
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफूलाई मन्त्रीबाट हटाउने हल्लामा कुनै सत्यता नरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मन्त्रीबाट हट्ने हल्ला खान नपाएकाहरुले चलाएको बताएका हुन् । देशको लागि आवश्यक परे र राष्ट्रिय आवश्यकता पुष्टि भएको खण्डमा आफू मन्त्री पद हाँसीहाँसी छाड्नका लागि तयार रहेको पनि उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिलेसम्म मन्त्रीबाट हटाउने बारेमा कुनै कुरा नगरेको उनको दाबी छ ।

‘यो हल्लैहल्लाको देश, भूपी शेरचनले भनेजस्तै मैले यहाँ के भन्नु छ र अरु । यी खान नपाएका सैतानका हल्ला हुन् । मलाई हटाउने तयारी छ जस्तो लाग्दैन । तर, देशको निम्ति आवश्यक पर्छभने मन्त्री पद मेरा लागि केही पनि होइन । देश र जनताको हितमा टाउको दिन तयार हुन्छु । मेरो निम्ति मन्त्री पद केही पनि होइन । तर, सैतानहरुले हल्ला गरेजस्तो होइन,’– उनले भने । पर्यटनमन्त्रीले घुस नखानु धेरैको लागि सजाय भएको उनले बताए । मन्त्रीको कुर्सीमा एक दिनमात्रै बसेपछि घुस र अवैध कामसँग कुनै सम्झौता नगर्ने उनले बताए । ‘मैले ठूला–ठूला विज्ञान र प्रविधिको कुरा गरेको छैन । मैले हाम्रो एयरपोर्ट देशको अनुहार हो त्यसलाई सफा राख्न्पर्छ । हाम्रो वाय् सेवा निगम हाम्रो राष्ट्रिय ध्वजावहाक गौरवको विषय हो, त्यसलाई त्यसलाई राम्रो बनाउनु पर्छ । हाम्रो राष्ट्रिय सम्पदाहरुमा फोहोर छन्, त्यसलाई सफा गर्नुपर्छ । भ्रष्टाचार म पनि गर्दिन, अरुले पनि गर्न हुँदैन भनेर म लाग्दैछु । मैले यति काम गर्दाखेरी अरुको निद हराम भयो यहाँ । हृदय जल्यो । घुस नखाइदिनु पनि मान्छेलाई यातना हुँदोरहेछ । कमिसनको भागबण्डामा नबस्दिँदा खेरी आज रोइलो भइराखेको छ । आगो सहन्छु, तर अन्याय सहन्न । एक दिन किन त्यो कुर्सीमा नबसुँ,’– उनले भने ।

प्रधानमन्त्रीले आफूलाई अहिलेसम्म कुनै कुरामा हस्तक्षेप नगरेको उनको भनाई छ । यति सजिलो प्रधानमन्त्री देशले फेरि नपाउने उनको दाबी छ । साथै, आमा र प्रधानमन्त्रीको वचनलाई आफूले अहिलेसम्म जीवन दर्शनको रुपमा स्वीकार गरेर अगाडि बढेको उनले बताए । सके राम्रो गर्ने र नसके नराम्रो गर्दै नगर्ने भन्ने सिद्धान्तलाई आफूले जहिले पनि अनुसण गर्दै आएको उनले बताए । आमा र प्रधानमन्त्रीको वचन आफ्नो लागि लक्ष्मण रेखा भएको उनले बताए । उक्त लक्ष्मण रेखालाई नाघ्ने दुस्साहस कहिल्यै पनि नगर्ने उनको भनाई छ । ‘घुस खाने हो भने मन्त्री छ महिना पनि चाहिँदैन रहेछ । १० दिनदेखि ३० दिनको बीचमा मन्त्रीलाई पुग्नेगरी आउँदो रहेछ भन्ने थाहा पाएँ । म त्यसलाई इन्कार गर्छु । मेरो आमाले मलाई ताते गरेर हिँडाउँदा नानी कहिल्यै नराम्रो काम नगर्नु भन्नु भएको छ । हाम्रो प्रधानमन्त्रीले पनि हामीलाई सके राम्रो गर्ने, नसके नराम्रो काम गर्दै नगर्ने भन्नुभएको छ । यो मेरो आज जीवन दर्शन हो । यो मेरो लक्ष्मण रेखालाई मैले नाघेर जान सक्दिन । म आखिरी मर्ने मान्छे हो, मलाई कुनै धन सम्पत्तिको लोभ छैन,’– उनले भने । अहिले केही मान्छेहरु ‘यो कस्तो मन्त्री हो ? पैसा दिँदा पनि मन नपराउने हटाइदिउँ’ भनेर चलखेलमा उत्रिएको हुनसक्ने उनले बताए ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया