SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/२४ गते
    ५८६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । जेसीज सप्ताह २०२३ को पाँचौ दिनमा बुधबार जेसीज र नेपाल पत्रकार महासंघ पर्वत शाखाबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । बिभिन्न कार्यक्रमहरु गरेर सप्ताहब्यापी रुपमा कार्यक्रमहरुको आयोजना गरेको जेसिजले पत्रकार र जेसीजकाबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन फूटबल प्रतियोगिताको आयोजना गरेको हो ।

     

    खेलमा जेसीजको समूहलाई पत्रकार महासंघको टोलीले पराजित गरेको छ । ४० मिनेटका लागि निर्धारण गरिएको समयमा दुवै टोलीबाट एक÷एक गोलको बराबरी भएको थियो । पेनाल्टीबाट निर्णय गर्नुपर्ने अवस्थामा पत्रकार महासंघको टोलीले थप दुई गोल प्रहार गर्दै गोल सङ्ख्या तीन पु¥यायो । शसस्त्र प्रहरी बल चण्डिका गण बडागाउँमा भएको प्रतियोगिता पर्वत जेसिजका अध्यक्ष बिनोद आचार्यको

     

     

    अध्यक्षता तथा शसस्त्र प्रहरी बल नं २५ गण शसस्त्र प्रहरी उपरीक्षक अरबिन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सन १९९६ मा स्थापित पर्वत जेसीजले स्थापना काल देखि नै निरन्तर रुपमा जेसीज सप्ताह सन्चालन गर्ने गरेको छ । यस बर्ष पनि सोही अनुसार मनाइएको सप्ताह अन्तर्गत रहेर प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक तथा पर्वत जेसिजकी निर्देशक सपना पौडेलले बताइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं