
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली शरणार्थी प्रकरणका आरोपितहरु विरुद्ध थुनछेक बहस चलिरहेको छ। १८ जना आरोपित, सुरक्षाकर्मी, कानुन व्यवसायी र सञ्चारकर्मीको ठेलमठेल भीडले उभिने ठाउँ समेत पाउन हम्मे–हम्मे हुन्छ।बस्ने ठाउँ पाउन कठिनाइ भएपछि अदालतका कर्मचारीहरुले एउटा पुरानो घुम्ने कुर्सी भेट्टाएछन्। त्यसलाई ल्याएर पछिल्लो लाइनको दुई बेञ्चको बीचमा अड्याएर राखिदिए। नअड्याउने हो भने पाङ्ग्रा फुस्किन आँटेको त्यो कुर्सी त्यत्तिकै अडिंदैनथ्यो।

बिहीबार सुनुवाइ सुरु भएसकेपछि निलम्बित सचिव टेकनारायण पाण्डे त्यही कुर्सीमा बसेर बहस सुनिरहेका थिए। उनी निरन्तर बहसका महत्वपूर्ण बुँदाहरु टिपोट गरिरहेका हुन्थे। पाइलट पेनले लेख्ने उनले हिजो स्पाइरल डायरी पाएका थिए। आज त्यसमाथि पातलो अर्को कापी समेत थियो।छालाको जुत्ता, कालो पाइन्ट, सर्ट र कालै कोटमा अदालत आउने उनी सधैं दाह्री काटेर सफा चट् हुन्छन्। कोटको देब्रे साइडमा नेपालको राष्ट्रिय झण्डाको लोगो अड्काएर राखेका थिए। बिहीबार निधारमा लामो टीका समेत लगाएका थिए।
उनको छेवैमा दायाँ–बायाँ सानु भण्डारी, केशवप्रसाद दुलाल लगायत नक्कली शरणार्थी प्रकरणमा मुछिएका अरु आरोपित थिए। आज उनीहरुले बहस सुन्नुको साटो ‘साइड टक’ बढाएका थिए। त्यसले बहस सुन्न र टिपोट गर्न केही अप्ठेरो भएपछि सचिव पाण्डे अगाडि पूर्वगृहमन्त्री बालकृष्ण खाँणको छेवैमा आइपुगे र फेरि टिपोटकर्मलाई जारी राखे। खाली कुर्सीमा सानु भण्डारी गएर बसे र निस्फिक्री आङ तन्काए।तिलचामले दाह्री सहित सधैं कोट–पाइन्टमा आउने भुटानी शरणार्थी नेता टेकनाथ रिजाल बिहीबार टोप विना नै अदालत उपस्थित थिए। जसलाई देखे पनि उनी फुस्स मुस्कुराउँथे। जिन्सपाइन्टमा अदालत आउन थालेका टोपबहादुर रायमाझी कोटमाथि नेपाली ढाकाटोपी लगाएका हुन्छन्। सानु भण्डारी सधैंजसो ट्रयाकसुटमा अदालत पुग्छन्।

केशवप्रसाद दुलाल भने अलि निस्फिक्री देखिन्छन्, उनी सधैं चप्पलमा आएका हुन्छन्। टाउकोमा चोट लागेका आङदावा शेर्पा ब्याण्डेजको फेटा बाँधेर अदालत पुगेका थिए।करिब २ बजेपछिको खाजा समयमा प्रहरीले नै आरोपितहरुलाई प्लाष्टिकको झोलामा हालेर खाजा लगिदिन्छन्। मोमो, समोसा लगायत खाजा खाँदा कसैले फोटो नखिचुन् भनेर प्रहरीले अरु व्यक्ति र पत्रकारहरुलाई अलि टाढा पठाउँछन्। आरोपितहरु शौचालय जाँदा आफू हिरासतमा बसेको प्रहरी कार्यालयको नाम भन्ने गर्छन्। बिहीबार एकजना आरोपित बाहिर निस्कन खोजे र जोडले ‘कालीमाटी’ भनेर कराए । कालीमाटी प्रहरी वृत्तबाट खटिएका प्रहरीले उनलाई शौचालयसम्म लैजाने र इजलास ल्याउने काम गरे।बिहीबार अपरान्हसम्म सानु भण्डारी, केशवप्रसाद दुलाल, सागर राई र सन्देश शर्माको बचाउमा कानुन व्यवसायीहरुले बहस गरे। बहस निरन्तर चलिरहेको छ।



१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया