
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी पार्टी अब नचल्ने बताएका छन्। दाङको तुलसीपुरमा शनिबार आयोजित नेत्रलाल पौडेल अभागीको ४०औं स्मृति सभालाई सम्बोधन गर्दै उनले अब माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी चल्न नसक्ने दाबी गरेका हुन्। एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव भागवत विश्वासी, सदस्यद्वय तथा पूर्व सांसद हिराचन्द्र केसी र शारदा स्वर्णकार, जिल्ला अध्यक्ष सुरामणी बेलबासे, उपाध्यक्ष चुर्ण वली, सचिव डिल्लीबहादुर डाँगीसहित झन्डै चार सय जना नेता कार्यकर्ता फेरि एमालेमा फर्किएपछि महासचिव पोखेरेलले त्यस्तो जिकिर गरेका हुन्। ‘कुनै दिन माधवजीले षड्यन्त्रपूर्वक एमालेलाई कमजोर पार्न, सिध्याउन र पराजीत गर्नकै लागि पार्टी विभाजन गर्नु भएको थियो,’ उनले भने, ‘अब उहाँका षड्यन्त्रका तानाबाना सबै समाप्त भइसकेका छन्, एमालेलाई सिध्याउने षड्यन्त्र २० प्रतिशतले पार्टी फुटाउने कानुन बनाई फेरि त्यो फिर्ता नभएको भए अहिले जितेका समाजवादीका सांसदहरू सबै एमालेमा आइसकेका हुन्थे।’ महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रले अहिले सत्ताको नेतृत्व गरिरहेको भएपनि निरन्तर ओरालो लागिरहेको भन्दै माओवादीको अस्तित्व पनि संकटमा परेको दाबी गरे।
माओवादीले ठूला दलहरूबीचमा खेलेर वा भाँजो हालेर आफ्नो अस्तित्व जोगाउन नसक्ने उनले बताए। अब छिट्टै माओवादी दाङका दर्जनौं नेताहरू एमालेमा पार्टी प्रवेश गर्ने तयारी रहेको पनि उनले बताए। अहिलेको आर्थिक मन्दीको प्रमुख कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल भएको उनले आरोप लगाएका थिए। पूर्व-अर्थमन्त्री जनार्दन शर्माले व्यापारीलाई राखेर करका दरहरू हेरफेर गर्दा कारवाही नगरी उनमुक्ति दिएका कारण देशमा अहिले आर्थिक संकट चुलिएको उनको भनाइ थियो। ‘सिसिटिभी फुटेज गायब पार्ने र जनार्दनलाई जोगाउने खेलका कारण देशले अहिले आर्थिक संकट व्यहोर्नुपरेको हो,’ उनले भनेका थिए, ‘यो दोष शेरबहादुर र प्रचण्डहरूकै थियो।’ bलुम्बिनीका संस्थापक मुख्यमन्त्रीसमेत रहेका पोखरेलले आफूहरू करिव तीन वर्ष सत्तामा रहँदा देश इतिहासमै सबैभन्दा बढी आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको जिकिर गरेका थिए।
एमालेले कांग्रेस नेतृत्वलाई गत निर्वाचन एक्लाएक्लै लडौं भनेर प्रस्ताव राखेपनि कांग्रेसले नमानेका कारण अन्य साना दलहरूले च्याँखे थाप्ने काम गरिरहेको हुँदा देश बर्बादीको मार्गमा पुगेको उनको भनाई थियो। उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नीतिहीन, विधिहीन र लक्ष्यहीन पार्टीको संज्ञा दिँदै एक-दुई पटक चुनाव जित्दैमा उनीहरूको अस्तित्व कायम हुन नसक्ने बताए। ‘युक्रेनमा एउटा हाँस्य कलाकारलाई जिताउँदाका परिणाम आज देश युद्धमा ढकेलिएको छ,’ उनले भने, ‘कुनैपनि दल पुरानो हुँदैन र नयाँ भनिएका दलहरूले जिते कुनै बेला देश युक्रेनको हालतमा पुग्ने खतरा छ।’
पुरानै पार्टीमा फर्किएपछि कार्यक्रमलाई सम्बोधन गर्दै भागवत विश्वासीले माधवकुमार नेपाल नेकपा माओवादीमा केन्द्रमा प्रवेश गर्न हतार गरिरहेको आरोप लगाए। पार्टीलाई माओवादीमा लाने हतार गरिरहेको कुरा कुनै हालतमा स्वीकार्न नसक्ने भएकाले आफूहरू एमालेमै फर्किएको बताए। विश्वासीले नेपालले पार्टीलाई कांग्रेसको पछाडि लतारेको, एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न पत्राचार गर्दा पनि कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन भूमिका खेल्ने जस्ता कारणहरूले आफूहरूले पार्टी छोडेर पुरानै घरमा फर्किएको तर्क गरेका थिए। पूर्व स्वास्थ्य राज्यमन्त्री तथा सांसद हिराचन्द्र केसीले जुन उद्देश्यले एमाले भित्र विद्रोह गरी एकीकृत समाजवादी पार्टी गठन गरिएको थियो त्यो उद्देश्य परिपूर्ती गर्ने कुनै लक्षण नदेखिएको हुँदा एमाले प्रवेश गरेको बताए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया