News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    पोल्याण्ड लैजाने भन्दै होटलमा बोलाए, २ जना पक्राउ

    काठमाडौं ।

    रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको आरोपमा काठमाडौंमा दुई विदेशी नागरिक पक्राउ परेका छन् ।

    पोल्याण्डमा रोजगारीको राम्रो अवसर रहेको भन्दै टिकटकमा विज्ञापन देखेपछि शनिबार काठमाडौंको मोरियट होटमा धेरै सर्वसाधारण अन्तर्वार्ताका लागि पुगेका थिए ।

    तर अन्तर्वार्ता नलिएको भन्दै होटल परिसरमा होहल्ला भएपछि प्रहरी टोली पुगेको थियो । त्यसपछि दुई जना विदेशी नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।

    पक्राउ पर्नेमा एक जना पोल्याण्डका नागरिक र एक जना संयुक्त अरब इमिरेट्सका नागरिक रहेका छन् । यो घटना वैदेशिक रोजगारीसँग सम्बन्धित भएकाले वैदेशिक रोजगार विभागलाई जानकारी गराएको उनले बताए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया