SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/२१ गते
    ४२४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । करिब ३ करोड रुपैयाँ लगानीमा पोखराको सभागृह चोकमा वसन्ती बास्तोला र बिनु गिरीले सयुंक्त रुपमा ‘सरुमा चुल्हो’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । करिब २ महिनादेखि अनौपचारिक रुपमा सुरु भए पनि बुधबारबाट औपचारिक रुपमा सुरुआत गरिएको सञ्चालक वसन्ती बास्तोलाले जानकारी दिइन् । सरुमा चुल्होमा स्थानीय उत्पादनलाई नै ब्रान्डिङ गरेर परिकार पकाइने बास्तोलाको भनाइ छ । स्थानीय दाल, भात, तरकारी, मकै, भटमासजस्ता रैथाने बालीका खानालाई रेस्टुरेन्टको पहिचानसँग जोड्ने उनको अभियान छ ।

    ‘अहिलेका ग्राहक कस्मेटिकभन्दा पनि लोकल खाना नै बढी खोज्ने गरेको यसबीचमा हामीले पाएका छौं । ग्राहकको रोजाइअनुसार नै सरुमा चुल्हो बनाउने योजना छ,’ उनले भनिन् ।सरुमा चुल्होमा माछापुच्छ«े गाउँपालिकाको चामल, तरकारी, तनहुँ ऋषिङको दाल, स्थानीय जातको खसी सरुमा चुल्होमा उपलब्ध हुने सञ्चालकद्वयको भनाइ छ । ‘ढिलो होस् । तर, खाना हामीले तत्कालै पकाएर फ्रेस दिन्छौं । यसले ग्राहकले हाइजेनिक खाना पाउँछन् भने हामीले पनि विश्वास आर्जन गरिरहन सहयोग मिल्छ,’ सञ्चालक विनु गिरिले भनिन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...

    जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

    पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...

    हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

    काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...

    हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं