
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली शरणार्थी प्रकरणका आरोपितहरु विरुद्ध थुनछेक बहस चलिरहेको छ। १८ जना आरोपित, सुरक्षाकर्मी, कानुन व्यवसायी र सञ्चारकर्मीको ठेलमठेल भीडले उभिने ठाउँ समेत पाउन हम्मे–हम्मे हुन्छ।बस्ने ठाउँ पाउन कठिनाइ भएपछि अदालतका कर्मचारीहरुले एउटा पुरानो घुम्ने कुर्सी भेट्टाएछन्। त्यसलाई ल्याएर पछिल्लो लाइनको दुई बेञ्चको बीचमा अड्याएर राखिदिए। नअड्याउने हो भने पाङ्ग्रा फुस्किन आँटेको त्यो कुर्सी त्यत्तिकै अडिंदैनथ्यो।

बिहीबार सुनुवाइ सुरु भएसकेपछि निलम्बित सचिव टेकनारायण पाण्डे त्यही कुर्सीमा बसेर बहस सुनिरहेका थिए। उनी निरन्तर बहसका महत्वपूर्ण बुँदाहरु टिपोट गरिरहेका हुन्थे। पाइलट पेनले लेख्ने उनले हिजो स्पाइरल डायरी पाएका थिए। आज त्यसमाथि पातलो अर्को कापी समेत थियो।छालाको जुत्ता, कालो पाइन्ट, सर्ट र कालै कोटमा अदालत आउने उनी सधैं दाह्री काटेर सफा चट् हुन्छन्। कोटको देब्रे साइडमा नेपालको राष्ट्रिय झण्डाको लोगो अड्काएर राखेका थिए। बिहीबार निधारमा लामो टीका समेत लगाएका थिए।
उनको छेवैमा दायाँ–बायाँ सानु भण्डारी, केशवप्रसाद दुलाल लगायत नक्कली शरणार्थी प्रकरणमा मुछिएका अरु आरोपित थिए। आज उनीहरुले बहस सुन्नुको साटो ‘साइड टक’ बढाएका थिए। त्यसले बहस सुन्न र टिपोट गर्न केही अप्ठेरो भएपछि सचिव पाण्डे अगाडि पूर्वगृहमन्त्री बालकृष्ण खाँणको छेवैमा आइपुगे र फेरि टिपोटकर्मलाई जारी राखे। खाली कुर्सीमा सानु भण्डारी गएर बसे र निस्फिक्री आङ तन्काए।तिलचामले दाह्री सहित सधैं कोट–पाइन्टमा आउने भुटानी शरणार्थी नेता टेकनाथ रिजाल बिहीबार टोप विना नै अदालत उपस्थित थिए। जसलाई देखे पनि उनी फुस्स मुस्कुराउँथे। जिन्सपाइन्टमा अदालत आउन थालेका टोपबहादुर रायमाझी कोटमाथि नेपाली ढाकाटोपी लगाएका हुन्छन्। सानु भण्डारी सधैंजसो ट्रयाकसुटमा अदालत पुग्छन्।

केशवप्रसाद दुलाल भने अलि निस्फिक्री देखिन्छन्, उनी सधैं चप्पलमा आएका हुन्छन्। टाउकोमा चोट लागेका आङदावा शेर्पा ब्याण्डेजको फेटा बाँधेर अदालत पुगेका थिए।करिब २ बजेपछिको खाजा समयमा प्रहरीले नै आरोपितहरुलाई प्लाष्टिकको झोलामा हालेर खाजा लगिदिन्छन्। मोमो, समोसा लगायत खाजा खाँदा कसैले फोटो नखिचुन् भनेर प्रहरीले अरु व्यक्ति र पत्रकारहरुलाई अलि टाढा पठाउँछन्। आरोपितहरु शौचालय जाँदा आफू हिरासतमा बसेको प्रहरी कार्यालयको नाम भन्ने गर्छन्। बिहीबार एकजना आरोपित बाहिर निस्कन खोजे र जोडले ‘कालीमाटी’ भनेर कराए । कालीमाटी प्रहरी वृत्तबाट खटिएका प्रहरीले उनलाई शौचालयसम्म लैजाने र इजलास ल्याउने काम गरे।बिहीबार अपरान्हसम्म सानु भण्डारी, केशवप्रसाद दुलाल, सागर राई र सन्देश शर्माको बचाउमा कानुन व्यवसायीहरुले बहस गरे। बहस निरन्तर चलिरहेको छ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया