
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै ९ माघ २०७९ का दिन नेपाल एयरलाइन्सको मुख्यालय पुगेका पर्यटन मन्त्री सुदन किरातीले भनेका थिए, ‘नेपाल एयरलाइन्सका कारण म दुई पटक रोइसकें, तेस्रो पटक रुनु नपरोस् । यही जहाजका कारण म हाँस्न चाहन्छु ।’तर पछिल्लो समय सार्वजनिक भइरहेका श्रृङ्खलाबद्ध लापरवाहीका घटनाले भने स्वयं मन्त्रीको सो घोषणामाथि मजाक गरिरहेको छ ।नेपालको सबैभन्दा ठूलो, पुरानो र सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम मुलुकको झण्डावाल जहाजमा यात्रु बोकेर १० अन्तर्राष्ट्रिय गन्तब्यमा पुग्छ । आन्तरिकतर्फ सबैजसो विमानस्थलमा उडान गर्ने जिम्मेवारी उसको हो । जहाजको टायर हराउनेदेखि इन्जिन सुटुक्क विदेश पुग्ने विगतका घटना अझै ताजै छन् । यस्तै श्रृङ्खलामा पछिल्लो समय लापरवाहीका घटना बढेका छन् । २० मार्च २०२३ का दिन ताप्लेजुङ–काठमाडौं उडानका दौरान जहाजको तोकिएको भन्दा बढी तौल राखेर उडान गरेको र पुरुष यात्रुलाई ‘महिला’ उल्लेख गरी यात्रा गराएको पुष्टि भयो । यो घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलका सदस्य, परिचालिका, ताप्लेजुङ विमानस्थलका स्टेसन प्रमुख र काठमाडौं विमानस्थलमा खटिएका निगमका कर्मचारीसहित ७ जनालाई ग्राउन्डेड गरी अनुसन्धान थालेको छ । यसै साता प्राधिकरणले नेपाल एयरलाइन्सका दुई ‘मेन्टिनेन्स स्टाफ’लाई निलम्बन गरेको छ । उनीहरुले वाइडबडी जहाज एयरबस ३३० को ककपिट झ्याल रातभर खुलै छाडेका थिए । गत सोमबार नै निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले ब्यागेजको तस्वीरसहित एउटा ट्वीट गरे । जसमा भनिएको छ, ‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्यो, यसको जिम्मा कसले लिने ?’ १२ साउन २०७९ का दिन मलेसियाको क्वालालाम्पुरबाट काठमाडौं उडानमा रहेको निगमको आरए–४१६ चालक दलका सदस्यले विमान परिचारिकामाथि गैरव्यावसायिक कार्य तथा दुर्व्यवहार गरेको उजुरी परेको थियो । यस सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणले १२ फागुन २०७९ का दिन त्यस उडानमा रहेका सबै चालक दलका सदस्यलाई उडानमा रोक लगाएको छ ।
अघिल्लो साता नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी स्वयंलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल क्षेत्र भित्र तोकिएको नियम पालना नगरेको सम्बन्धमा स्पष्टीकरण सोधेको थियो । प्राधिकरणका अनुसार अधिकारीले निषेधित क्षेत्रमा सुरक्षा ज्याकेट नलगाएको र पास समेत नभएको पाइएपछि उनीमाथि स्पष्टीकरण सोधिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार नेपाल एयरलाइन्स भित्र हुने यस्ता गतिविधिले निगमको मात्र होइन, समग्र हवाइ सुरक्षामा प्रश्न सिर्जना गर्छ । ‘उडान सुरक्षा सुनिश्चित गर्न तोकिएका मापदण्डको अक्षरशः पालना गर्नुपर्छ’, उनी भन्छन्, ‘स–साना लापरवाहीबाटै भोलि ठूलो घटना निम्तिन सक्छ ।’ सोही कारण प्राधिकरणले सूक्ष्म रुपमा यस्ता घटनालाई निगरानी गरिरहेको उनले बताए ।
प्राधिकरणका अनुसार उडान सुरक्षाबारे आएका गुनासो र उजुरीपछि संलग्न कर्मचारीलाई काममा रोक लगाएर छानविन तथा अध्ययन हुने गरेको छ । त्यस दौरान प्राधिकरणले पाइलट, इन्जिनियर तथा कर्मचारीलाई बोलाएर बयान समेत लिने गर्छ । बयानपछि नियतवश वा भुलवश भएको गल्तीलाई केलाएर सचेत गराउनेदेखि लाइसेन्स खारेजीसम्मको कारवाही हुने निरौलाले बताए । प्राधिकरणमा विगतमा पनि यस्तो घटनाको उजुरी धेरै आउने गरेका थिए । तर, प्राधिकरण र निगमले सकेसम्म सार्वजनिक गर्दैनथे । पछिल्लो समय प्राधिकरणले यस्ता कारवाहीलाई समेत सर्वसाधारणले थाहा पाउने गरी सार्वजनिक गर्न थालेको छ । यसरी सार्वजनिक गर्दा घटनाबारे अन्य सरोकारवाला समेत सचेत हुने प्राधिकरणको विश्वास छ । नेपाल एयरलाइन्सका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार वायुसेवा निगमले सकेसम्म यस्ता घटना नदोहोरियोस् भनेर कर्मचारीलाई नियमित तालिम दिएर सचेत गराउने गर्छ । त्यसपछि पनि हुने घटनालाई भने प्राधिकरणको नियमले तोके अनुसार कारवाही हुने उनले बताए । ब्यागेज फुटेको घटनामा भने यात्रुले क्षतिपूर्ति पाउने भन्दै यसलाई ‘काम गर्दा हुने सामान्य गल्ती’का रुपमा लिनुपर्ने उनले बताए । ‘ब्यागेज हाम्रो मात्र कारणले फुट्दैन’, उनले अनलाइनखबरसँग भने, ‘पुरानो, धेरै सामान कोचेर राखिएको भए जहाजमा राख्दा वा झार्दा फुट्ने सम्भावना हुन्छ, यसलाई ठूलो लापरवाही भन्न मिल्दैन ।’ उडान सुरक्षासँग सम्बन्धित अन्य इस्यूमा भने नेपाल एयरलाइन्स सचेत रहेको भन्दै निरन्तर सुधारमा लाग्ने उनले बताए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया