर हिँडाउँदा नानी कहिल्यै नराम्रो काम नगर्नु भन्नु भएको छ । हाम्रो प्रधानमन्त्रीले पनि हामीलाई सके राम्रो गर्ने, नसके नराम्रो काम गर्दै नगर्ने भन्नुभएको छ । यो मेरो आज जीवन दर्शन हो । यो मेरो लक्ष्मण रेखालाई मैले नाघेर जान सक्दिन । म आखिरी मर्ने मान्छे हो, मलाई कुनै धन सम्पत्तिको लोभ छैन,’– उनले भने । अहिले केही मान्छेहरु ‘यो कस्तो मन्त्री हो ? पैसा दिँदा पनि मन नपराउने हटाइदिउँ’ भनेर चलखेलमा उत्रिएको हुनसक्ने उनले बताए ।



१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया