
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
४बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
५पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
६पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
७कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
८मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
९बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१०पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
११पर्वतका सरकारी कार्यालयको वार्षिक समीक्षा सम्पन्न
१२पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
विराटनगर । तीन जिल्लाका १० हजार बढी सर्वसाधारणको करिब डेढ अर्ब रकम संकलन गरेर तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक फरार भएपछि अनुसन्धानका लागि मोरङ प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) को सहयोग मागेको छ । सहकारी अध्यक्ष केदारनाथ शर्मा फरार छन् भने उपाध्यक्ष र सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीन जिल्लामा कार्यालय खोलेका कारण मोरङ प्रहरीले अनुसन्धानका लागि सीआईबीको सहयोग मागेको हो ।
मोरङ प्रहरीका डीएसपी टिकाबहादुर कार्कीले उक्त सहकारीको शाखा तीन जिल्लामा रहेकाले अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरिएको बताए । ‘हाम्रो कार्यक्षेत्र मोरङ मात्रै हो,’ उनले भने, ‘झापा र उदयपुरमा पनि सहकारीको कार्यालय भएका कारण माथि भनेका छौं ।’ सीआईबीको टोली आउने निर्णय भने भइसकेको छैन । सीआईबीसँगको समन्वयमा मोरङबाट अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए । सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारत पुगेका छन् । उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने प्रहरी नियन्त्रणमा छन् । अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धानपछि ठगी मुद्दा चलाउन तयारी गरेको छ ।
सहकारीको कार्यालय र सहकारीले सञ्चालन गर्ने डिपार्टमेन्ट स्टोर १ फागुनदेखि बन्द छ । तीन जिल्लामा तुलसी बहुमुखी सहकारी सञ्चालन गरेका शर्माले पश्चिम नेपाल शिवशिखर नाममा सहकारी सञ्चालन गरिरहेका छन् । शिवशिखरमा पनि बचत फिर्ताको समस्या देखिएको प्रहरीले बताएको छ । २०७१ सालमा विराटनगरमा खुलेको तुलसीले झापाको दमक र उदयपुरको गाइघाटमा कार्यालय खोलेको छ । तीन जिल्लामा १० हजार बढी सर्वसाधारणले एक अर्ब ४९ करोड हाराहारी बचत गरेका छन् । प्रहरी स्रोतका अनुसार सर्वसाधारणबाट महँगो ब्याज दिने भन्दै बचत संकलन गरेको सहकारीले अन्य क्षेत्रमा लगानी गरेको छ । सहकारी सञ्चालकले कृषि व्यवसाय, राइस मिल, घडेरी खरिदलगायतमा क्षेत्रमा लगानी गरेका छन् । अध्यक्ष सम्पर्कविहीन भएपनि लगानी उठाएर बचत फिर्ता गर्नका लागि बचतकर्ताले सहकारीको कार्यायल खोल्न आग्रह गरिरहेका छन् । लगानी उठाएर बचत फिर्ताका लागि सहकारी खोल्न आग्रह गरिएको तुलसी बहुमुखी सहकारी स्ंस्थाका बचतकर्ता सन्तोष आचार्यले बताए ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया