
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
पोखरा । गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् ।‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र सरकार गठनका लालि दाबीप् पेश गर्न प्रदेश प्रमुखज्यूले आह्वान गर्नुभएको छ,’ प्रदेश प्रमुखको सचिवालयका प्रेस संयोजक माधव रेग्मीले भने, ‘प्रदेश प्रमुखले कानुनी परामर्शपछि आश्वान गर्नुभएको हो ।’ पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी सरकारबाट केन्द्रमा सत्ता समीकरण फेरिसँगै चैत १० गते माओवादीले समर्थन फिर्ता लिएको थियो ।१ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औं दिनमा मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मतको प्रस्ताव गरेका थिए । तर, एमालेका २२ र राप्रपाका २ सदस्यले मात्र पक्षमा मत दिएर कांग्रेसका २७, माओवादीका ७ (सभामुखबाहेक) र स्वतन्त्र सांस्द जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ जनाले विपक्षमा मत दिँदा ९ गते शनिबार अधिकारी सरकार ढलेको थियो । उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि अब उपधारा ३ बमोजिम ठूलो दलका हैसियतले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने कांग्रेसको अडान थियो । माओवादी संसदीय दलका नेता चुमानले भने दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्न सक्ने सम्भावना कायमै रहेकाले उपधारा दुई बमोजिम नै सरकार गठन हुने र आफू नै पहिलो चरणमा मुख्यमन्त्री हुने दाबी गरेका थिए । चुमानले उपधारा ३ बमोजिम सरकार गठन भए विश्वासको मत नदिनेसम्मको चेतावनी दिएका थिए ।
कुन उपधारा बमोजिम सरकार गठन गर्ने भन्ने अन्योलमा कानुनी परामर्शका लागि खगराज अधिकारी सरकार ढल्ने बेला नै प्रदेश प्रमुख गुरुङ काठमाडौं पुगेका थिए । आइतबार साँझमात्र पोखरा फर्किएका गुरुङले सरकार गठन आह्वान गर्न विलम्ब गरेपछि उनको आलोचनासमेत भएको थियो । माओवादीले पनि मुख्यमन्त्री दाबी गरेकाले उसलाई रोक्न कांग्रेसले ठूलो दलको हैसियतमै मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग लबिइङ गरेको थियो । माओवादीलाई पहिलो चरणमा मुख्यमन्त्री हुनबाट रोक्न र ठूलो दलको नेताका हैसियतमा सुरेन्द्रलाई नै मुख्यमन्त्री नियुक्त गर्न भन्दै शीर्ष तहमै दबाव दिन कांग्रेस काठमाडौंमै डेलिगेसन गर्न पुगेको थियो । सुरेन्द्रराज पाण्डेले आइतबार साँझ नै काठमाडौं गएर कसरत गरिरहेका थिए भने शीर्ष नेताहरुलाई दबाव दिन सोमबार कांग्रेस संसदीय दलका सदस्य नै काठमाडौं पुगेका थिए ।

सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्त हुने र पहिलो चरणमा सुरेन्द्रराज नै मुख्यमन्त्री हुने सहमति गरेका थिए । कांग्रेस सांसदहरुले शीर्ष नेतृत्वलाई भेटेर ठूलो दल पनि भएकाले सुरुमा कांग्रेसले नै नेतृत्व पाउनुपर्ने बताएका थिए । एक सांसदका अनुसार देउवा–प्रचण्डका बीचमै सुरुको ३ वर्ष कांग्रेस र पछिल्लो दुई वर्ष माओवादीले सरकार चलाउने सहमति भएको छ । प्रदेश प्रमुख गुरुङले मंगलबार ३ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेसका सुरेन्द्रराज पाण्डेले दाबी पेश गर्न जाने तयारी गरेका छन् । तनहुँ–१ को निर्वाचनलाई देखाउँदै आलोपालो सरकार चलाउन माओवादी नेता चुमानले सहमति गराएका थिए । तर, सोमबार नै कांग्रेस उम्मेदवार गोविन्दले हार्ने निश्चित भएपछि प्रधानमन्त्री प्रचण्डले नै तनहुँको परिणाम पनि अनुकुल नआएकाले कांग्रेसले नै सुरुमा नेतृत्व गर्ने बताएका थिए । सोमबार नै लुम्बिनी सरकार पनि ढलेको छ । लुम्बिनीमा पनि गण्डकीको नजिर हेरेर आह्वान गर्ने प्रदेश प्रमुख अमिक शेरचनले बताएका छन् गण्डकीमा उपधारा २ बमोजिम नै सरकार गठन भएपछि लुम्बिनीमा पनि त्यसरी नै आह्वान गर्ने एक नेताले बताए । तर, लुम्बिनीमा ठूलो दल एमालेले उपधारा ३ बमोजिम नै सरकार गठन हुनुपर्ने बताइरहेको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया