
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
६पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै ९ माघ २०७९ का दिन नेपाल एयरलाइन्सको मुख्यालय पुगेका पर्यटन मन्त्री सुदन किरातीले भनेका थिए, ‘नेपाल एयरलाइन्सका कारण म दुई पटक रोइसकें, तेस्रो पटक रुनु नपरोस् । यही जहाजका कारण म हाँस्न चाहन्छु ।’तर पछिल्लो समय सार्वजनिक भइरहेका श्रृङ्खलाबद्ध लापरवाहीका घटनाले भने स्वयं मन्त्रीको सो घोषणामाथि मजाक गरिरहेको छ ।नेपालको सबैभन्दा ठूलो, पुरानो र सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम मुलुकको झण्डावाल जहाजमा यात्रु बोकेर १० अन्तर्राष्ट्रिय गन्तब्यमा पुग्छ । आन्तरिकतर्फ सबैजसो विमानस्थलमा उडान गर्ने जिम्मेवारी उसको हो । जहाजको टायर हराउनेदेखि इन्जिन सुटुक्क विदेश पुग्ने विगतका घटना अझै ताजै छन् । यस्तै श्रृङ्खलामा पछिल्लो समय लापरवाहीका घटना बढेका छन् । २० मार्च २०२३ का दिन ताप्लेजुङ–काठमाडौं उडानका दौरान जहाजको तोकिएको भन्दा बढी तौल राखेर उडान गरेको र पुरुष यात्रुलाई ‘महिला’ उल्लेख गरी यात्रा गराएको पुष्टि भयो । यो घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलका सदस्य, परिचालिका, ताप्लेजुङ विमानस्थलका स्टेसन प्रमुख र काठमाडौं विमानस्थलमा खटिएका निगमका कर्मचारीसहित ७ जनालाई ग्राउन्डेड गरी अनुसन्धान थालेको छ । यसै साता प्राधिकरणले नेपाल एयरलाइन्सका दुई ‘मेन्टिनेन्स स्टाफ’लाई निलम्बन गरेको छ । उनीहरुले वाइडबडी जहाज एयरबस ३३० को ककपिट झ्याल रातभर खुलै छाडेका थिए । गत सोमबार नै निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले ब्यागेजको तस्वीरसहित एउटा ट्वीट गरे । जसमा भनिएको छ, ‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्यो, यसको जिम्मा कसले लिने ?’ १२ साउन २०७९ का दिन मलेसियाको क्वालालाम्पुरबाट काठमाडौं उडानमा रहेको निगमको आरए–४१६ चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक कार्य तथा दुर्व्यवहार गरेको उजुरी परेको थियो । यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले १२ फागुन २०७९ का दिन त्यस उडानमा रहेका सबै चालक दलका सदस्यलाई उडानमा रोक लगाएको छ ।
अघिल्लो साता नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी स्वयंलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल क्षेत्र भित्र तोकिएको नियम पालना नगरेको सम्बन्धमा स्पष्टीकरण सोधेको थियो । प्राधिकरणका अनुसार अधिकारीले निषेधित क्षेत्रमा सुरक्षा ज्याकेट नलगाएको र पास समेत नभएको पाइएपछि उनीमाथि स्पष्टीकरण सोधिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार नेपाल एयरलाइन्स भित्र हुने यस्ता गतिविधिले निगमको मात्र होइन, समग्र हवाइ सुरक्षामा प्रश्न सिर्जना गर्छ । ‘उडान सुरक्षा सुनिश्चित गर्न तोकिएका मापदण्डको अक्षरशः पालना गर्नुपर्छ’, उनी भन्छन्, ‘स–साना लापरवाहीबाटै भोलि ठूलो घटना निम्तिन सक्छ ।’ सोही कारण प्राधिकरणले सूक्ष्म रुपमा यस्ता घटनालाई निगरानी गरिरहेको उनले बताए ।
प्राधिकरणका अनुसार उडान सुरक्षाबारे आएका गुनासो र उजुरीपछि संलग्न कर्मचारीलाई काममा रोक लगाएर छानविन तथा अध्ययन हुने गरेको छ । त्यस दौरान प्राधिकरणले पाइलट, इन्जिनियर तथा कर्मचारीलाई बोलाएर बयान समेत लिने गर्छ । बयानपछि नियतवश वा भुलवश भएको गल्तीलाई केलाएर सचेत गराउनेदेखि लाइसेन्स खारेजीसम्मको कारवाही हुने निरौलाले बताए । प्राधिकरणमा विगतमा पनि यस्तो घटनाको उजुरी धेरै आउने गरेका थिए । तर, प्राधिकरण र निगमले सकेसम्म सार्वजनिक गर्दैनथे । पछिल्लो समय प्राधिकरणले यस्ता कारवाहीलाई समेत सर्वसाधारणले थाहा पाउने गरी सार्वजनिक गर्न थालेको छ । यसरी सार्वजनिक गर्दा घटनाबारे अन्य सरोकारवाला समेत सचेत हुने प्राधिकरणको विश्वास छ । नेपाल एयरलाइन्सका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार वायुसेवा निगमले सकेसम्म यस्ता घटना नदोहोरियोस् भनेर कर्मचारीलाई नियमित तालिम दिएर सचेत गराउने गर्छ । त्यसपछि पनि हुने घटनालाई भने प्राधिकरणको नियमले तोके अनुसार कारवाही हुने उनले बताए । ब्यागेज फुटेको घटनामा भने यात्रुले क्षतिपूर्ति पाउने भन्दै यसलाई ‘काम गर्दा हुने सामान्य गल्ती’का रुपमा लिनुपर्ने उनले बताए । ‘ब्यागेज हाम्रो मात्र कारणले फुट्दैन’, उनले अनलाइनखबरसँग भने, ‘पुरानो, धेरै सामान कोचेर राखिएको भए जहाजमा राख्दा वा झार्दा फुट्ने सम्भावना हुन्छ, यसलाई ठूलो लापरवाही भन्न मिल्दैन ।’ उडान सुरक्षासँग सम्बन्धित अन्य इस्यूमा भने नेपाल एयरलाइन्स सचेत रहेको भन्दै निरन्तर सुधारमा लाग्ने उनले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो

प्रतिक्रिया